सोम, कार्तिक ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अघि बढायाे

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबारदेखि ‘नगरपालिका क्यान्डिडेट क्लब’का लागि आवेदन खुलाएको छ ।

स्थानीय तह निर्वाचनको घोषणा नहुँदै रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको हो । यससम्बन्धी जानकारी पार्टीको वेबसाइटमा राखिएको छ ।

आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्यका रूपमा उम्मेदवारी दिन इच्छुकले आवेदन दिन सक्ने गरी रास्वपाले प्रक्रिया खुलाएको हो । प्रवक्ता जगदीश खरेलले शुक्रबारदेखि सुरु भएको आवेदन प्रक्रियामा इच्छुकले पार्टीको आधिकारिक मोबाइल एपमार्फत आवेदन दिन सक्ने बताए ।

स्थानीय तहमा इमानदार, सक्षम र स्पष्ट योजनासहित काम गर्न इच्छुक नयाँ नेतृत्वलाई अघि बढाउन पार्टीले क्यान्डिडेट क्लबमार्फत आवेदन खुलाएको महामन्त्री विपिन आचार्यले बताए ।

आवेदन प्रक्रियामार्फत देशभरका २७६ नगरपालिकाका विभिन्न १६ हजार १४७ पदका लागि उम्मेदवार छनोट गरिनेछ । नगरप्रमुख र उपप्रमुखमा २७६–२७६ जना, वडाध्यक्षमा तीन हजार ११९ जना र वडासदस्यमा १२ हजार ४७६ जनाले आवेदन दिन सक्नेछन् । यसअघि रास्वपाले १ भदौदेखि गाउँपालिका क्यान्डिडेट क्लबअन्तर्गत अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडासदस्य पदका लागि पनि आवेदन खुलाइसकेको छ ।

रास्वपाका अनुसार आवेदन दिन चाहने व्यक्ति कानुनबमोजिम उम्मेदवार बन्न योग्य भएको, पार्टीको साधारण सदस्य रहेको तथा पार्टीको विचार, सिद्धान्त र नीतिलाई समर्थन गर्ने हुनुपर्नेछ । त्यसैगरी, आफू वा आफ्नो एकाघरको परिवारको सदस्य उम्मेदवार बन्न चाहेको पालिका वा वडामा विकास निर्माण, ठेक्कापट्टा वा सार्वजनिक आपूर्तिसम्बन्धी व्यावसायिक संलग्नता भए–नभएको खुलाउनुपर्नेछ ।

अदालत वा अन्य न्यायिक निकायमा कुनै फौजदारी, भ्रष्टाचार वा ठगीसम्बन्धी मुद्दा विचाराधीन भए त्यसको विवरण र वैवाहिक अवस्थासम्बन्धी कानुनी स्पष्टता पनि आवेदनमा उल्लेख गर्नुपर्नेछ ।

आवेदन दिएपछि आकांक्षीहरूले नेतृत्व एकेडेमीको प्रशिक्षण, आधारभूत योग्यता परीक्षण र पार्टीको आन्तरिक मूल्यांकन प्रक्रिया पार गर्नुपर्नेछ । यी प्रक्रिया पूरा गरेपछि मात्र अन्तिम उम्मेदवार छनोट गरिने रास्वपाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

कांग्रेसको मत परिणाम सार्वजनिक

३ दिन अगाडि
कांग्रेसको १५औं महाधिवेशन सम्पन्न

कांग्रेसको १५औं महाधिवेशन सम्पन्न

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरको ऐतिहासिक सिकाली जात्रा सम्पन्न (भिडियाे सहित)

पाथीभरा मन्दिरबाट तीन महिनाको अवधिमा ३३ लाख बढी भेटी सङ्कलन

फ्रान्समा विद्यालयहरूको दयनीय अवस्था

यात्रुवाहक सुमो खस्दा ३ जनाको मृत्यु

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अघि बढायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक