बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आवुधावीमा नेपाली श्रमिकको ज्यान खतरामा घरफिर्ती कागजमा हस्ताक्षर गर्न मानसिक टर्चर

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आवुधावीमा नेपाली श्रमिकको ज्यान खतरामा घरफिर्ती कागजमा हस्ताक्षर गर्न मानसिक टर्चर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
मानवतस्करको मन कतिसम्म कठोर हुन्छ भन्ने लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस नामको मेनपावर कम्पनी र उक्त कम्पनीसँग संलग्न व्यक्तिका व्यवहारले देखाइरहेको छ ।
चार महिना अघि आवुधावीको फराह कन्ट्र्याक्टीड एण्ड जनरल ट्रान्सपोर्ट कम्पनीमा वाचमेन (सेक्यूरीटी गार्ड)को काम गर्न मोटो रकम बुझाएर गएका गोर्खाका हुमनाथ सापकोटाले यतीबेला न ड्यूटी पाएका छन्, न त आरामले बस्न नै । गएदेखिकै अर्थात् चार महिनादेखिको मासिक पारिश्रमिक नपाउँदा आफूलाई पठाउने कम्पनी लिंक इन्टरनेशनलमा गुनासो गर्दा उनले उल्टै मानसिक टर्चर बेहोर्न बाध्य भएका हुन् । घरफिर्ती कागजमा हस्ताक्षर नगरेसम्म उनको ज्यान खतरामा रहेको बताइएको छ ।
सापकोटा नेपाल फिर्ता आएपछि संवन्धित निकायमा उजुरबाजुर गर्न सक्ने भएकाले उनलाई त्यो प्रक्रियाबाट रोक्न र आफूखुसी फर्केको देखाउन मानवतस्करले हस्ताक्षर गर्न दबाब दिएका हुन् । हस्ताक्षर गर्न दबाब दिने क्रममा नेपाल फर्केपछि क्षतीपूर्ति उपलब्ध गराउने सम्मको आश्वासन दिए पनि सापकोटाले हस्ताक्षर गर्न मान्दै नमानेपछि पछिल्लो समय उनलाई धम्की समेत दिइएको छ । आफ्नो ज्यान खतरामा परेको महशुस गर्दै उनले विभिन्न निकायमा जानकारी समेत गराइसकेका छन् ।
दुई लाख ६० हजार तिरेर आवुधावीमा वाचमेन अर्थात् सेक्यूरीटी गार्डको काम गर्न फराह कन्ट्र्याक्टीड एण्ड जनरल ट्रान्सपोर्ट कम्पनीमा गएका हुमनाथ सापकोटा लगायतको ६ जना र लेवर कामका लागि गएका २४ जना गरी एकै लटमा गएका ३० जनाको समुहलाई लिंक इन्टरनेशनल कम्पनीका मेनेजरले विदाईका क्रममा विमानस्थलमा ‘फ्रि भिसा, फ्रि टिकट भन्नु’ भनेर भनेपछि मात्रै आफूहरु फसेको बुझेका उनले नि:शुल्क भिसा रहेछ भन्ने जानकारी त्यतीबेला मात्र पाएको बताए ।
चार महिनादेखि काम गरेको पारिश्रमिक पाउनु त परैको कुरा विहान-बेलुकीको खाना समेत बन्द हुन थालेपछि आफूहरुलाई पठाउने मेनपावर कम्पनीका सञ्चालक कमल काफ्लेलाई जानकारी गराउँदा उल्टो धम्की दिएको गुनासो सापकोटाको छ । कम्पनीमै कामदार आतंक मच्चीएपछि समस्याको सामाधानका लागि भनेर आवुधावी पुगेका मेनपावर सञ्चालक काफ्लेले समस्या झन् बल्झाएर फर्केका छन् । काफ्ले आवुधावी हुँदै हुमनाथलाई ड्यूटी रोकीएको र भिसा रद्दको कागजमा हस्ताक्षर गर्न पत्र थमाइएको थियो । तर, आफूले उचित पारिश्रमिक र उचित क्षतिपूर्ति नपाएसम्म हस्ताक्षर गर्नै नमानेपछि लिंक इन्टरनेशनल मेनपावर कम्पनीका सञ्चालक कमल काफ्ले काठमाडौं फर्केका थिए । उनले हुमनाथलाई नेपाली मिडीयामा आफूले समाचार उपलब्ध गराएको र आइन्दा नगर्ने लिखित प्रतिवद्धता जनाउन समेत धम्की दिएका थिए । तर, आफूले परिवारका सदस्यसँग पारिश्रमिक नपाएको बाहेक अरु केही गुनासो नगरेको साथै कोही पत्रकारसँग कुनै गुनासो पनि नगरेकाले समाचार कसरी प्रकाशित भयो, त्यसबारे आफू अनभिज्ञ रहेको बताइरहेका छन् । तर, लिंक इन्टरनेशनल मेनपावर कम्पनीले भने समाचार प्रकाशन गरेको आरोप उनै सापकोटा र उनीसँगै काम गर्ने अन्य वाचमेन र लेवरमाथि लगाइरहेको अवस्था छ ।  सुनसरीका सुरज गुरुड्ग, तनहुँका राम गुरुड्ग, दाडका शिव बादी र सुनिल नेपाली सहित अन्य दर्जन बढी श्रमिकलाई पनि लामो समयदेखि कामविहीन तुल्याइएको छ । २ लाख ७० हजार देखि ३ लाख २० हजारसम्म बुझाएर आवुधावी गएका उनीहरुलाई पनि कम्पनीले फर्काउन खोजीरहेको छ ।
‘काम विहीन भएको पनि पाँच दिन भइसक्यो, न काम दिन्छ, न यसअघि गरेको कामको पारिश्रमिक’, हुमनाथको गुनासो छ, ‘काम नदिने नै भए बरु स्वदेश फर्काइदिए हुन्थ्यो । यहाँ मानसिक टर्चर बढी भयो ।’ सापकोटा आफूले कुनै पनि कागजातमा हस्ताक्षर भने नगर्ने अडानमा छन् । यता, मेनपावरवाला भने जवरजस्त फर्काइएको आरोप लाग्ने बुझेरै स्वेच्छाले फर्केको बताएर क्षतिपूर्ति तिर्न नपरोस् भन्ने मानसिकता पालिरहेको देखिन्छ । पछिल्लो समय लिंक इन्टरनेशनल मेनपावर कम्पनीबाट यसरी हस्ताक्षर गरी फर्केका थुप्रैले उचित क्षतिपूर्ति नपाएर मेनपावरले दिएको केही राहत रकम हात थाप्दै घर फर्केको अवस्था छ । उता, हस्ताक्षर गरेर फर्काइएकाहरुको हकमा वैदेशिक रोजगार विभागले पनि क्षतिपूर्ति नभराउने भएकाले वाठा मेनपावर कम्पनीले डर धम्की देखाएरै भए पनि उत्तैबाट त्यस्तो प्रोसेस चाल्न लगाउने गरेको पाइएको छ ।
‘तपाईंलाई कुनै गाह्रो पर्दैन, तपाईंकै राम्रोको लागि हो’ भन्दै लिंक इन्टरनेशनलका लेखापाल प्रकाश पौडेलले आफूले लेख्दै नलेखेको समाचार लेखेको स्वीकार गर्न र आइन्दा समाचार नलेख्ने प्रतिवद्धता जनाउन पत्रको ड्राफ्ट नै पठाएका थिए । तर, त्यो पत्रमा हस्ताक्षर कुनै हालतमा नगर्ने अडान सापकोटाको छ ।
स्मरणीय छ, यो समस्या भारतको मुम्वईमा मुख्य कार्यालय रहेको लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसले नेपालमा आफ्नो शाखा कार्यालयको हैसियतमा सञ्चालन भइरहेको लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस मार्फत कामदार पठाउँदा उत्पन्न भएको हो । भारतमा वैदेशिक रोजगारीमा गएका भारतीयमाथि शोषण भएमा कडा कानून भएकाले शोषण गर्नैका लागि भारतीय मानवतस्करको इशारामा नेपाली कामदार ओसार्ने गरिएको हो । त्यतातर्फ वैदेशिक रोजगार विभागको भने ध्यान पुगेको छैन । एउटै नाम, उही काम र दुरुस्त लोगो राखेर वैदेशिक रोजगारीमा सक्रिय लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस नामको मेनपावर कम्पनीकै इशारामा नेपालमा नाईल ओभरसिजका रुपमा दर्ता भई सञ्चालनमा रहेको मेनपावर कम्पनीको नाम र लोगो परिवर्तन गरी केही वर्ष अघि मात्र लिंक इन्टरनेशनल प्सलेसमेन्ट नामाकंरण गरिएको हो ।
स्मरणीय छ, लिंक इन्टरनेशनल मेनपावर कम्पनीका सञ्चालक कमल काफ्ले नेपाली काँग्रेस निकट वैदेशिक रोजगार व्यवसायी महासंघका महासचिव पनि हुन् । उनी स्वयम् विभिन्न मेनपावर कम्पनी मार्फत विदेशमा काम गर्न गएका नेपालीहरु समस्यामा परेका वा फिर्ता आएर वैदेशिक रोजगार विभागमा उजुरबाजुर परेको खण्डमा मिलाउने नाममा अग्रसर हुन्छन् भने आफ्नै मेनपावर कम्पनीमा परीरहेको लफडामा भने किन चासो दिइरहेका छैनन् ? दिनहुँ उनकै मेनपावरमा यस्ता लफडा परीरहेका छन् ? स्वयम् विभागले नै चासो किन नदिएको हो ? यहीँनेर रहश्य लुकेको देखिन्छ ।

यो पनि पढ्नुहोस्

विश्वकपमा अन्तिम क्वाटरफाइनल खेलहरू हुँदै

इतिहासकै सबैभन्दा उन्नत विश्वकप बन्दै

१३ घण्टा अगाडि
यूएईमा अन्तर्राष्ट्रिय रेफ्री नेत्रबहादुर घर्ती मगर  सम्मानित

यूएईमा अन्तर्राष्ट्रिय रेफ्री नेत्रबहादुर घर्ती मगर सम्मानित

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

ग्रेटर नेपालका अभियन्ता पक्राउ

मन्त्रिपरिषद् विस्तार जारी

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

अवैध लागूऔषध सहित पाँच जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक