शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

रास्वपालाई सरकारमा ल्याउन साझा न्यूनतम कार्यक्रम पुनर्लेखन गर्न प्रधानमन्त्री दाहाल तयार

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
रास्वपालाई सरकारमा ल्याउन साझा न्यूनतम कार्यक्रम पुनर्लेखन गर्न  प्रधानमन्त्री दाहाल तयार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई पुनः सरकारमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारको साझा न्यूनतम कार्यक्रम र प्राथामिकता पुनर्लेखन गर्न तयार भएका छन् । भ्रष्टाचारसम्बन्धी फाइल खोल्ने गरी आयोग बनाउनुपर्ने यसअघिको गठबन्धन सरकारको बुँदा अहिले हटाइएकोमा रास्वपाले असन्तुष्टि जनाएपछि प्रधानमन्त्री दाहाल साझा न्यूनतम कार्यक्रम र प्राथामिकता पुनर्लेखन गर्न तयार भएका हुन् ।

योसँगै रास्वपा सरकारमा सहभागी हुने करिब निश्चित जस्तै देखिएको छ । सोमबार गृहजिल्ला गएका प्रधानमन्त्री दाहालले साझा कार्यक्रममा थपघट गरेर जान सकिने स्पष्ट गरिसकेका छन् । ‘भ्रष्टाचारसहित उपयुक्त सबै विषयमा काम गर्न सरकार र गठबन्धलाई कुनै समस्या छैन,’ दाहालको भनाइ छ, ‘साझा कार्यक्रममा थपेर जान सक्छौँ । भष्टाचारका फाइल अध्ययन गर्ने हाम्रो नीतिमै छ ।’

आइतबार रास्वपा सभापति रवि लामिछानेसँगको भेटवार्तापछि प्रधानमन्त्री दाहालले सरकारमा सहभागी हुन उसले राखेका सर्तहरू सम्बोधन गर्न सकिने जनाउ दिएका हुन् । पत्रकार सम्मेलनमा दाहालले गठबन्धनका साझेदार दलहरूसँग सल्लाह गरेर रास्वपालाई सम्मानजनक मन्त्रालय दिन सकिने बताए । ‘सल्लाह गरेर हामी सहमतिमा पुग्छौँ’, दाहालको भनाइ थियो, ‘उता (रास्वपा) बाट मन्त्रालय नै किटान गरेर माग भएको छैन ।’

दाहालले गठबन्धन ठूलो दल कांग्रेसलगायत अन्य दलका केही शीर्ष नेतासँग समेत अनौपचारिक रूपमा परामर्श पनि सुरु गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री दाहाल गृह र स्वास्थ्य मन्त्रालयसहित अर्को एक मन्त्रालय लिएर रास्वपालाई सरकारमा सहभागी गराउने तयारीमा छन् । कांग्रेसको भागमा परेको स्वास्थ्य मन्त्रालय अहिले रिक्त छ ।

गृहमा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् । दाहालले श्रेष्ठलाई फिर्ता बोलाएर वा अर्को कुनै मन्त्रालय दिएर भए पनि गृह रास्वपालाई दिन तयार भएका छन् । निकट स्रोतका अनुसार सोही कारण दाहाल र श्रेष्ठबीच असन्तुष्टि बढेको छ । तर दाहाल जसरी पनि रास्वपालाई सरकारमा ल्याउने तयारीमा छन् । रास्वपाले १० पुसको सहमति नुसार पुरानै मन्त्रालय (गृहमा मुख्य अडान) दिनुपर्ने, सरकारको न्यूनतम साझा कार्यक्रमको पुनर्लेखन हुनुपर्ने, मन्त्रालय सञ्चालनमा प्रधानमन्त्री कार्यालयबाट ‘हस्तक्षेप’ हुन नहुने र सरकारको निरन्तरता रहनुपर्ने सर्त प्रधानमन्त्रीसमक्ष अघि सारेको छ ।

यी सर्तमा प्रधानमन्त्री दाहाल सकारात्मक भएपछि रास्वपाले पनि सरकारमा जाने विषयमा आन्तरिक छलफल तीव्र पारेको छ । सोमबार पार्टीको संसदीय दल एव केन्द्रीय समितिको संयुक्त बैठकमा नेताहरुले काम गर्ने वातावरण भए सरकारमा गएर सेवा प्रवाहमा केन्द्रित हुन सकिने सुझाव दिएका छन् । यद्यपि सरकारमा जाने–नजाने औपचारिक निर्णय शुक्रबार लिइने रास्वपा प्रवक्ता मुकुल ढकालले बताए ।

‘रास्वपा साबिकका मन्त्रालय नपाएको हकमा सरकारमा जाँदैन, नीति तथा कार्यक्रम पुनर्लेखन नभएको अवस्थामा पनि सरकारमा जाँदैन,’ ढकालले सोमबारको केन्द्रीय समिति बैठकपछि भने, ‘प्रधानमन्त्रीले हाम्रो पार्टी सभापतिलाई पुरानो मन्त्रालय दिनका लागि र नीति तथा कार्यक्रम पुनर्लेखनका लागि मञ्जुर छु भन्ने कुरा गरिसकेको हुनाले अहिले पार्टीले जाने या नजाने निर्णय गर्न मात्रै बाँकी हो ।’

सरकारबाट बाहिरिनुअघि रास्वपाले उपप्रधानसहित गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएको थियो । स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्री पाएको थियो । लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेर मन्त्रिपरिषद्‍मा सहभागी भएका थिए । नागरिकतालाई लिएर सांसदको अयोग्यतासम्बन्धी मुद्दामा सर्वोच्चले गत माघ १३ मा फैसला गरेपछि लामिछाने गृहमन्त्रीबाट बाहिरिएका थिए । रास्वपाका अन्य मन्त्रीले माघ २२ मा राजीनामा बुझाएर मन्त्रिपरिषद्‍बाट बाहिरिएका थिए । रास्वपा सरकारबाट बाहिरिएपछि हाल गृहमा माओवादी, शिक्षामा जसपा र श्रममा लोसपाका मन्त्री छन् ।

यो पनि पढ्नुहोस्

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

१ दिन अगाडि
मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्र बैंकमा सुनको असर्फी सकियाे

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

नेपालभाषामा नामकरण गरिएको आधारमा कम्पनी दर्ता अस्वीकृत गरिएकोप्रति आपत्ति

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक