शुक्र, अशोज ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौंं । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रहरीलाई आगामी दिनका सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको जनाइएका छन्।

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको जनाएका छन्।

उनले प्रहरी कर्मचारी, तिनका परिवार, सर्वसाधारणको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै सरकारले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना बनाएको पनि शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

प्रधानमन्त्री बालेन शाहको शुभकामना सन्देशको पूर्णपाठ 

राष्ट्रको सेवा गर्दागर्दै हालैको भोटेकोशी–त्रिशूलीको विपद् तथा विभिन्न कालखण्डमा अमरत्व प्राप्त गर्नुभएका प्रहरीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। कर्तव्य निर्वाहका सिलसिलामा घाइते र अशक्त हुनुभएका प्रहरीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। स्थापनाकालदेखि अनेकौँ उतारचढाव पार गर्दै प्रहरी संगठनलाई यहाँसम्म ल्याउन योगदान पुर्‍याउनु हुने सम्पूर्ण पूर्वप्रहरीहरूप्रति आभार व्यक्त गर्दछु।

हामी “विपद्मा सारथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी” भन्ने नाराका साथ ७१औँ प्रहरी दिवस मनाइरहेका छौँ। यस अवसरमा विमोचन गरिएको “पुलिस मिरर २०२६”ले नेपाल प्रहरीको इतिहास र वर्तमानलाई भविष्यको पुस्तासँग जोड्ने र संगठनको सम्झनालाई ताजा राखिरहने अपेक्षा छ।

सधैँ अग्रभागमा खटिएर जनताको सेवा गर्ने नेपाल प्रहरीलाई आगामी दिनका सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध छ। यसका लागि नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ। प्रहरी कर्मचारी, तिनका परिवार, सर्वसाधारणको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै सरकारले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना बनाएको छ।

पछिल्लो समय बढ्दै गएको वित्तीय र साइबर अपराध रोकथाम र नियन्त्रणमा सरकार गम्भीर छ। यसका लागि नेपाल प्रहरीको सहकार्यमा राष्ट्र बैंक, इन्टरनेट र टेलिकम सेवाप्रदायक तथा डिजिटल वालेटहरूलाई एक ठाउँमा ल्याई नागरिकका गुनासा थप प्रभावकारी ढंगले सम्बोधन गर्ने व्यवस्था गरिँदैछ। साथै एआई, एरियल सेक्युरिटी एन्ड सपोर्ट युनिट र इन्टिग्रेटेड एन्टी–स्क्याम सेन्टर स्थापनाको तयारी भइरहेको छ।

यतिबेला नेपाल प्रहरीलाई विपद् व्यवस्थापन, प्रविधि विस्तार र पूर्वाधार निर्माणमा सहयोग गर्ने मित्रराष्ट्रहरू र अन्तर्राष्ट्रिय विकास साझेदारहरूलाई पनि सम्झन चाहन्छु। साथै यहाँहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।

देशको आन्तरिक शान्ति सुरक्षा र सुव्यवस्था कायम राख्न नेपाल प्रहरी निरन्तर खटिरहेको छ। राष्ट्रसेवकहरुको असली परीक्षा संकटका बेला हुन्छ। संकटको घडीमा हाम्रो धैर्य, सही निर्णय र कुशल कार्यसम्पादनले नै जुनसुकै संकट टार्न मद्दत गर्छ।

अन्त्यमा, प्रहरी दिवस २०८३ तथा आसन्न बडादशैँको अवसरमा देश, विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरुमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु।

धन्यवाद।
असोज ३०, २०८३

यो पनि पढ्नुहोस्

आगामी मंसिर १२ गते नेपालगन्जमा आयोजना हुने

आगामी मंसिर १२ गते नेपालगन्जमा आयोजना हुने

१ दिन अगाडि
विश्वप्रसिद्ध धावक इलिउड किप्चोगेले उत्कृष्ट कीर्तिमानी बनाए

विश्वप्रसिद्ध धावक इलिउड किप्चोगेले उत्कृष्ट कीर्तिमानी बनाए

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेन–जी आन्दोलन सम्बन्धी २०६ वटा मुद्दा फिर्ता लिने

गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार भए प्रतिवाद गर्छौं : अन्सारी

आधुनिक बनाउन कानुनमा सुधारको तयारी

टरिगाउँ र रारा विमानस्थलको अध्ययन अघि बढाउन निर्देशन

कांग्रेसको १५औं महाधिवेशन सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक