बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

प्रधानमन्त्री बालेन र भारतका विदेश सचिव मिस्रीबीच यी बिषयमा छलफल ?

धारणा न्यूज by धारणा न्यूज
५ दिन अगाडि
Reading Time: 1 min read
0
प्रधानमन्त्री बालेन र भारतका विदेश सचिव मिस्रीबीच यी बिषयमा छलफल ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल भ्रमणमा आएका भारतका विदेश सचिव विक्रम मिस्रीले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गरेका छन् ।

भेटका क्रममा विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहलाई भारतमा स्वागत गर्न आफूहरू आतुर रहेको जनाएका थिए । उनले दुई देशको समझदारीमा चाँडै मिति तय गरी भ्रमण हुने विश्वास व्यक्त गरेका थिए ।

प्रधानमन्त्रीको प्रस्तावित भारत भ्रमणलाई मुख्य प्राथमिकतामा राखेर त्यसको आवश्यक तयारी, भ्रमणका क्रममा तय गरिने एजेन्डालगायतका विषयमा सामान्य छलफल भएको जनाइएको छ ।

नेपालमा हालै आएको भोटेकोशी बाढीपछिको विपत्तिप्रति विदेश सचिव मिस्रीले दुःख व्यक्त गरेका थिए । विपत्तिको समयमा भारत सधैँ नेपालको साथमा रहेको र पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सहयोग गर्न तयार रहेको धारणा उनले राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनले भारत सरकारका तर्फबाट नेपालको विकास, समृद्धि र आपसी हितका क्षेत्रमा निरन्तर सहयोग तथा सहकार्य जारी रहने बताएका थिए ।

नेपाल र भारतबिचको कूटनीतिक तथा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र प्रगाढ बनाउने विषयमा दुवै पक्षबिच सकारात्मक कुराकानी भएको छ । छलफलका क्रममा ऊर्जा, व्यापार, पूर्वाधार विकास तथा कनेक्टिभिटीजस्ता महत्त्वपूर्ण क्षेत्रमा सहकार्य बढाउने विषयले भ्रमणमा प्राथमिकता पाउनेबारे पनि कुराकानी भएको जनाइएको छ ।

प्रधानमन्त्री बालेनको मंसिर ६ गतेदेखि भारत भ्रमण गर्ने प्रस्तावित मिति रहेको छ । यद्यपि, दुई देशले हालसम्म भ्रमणको मिति औपचारिक रूपमा घोषणा गरेका छैनन् । विदेश सचिव मिस्री स्वदेश फर्केपछि आपसी सल्लाहमा मिति घोषणा गरिने जनाइएको छ ।

विदेश सचिव मिस्रीले सम्बन्धित मन्त्रालयका मन्त्रीहरूसँग विभिन्न आयोजनाबारे पनि छलफल गरेका छन् । ती आयोजना प्रधानमन्त्री बालेनको भारत भ्रमणका एजेन्डा बन्न सक्नेछन् । परराष्ट्रमन्त्रीसँगको छलफलमा पनि प्रधानमन्त्री शाहको भ्रमणका एजेन्डाबारे कुराकानी भएको थियो ।

दुई दिने नेपाल भ्रमणमा आएका मिस्रीले बुधबार परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र परराष्ट्र सचिव अमृतबहादुर राईसँग छुट्टाछुट्टै छलफल गरेका थिए। विदेश सचिव मिस्री बिहीबार नै स्वदेश फर्किएकाछन् ।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

३ घण्टा अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज नेवार समुदायमा म्हपूजा

नेकपा एमाले संसदीय दलको बैठक शुरू

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक