बिहि, अशोज २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

क्रिश्चियन धर्म प्रचार गरिरहेको अवस्थामा २४ दक्षिण कोरियाली नागरिक डिपोर्ट

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
0
क्रिश्चियन धर्म प्रचार गरिरहेको अवस्थामा २४ दक्षिण कोरियाली नागरिक डिपोर्ट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

विराटनगर । पर्यटक भिसा (टुरिस्ट भिसा) को दुरुपयोग गर्दै मोरङमा क्रिश्चियन धर्म प्रचार तथा पास्टर उत्पादनसम्बन्धी तालिम सञ्चालन गरिरहेको अवस्थामा पक्राउ परेका २४ जना दक्षिण कोरियाली नागरिकलाई नेपाल सरकारले देश निकाला (डिपोर्ट) गरेको छ ।

अध्यागमन विभागले उनीहरूको भिसा रद्द गरी जनही ५० हजार रुपैयाँका दरले जरिवाना तिराउनुका साथै नेपालबाट प्रस्थान गरेको मितिले ती नागरिकहरूलाई तीन वर्षे प्रतिबन्ध लगाइएको हो ।

अध्यागमन विभागका अनुसार नेपाल बसाइ शंकास्पद देखिएको, आचरण संदिग्ध रहेको र आफूले प्राप्त गरेको पर्यटक भिसाको उद्देश्यविपरीत गैरकानुनी धार्मिक गतिविधिमा संलग्न भएको ठहर गर्दै उनीहरूमाथि निष्कासन र पुनः प्रवेशमा रोक लगाउने कडा कारबाही गरिएको हो ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मालाती मार्गस्थित ‘सुन्दर डाँडा’ मा सञ्चालित ‘नेपाल न्यू कोभेनेन्ट कलेज’मा गैरकानुनी रूपमा धार्मिक तालिम, प्रशिक्षण र दीक्षान्त समारोह सञ्चालन भइरहेको सूचना पाएपछि स्थानीय प्रशासन र प्रहरीले उनीहरूमाथि निगरानी बढाएर नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रशासन कार्यालय मोरङले ‘विदेशी नागरिक अनुगमन निर्देशिका, २०७५’ को दफा ४.६ को उपदफा (२) र (३) बमोजिम कारबाहीका लागि असोज २३ गते २४ जना कोरियनलाई काठमाडौँस्थित अध्यागमन विभागमा उपस्थित गराएको थियो । विभागले आवश्यक अनुसन्धान गर्दा उनीहरूको भिसाको अवधि बाँकी नै रहे पनि पर्यटक भिसामा गर्न नपाइने धार्मिक शिक्षा र प्रचारमा संलग्न रहेको पुष्टि भएपछि सबैको भिसा तुरुन्त रद्द गरेको हो ।

अध्यागमन कानुनअनुसार जनही ५० हजार रुपैयाँ जरिवाना असुल गरी तीन वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी कालोसूचीमा राखेर उनीहरूलाई स्वदेश फिर्ता पठाइएको विभागले जनाएको छ । डिपोर्ट र तीन वर्षे यात्रा प्रतिबन्धमा पर्नेहरूमा कोरियास्थित ‘लभ नेपाल मिसन’का प्रमुख डा. पार्क गुइ ह्वानसहित २४ जना रहेका छन् ।

उक्त समूह असोज २० र २१ गते काठमाडौंबाट बुद्ध र यती एयरमार्फत दुई समूहमा (पहिलो दिन १६ जना र दोस्रो दिन ८ जना) विराटनगर विमानस्थल ओर्लिएको थियो । त्यहाँबाट उनीहरू सिधै सुन्दरहरैँचा–७ स्थित नेपाल न्यू कोभेनेन्ट कलेज पुगेका थिए । तीमध्ये ६ जना सुन्दरहरैँचा–९ स्थित ‘नेपालरिका होटल’ र बाँकी १८ जना कलेजकै छात्रावासमा बसेर अक्टोबर १२ सम्म विभिन्न चरणका धार्मिक गोष्ठी, दीक्षान्त र तालिम सञ्चालन

गर्ने कार्यतालिका बनाएका थिए । तर स्थानीय बासिन्दा र सुरक्षा निकायको सक्रियताका कारण उनीहरूको योजना सफल हुन सकेन । सुन्दरहरैँचा–७ मा करिब १ बिघा १ कठ्ठा जग्गामा दुईतले पक्की भवन तथा २२ कोठाको आधुनिक संरचनासहित ‘नेपाल न्यू कोभेनेन्ट कलेज’ सञ्चालनमा रहेको छ । प्रारम्भिक रूपमा सरकारी शैक्षिक निकायको कुनै अनुमति नलिई सञ्चालन गरिएको यो संस्थालाई कारबाहीबाट छल्न बेलबारी मालपोत कार्यालयमा ‘रत्न बाप्टिस फाउन्डेसन’ नामक सामाजिक तथा धार्मिक गुठीका रूपमा दर्ता गरिएको पाइएको छ । गुठीअन्तर्गत ‘बाइबेल एकेडेमी’ को आवरणमा यहाँ ‘सर्टिफिकेट अफ थियोलोजी’, ‘ब्याचलर्स अफ थियोलोजी’, ‘मास्टर्स अफ थियोलोजी’ हुँदै विद्यावारिसिम्मका धार्मिक पाठ्यक्रमहरू पढाउने गरिएको थियो ।

हाल ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको यस कलेजमा देशका विकट हिमाली, पहाडी तथा तराई क्षेत्रका गरिब तथा विपन्न परिवारका करिब ४५ जना विद्यार्थीलाई छात्रावासमै राखेर न्यून शुल्कमा धार्मिक शिक्षा दिने गरिएको थियो ।

उक्त संस्था दक्षिण कोरियास्थित ‘लभ नेपाल मिसन’को आर्थिक अनुदानमा सञ्चालन भइरहेको छ भने यसको व्यवस्थापनमा सुनसरी धरानका महेन्द्र गंग सचाइ राई र दुहबी–५ का डा. शरद केसीलगायत व्यक्तिहरू संलग्न रहेको खुलेको छ । सुरक्षा निकायको प्रारम्भिक अनुसन्धानले मोरङको उत्तरी क्षेत्र (सुन्दरहरैँचा, लेटाङ, मिक्लाजुङ आदि) मा कोरियाली नागरिकहरूको प्रत्यक्ष लगानी र योजनामा स्थानीय चर्च, संस्था र कलेजहरू खोल्दै ‘पास्टर’ उत्पादन गर्ने संगठित सञ्जाल सक्रिय रहेको देखाएको छ ।

यसअघि २०८० चैत २० गते पनि ३९ जना कोरियाली नागरिक पर्यटक भिसामा आएर सोही कलेजको दीक्षान्त समारोहमा सहभागी भएका थिए । त्यतिबेला दुई जना कोरियनलाई पठनपाठनका लागि उतै छाडेर बाँकी फर्किएका थिए । नेपालको अध्यागमन कानुन र संविधानले विदेशी नागरिकलाई पर्यटक भिसामा आएर कुनै पनि प्रकारको धर्म प्रचार, धार्मिक तालिम वा पेसागत अध्यापन गर्न पूर्ण बन्देज लगाएको छ ।

यो पनि पढ्नुहोस्

दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेहरूको लर्को

दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेहरूको लर्को

२ घण्टा अगाडि
जारी मतगणनाको परिणाम आज रातिसम्म सार्वजनिक गर्ने

जारी मतगणनाको परिणाम आज रातिसम्म सार्वजनिक गर्ने

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालको आर्थिक रूपान्तरणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक

प्रदर्शनको ७५औं दिन कटाएको ‘गौंथली’को कमाइ २६ करोड पुग्यो

नेप्से परिसुचक बढ्याे

प्रमद्वारा पलान्चोक भगवतीको पूजाआजा

करेन्ट लागेर उदयपुरमा बृद्धको निधन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक