शुक्र, मंसिर ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रवासी नेपालीका समस्या लिएर अशिम लोप्चनले भेटे श्रममन्त्री

धारणा न्यूज by धारणा न्यूज
१६ मिनेट अगाडि
Reading Time: 1 min read
0
प्रवासी नेपालीका समस्या लिएर अशिम लोप्चनले भेटे श्रममन्त्री
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। विदेशमा रहेका नेपाली श्रमिकले भोग्दै आएका समस्या, उनीहरूको अधिकार संरक्षण तथा प्रवासी नेपालीको सीप, ज्ञान र पुँजीलाई नेपालको समृद्धिसँग जोड्ने विषय उठाउँदै नेपाल समाज एसोसिएसन कोष्टाब्लाङ्काका कार्यवाहक महासचिव तथा नेपाल पत्रकार महासंघ युरोप शाखाका उपमहासचिव अशिम लोप्चन तामाङले युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग भेट गरेका छन्।

मन्त्री यादवसँगको भेटमा तामाङले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधान, सुरक्षित श्रम आप्रवासन र प्रवासी नेपालीको योगदानलाई राष्ट्रिय विकासमा उपयोग गर्ने विषय समेटिएका सातबुँदे सुझाव प्रस्तुत गरेका हुन्।

उनले वैदेशिक रोजगारीका नाममा म्यानपावर कम्पनी, एजेन्ट तथा बिचौलियाबाट हुने आर्थिक शोषण र ठगी नियन्त्रण गर्न प्रभावकारी कानुनी व्यवस्था गर्नुपर्ने माग गरेका छन्। श्रमिकलाई ठगी गर्ने व्यक्ति तथा संस्थामाथि कडा कारबाही र वैदेशिक रोजगार क्षेत्रको नियमित अनुगमन आवश्यक रहेको उनको भनाइ छ।

त्यसैगरी, विदेशबाट बिदामा नेपाल आएर पुनः रोजगारीमा फर्किने नेपाली श्रमिकका लागि श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिको प्रक्रिया सरल, सहज र झन्झटरहित बनाउनुपर्ने सुझाव उनले दिएका छन्। विदेशमा अलपत्र परेका, बिरामी भएका, दुर्घटनामा परेका तथा विभिन्न समस्यामा रहेका नेपाली श्रमिकको उद्धार र संरक्षणका लागि प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने विषय पनि उनले उठाएका छन्।

तामाङले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराई उनीहरूको योगदानअनुसार भविष्यमा सामाजिक सुरक्षा तथा पेन्सनको व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

विदेशमा नेपालीले आर्जन गरेको सीप, ज्ञान, प्रविधि र पुँजीलाई स्वदेशमै उपयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको अर्को महत्वपूर्ण सुझाव छ। यसका लागि कृषि, उद्योग, पर्यटन तथा उत्पादनमूलक क्षेत्रमा रोजगारीका अवसर सिर्जना गरी युवालाई आफ्नै देशमा भविष्य निर्माण गर्न सक्ने वातावरण बनाउनुपर्ने उनले बताएका छन्।

त्यस्तै, विदेशमा रहेका नेपालीको ज्ञान, अनुभव, लगानी र सुझावलाई नेपालको नीति निर्माण तथा विकास प्रक्रियामा समेट्नुपर्ने धारणा राख्दै उनले प्रवासी नेपालीलाई केवल रेमिट्यान्स पठाउने स्रोतका रूपमा मात्र नभई राष्ट्र निर्माणका महत्वपूर्ण साझेदारका रूपमा राज्यले स्वीकार गर्नुपर्ने बताएका छन्।

भेटका क्रममा मन्त्री यादवले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने तथा नेपाली श्रमिकका लागि थप अन्तर्राष्ट्रिय रोजगारीका अवसर विस्तार गर्ने सरकारको तयारीबारे जानकारी गराएका थिए। उनले युरोपका विभिन्न मुलुकमा सरकार–सरकार (जीटुजी) माध्यमबाट नेपाली कामदार पठाउने तयारी भइरहेको बताए।

मन्त्री यादवका अनुसार तत्कालै मरिसससहित चारवटा मुलुकमा जीटुजी तथा म्यानपावर कम्पनीमार्फत नेपाली कामदार पठाउने प्रक्रिया अघि बढाइनेछ। यसबाट नेपाली श्रमिकका लागि रोजगारीका नयाँ अवसर सिर्जना हुने र वैदेशिक रोजगारलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तामाङले विदेशमा रहेका नेपाली श्रमिकका समस्या समाधान गर्नु सरकारको प्राथमिकतामा पर्नुपर्ने बताउँदै उनीहरूको अधिकार, सुरक्षा र सम्मान सुनिश्चित गर्न आग्रह गरेका छन्। विदेशमा आर्जित सीप, अनुभव, प्रविधि र पुँजीलाई स्वदेशको उत्पादन, रोजगारी र आर्थिक विकाससँग जोड्न सके मात्रै वैदेशिक रोजगारीको वास्तविक उपलब्धि राष्ट्रिय समृद्धिमा रूपान्तरण हुने उनको धारणा छ।

प्रवासी नेपाली समुदायसँग सामाजिक तथा पत्रकारिताको क्षेत्रमा सक्रिय तामाङले श्रमिकका समस्या र प्रवासी समुदायका सरोकारलाई सरकारसमक्ष निरन्तर उठाउँदै आएको बताएका छन्।

यो पनि पढ्नुहोस्

सुनील थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’ आजदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा

सुनील थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’ आजदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा

३ मिनेट अगाडि
समानुपातिकतर्फ ४४ लाखभन्दा बढी मत गणना

आगामी वैशाख महिनामा स्थानीय तह र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने प्रस्ताव

५३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भोटेकोशी बाढीपीडितलाई नगद राहत

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत

रास्वपा, कांग्रेस र एमालेका सभापतिहरुबीच पहिलोपटक सँगै छलफलमा जुट्दै

कलदाङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु

प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक