शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
0
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। उद्योगपति विनोद चौधरी नेपाली कांग्रेसको केन्द्रीय सदस्य बन्नका लागि योग्य नरहेको भन्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटको पेसी फेरि सरेको छ ।

कात्तिक १९ गते बिहीबारका लागि तोकिएको पेसी मंसिर १० गतेका लागि सारिएको हो । यसअघि कात्तिक १३ गतेका लागि रहेको पेसी मंसिर १९ गतेका लागि सारिएको थियो । १९ गते सरेसँगै यो रिटको पेसी १४ पटक सरेको छ ।

चौधरी कांग्रेसको २०७८ मंसिरमा भएको १४ औँ महाधिवेशनमा मधेसी कोटाबाट केन्द्रीय सदस्य जितेका थिए । उनीसँग प्रतिस्पर्धा गरेका डा. शुभाषचन्द्र यादवले पार्टी विधानमा उल्लेख भएको केन्द्रीय सदस्य बन्नका लागि पार्टीको क्रियाशील सदस्यता लिएको १० वर्ष पुग्नुपर्ने प्रावधान  चौधरीको हकमा लागु नभएकाले उनको केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै २०७८ सालको फागुन ३ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यो रिटको फैसला अझै भएको छैन ।

चौधरी भने कांग्रेसको गत असोज १८ देखि २३ गतेसम्म भएको १५ औँ महाधिवेशनबाट समावेशी कोटामा उपसभापति निर्वाचित भइसकेका छन् ।

प्रतिस्पर्धी डा. यादवले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बन्न कांग्रेस विधानमा क्रियाशील सदस्यता लिएको १० वर्ष पुगेको हुनुपर्ने भए पनि चौधरीको नपुगेको भन्दै दाबी विरोधको सूचना पार्टीको तत्कालीन निर्वाचन समितिलाई दिएका थिए । तर, त्यो दाबी विरोधको सूचनामा तत्कालीन निर्वाचन समितिले आलटाल गरेर उनलाई स्पष्ट जवाफ दिएन ।

त्यसपछि निर्वाचित भइसकेपछि निर्वाचन समितिमा उजुरी दिँदा डा. यादवलाई क्रियाशील सदस्यताको योग्यता निर्धारण गर्ने जिम्मेवारी पार्टी केन्द्रीय कार्यालयको भएको बतायो ।

पार्टी केन्द्रीय कार्यालयले योग्यता पुगेको जवाफ दिएपछि उनी निर्वाचन आयोग पुगे । आयोगले पत्र दर्ता गरे पनि डा.यादवलाई छलफलमा बोलाएन । तर, त्यसबारे के भएको हो भन्दै कांग्रेस केन्द्रीय कार्यालयलाई सोध्यो । पार्टी केन्द्रीय कार्यालयले आयोगलाई निर्वाचन समिति पार्टीको अन्तिम निकाय भएको र निर्वाचन समितिको निर्णय सर्वोपरी भएको लेखेर जवाफ पठायो ।

पार्टी केन्द्रीय कार्यालयको त्यही पत्रका आधारमा आयोगले डा. यादवलाई लिखित जवाफ पठायो ।

यो पनि पढ्नुहोस्

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

१ दिन अगाडि
माकुनेलाई भ्रष्टाचार मुद्दामा वारेस राख्न अनुमति

जग्गा सट्टापट्टामा अनुचित काम नभएको जिकिर

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

नेपालभाषामा नामकरण गरिएको आधारमा कम्पनी दर्ता अस्वीकृत गरिएकोप्रति आपत्ति

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

एनपीएलमा आज एक खेल मात्र हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक