बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बहुप्रतीक्षित बुढीगण्डकी जलविद्युत् आयोजना सम्पन्न गर्न आग्रह

धारणा न्यूज by धारणा न्यूज
२८ मिनेट अगाडि
Reading Time: 1 min read
0
बहुप्रतीक्षित बुढीगण्डकी जलविद्युत् आयोजना सम्पन्न गर्न आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

गोरखा। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले बहुप्रतीक्षित बुढीगण्डकी जलविद्युत् आयोजना निर्धारित समयभन्दा एक महिनाअगावै सम्पन्न गर्न आग्रह गरेका छन् ।

गोरखामा बुधबार आयोजित बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र पक्की पुलको शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै सभामुख अर्यालले निर्धारित समयभन्दा एक महिनाअगावै आयोजना हस्तान्तरण गर्न आग्रह गरेका हुन् । आयोजना बन्ने कि नबन्ने भन्ने शङ्का नगर्न आग्रह गर्दै उनले निर्माणको काम सुरु भइसकेको बताए ।

आयोजना निर्माणका लागि शक्तिशाली ‘प्राधिकरण’ गठन गरिने स्पष्ट पार्दै अर्यालले प्राधिकरणसम्बन्धी ऐनको मस्यौदा तयार भई टुङ्गिसकेको जानकारी दिए ।
‘सदन सुरु भएको दुई हप्ताभित्रमा यो ऐन सदनमा जान्छ,’ उनले भने, ‘यस्तो शक्तिशाली अथोरिटी बन्छ, जसले गर्दा कसैले रोकेर पनि यो आयोजना रोकिँदैन ।’
कानुन निर्माण र प्रमाणीकरणको प्रक्रियामा आफू रहेकाले ऐन बनेपछि सार्वजनिक गरी स्थानीय तह, नागरिक समाज र पत्रकारहरूबाट समेत सुझाव लिएर यसलाई समृद्ध बनाइने उनले बताए ।

आयोजनाको स्रोत सुनिश्चितताबारे बोल्दै सभामुख अर्यालले चालु आर्थिक वर्षमा डेढ अर्ब रुपैयाँ छुट्ट्याइसकिएको र काम सुरु गर्न आवश्यकताअनुसार थप डेढ अर्ब रुपैयाँ उपलब्ध गराउन तयार रहेको बताए । करिब पाँच खर्ब रुपैयाँभन्दा बढी लगानी हुने यो परियोजना विद्युत् उत्पादनमा मात्र सीमित नरहेको उनको भनाइ थियो ।

२५० किलोमिटरको रिङरोड र ४८ किलोमिटरको तालसमेत निर्माण हुने भएकाले यो अत्यन्तै ठूलो र बहुआयामिक परियोजना भएको अर्यालले बताए ।
आयोजनाबाट स्थानीय नागरिकलाई अन्याय हुने वा मुआब्जा नपाउने हो कि भन्ने चिन्ता नलिन आग्रह गर्दै सभामुख अर्यालले स्थानीय सम्पदा, खेतीपाती, बोटबिरुवा र गोठ–वस्तुभाउको समेत उचित व्यवस्थापन गरिने आश्वासन दिए ।

‘साढे चार खर्बभन्दा ठूलो प्रोजेक्ट बनाउँदै गर्दा एकजना नागरिकलाई रुवाएर बनाएको प्रोजेक्टले पाप लाग्छ,’ उनले भने, ‘सबै जनालाई न्याय र खुसी दिएर अगाडि बढ्नुपर्छ ।’

उनले अब स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग कहाँ सुधार गर्नुपर्छ भन्ने विषयमा खुला बहस र छलफल सुरु गरिने पनि बताए ।

कार्यक्रममा सभामुख अर्यालले विकास निर्माणका काममा तीनै तहका सरकारले उत्तिकै जिम्मेवारी लिनुपर्ने बताए । अतिथि नबनाएको वा नाम नलिएको जस्ता सानातिना विषयमा अल्झिएर विकासको विरोध नगर्न उनले आग्रह गरे ।

त्यस्तै, नागरिकको हितमा रहेका विकास आयोजनाहरूमा अदालतले अनावश्यक रूपमा अन्तरिम आदेश दिएर रोक्ने काम बन्द गर्नुपर्नेमा अर्यालले जोड दिए । नागरिकलाई न्याय दिन कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका एउटै गतिमा अघि बढ्नुपर्ने उनको धारणा थियो ।

विगतमा ठेक्का लिएर वर्षौँसम्म काम नगर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउँदै सभामुख अर्यालले निर्माण व्यवसायीलाई समयमै काम सक्न निर्देशन दिए । तोकिएको समयभन्दा एक महिनाअगावै काम सम्पन्न गरे धन्यवादसहित पुरस्कृत गरिने उनले घोषणा गरे ।

स्थानीय नागरिकलाई समेत निर्माण कार्य सुरु भएपछि हरेक महिना ठेकेदारसँग प्रगतिको विवरण मागेर निगरानी गर्न उनले अनुरोध गरे ।

यो पनि पढ्नुहोस्

आकस्मिक कक्षबाट सेवा लिने बिरामीको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि

६ मिनेट अगाडि
दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक