बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कायरोमा इन्धन ट्यांकर दुर्घटनाबाट ३१ जनाको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
३९ मिनेट अगाडि
Reading Time: 1 min read
0
कायरोमा इन्धन ट्यांकर दुर्घटनाबाट ३१ जनाको मृत्यु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । इजिप्टको राजधानी कायरोमा इन्धन ट्यांकर दुर्घटनापछि भएको भीषण आगलागीमा परी ३१ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार साँझ कायरोको उत्तरी क्षेत्रमा पर्ने वर्राक नाइबरहुडस्थित रिङरोडमा इन्धन ट्यांकर दुर्घटनापछि आगलागी भएको हो । आगलागीमा घाइते भएकाहरूलाई नजिकका अस्पतालमा उपचारका लागि लगिएको छ । उनीहरूमध्ये केहीलाई जलेको चोट लागेको छ भने केहीलाई धुवाँका कारण श्वासप्रश्वासमा समस्या भएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका अपुष्ट भिडियोहरूमा रातको आकाशमा अग्लो ज्वालासहित कालो धुवाँ फैलिएको देखिन्छ । आगलागीका कारण घटनास्थल आसपासका केही सवारीसाधनसमेत जलेका छन् ।

आगलागी कसरी सुरु भयो भन्नेबारे अधिकारीहरूले औपचारिक विवरण सार्वजनिक गरेका छैनन् तर, सरकारी सञ्चारमाध्यमका अनुसार ट्यांकर पल्टिएपछि त्यसबाट पेट्रोल पोखिएर आसपासका सवारीसाधनमा आगो फैलिएको थियो । सरकारी अखबार अल-अहरामले अनुसन्धानसँग जानकार स्रोतलाई उद्धृत गर्दै ट्यांकर सडकमा गुडिरहेको बेला अगाडि उच्च भोल्टेजको विद्युत् तार खसेपछि चालकले नियन्त्रण गुमाएको जनाएको छ ।

त्यसपछि ट्यांकर सडकको बीचमा रहेको डिभाइडर पार गर्दै पल्टिएको र आगलागी भएको समाचारमा उल्लेख छ । घटनाबारे क्षेत्रीय सरकारी अभियोजन कार्यालयले अनुसन्धान सुरु गरेको छ। मृतकहरूको पहिचान सुनिश्चित गर्न शवबाट डीएनए नमुना संकलन गर्नसमेत निर्देशन दिइएको छ । दुर्घटनामा परेको ट्यांकर निजी ठेकेदार कम्पनीको रहेको बताइएको छ । इजिप्टमा पछिल्ला वर्षहरूमा आगलागीका कैयौँ घातक घटना भएका छन् ।

व्यवस्थित आवासीय क्षेत्र, जीर्ण पूर्वाधार, आपत्कालीन उद्धारमा ढिलाइ तथा स्थानीयस्तरमा उपलब्ध साधनबाट गरिने उद्धार प्रयासका कारण आगलागीका घटनामा क्षति न्यूनीकरण गर्न चुनौती हुने गरेको बीबीसीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीको भारत भ्रमणमा गोर्खा भर्तीको विषयले पाएन प्रवेश

प्रधानमन्त्रीको भारत भ्रमणमा गोर्खा भर्तीको विषयले पाएन प्रवेश

२ दिन अगाडि
आप्रवासीलाई निष्कासन गर्न अफ्रिकी मुलुक रुवान्डामा विशेष केन्द्र खोल्ने

आप्रवासीलाई निष्कासन गर्न अफ्रिकी मुलुक रुवान्डामा विशेष केन्द्र खोल्ने

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक