मङ्ल, अशोज १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

मैदान पुग्नसमेत नपाउँदै खेल रद्द

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
मैदान पुग्नसमेत नपाउँदै खेल रद्द
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । एसियन गेम्समा बंगलादेशविरुद्धको क्वाटरफाइनल खेल वर्षाका कारण रद्द भएपछि मलेसियाका क्रिकेटर विरानदीप सिंहले सामाजिक सञ्जालमार्फत निराशा व्यक्त गरेका छन् ।

टावल बाँधेको फोटो सार्वजनिक गर्दै विरानदीपले आफूहरू मैदान पुग्नसमेत नपाउँदै खेल रद्द भएको जनाएका छन् । उनले लेखेका छन्, ‘हाम्रो क्वाटरफाइनल खेल रद्द भएको जानकारी आउँदा हामी होटलमै थियौं, म टावलमै थिएँ । बंगलादेशविरुद्ध खेल्ने अर्को अवसरका लागि तीन वर्षदेखि पर्खिरहेको थिएँ, तर यसपटक त्यो अवसर पनि जुरेन । एसोसिएट क्रिकेट कठिन छ ।’

बंगलादेश र मलेसियाबीच तय भएको क्वाटरफाइनल खेल निरन्तरको वर्षाका कारण रद्द भएको छ । विरानदीपले पनि खेल सुरु हुनुभन्दा तीन घण्टाअघि नै खेल रद्द भएको जानकारी पाएको बताएका छन् ।

खेल हुने कोरोगी स्पोर्ट्स पार्कको क्रिकेट मैदान पूर्णरूपमा ढाकिएको पनि छैन । पिच र स्क्वायर मात्र ढाकिएको अवस्थामा छ भने आउटफिल्ड त्यतिकै छाडिँदा मैदानभरी पानी जमेको छ ।

खेल रद्द भएपछि वरीयताका आधारमा बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि आजै श्रीलंका र नेपालबीचको क्वाटरफाइनल खेल पनि वर्षाका कारण रद्द भएको थियो भने सोमबा पाकिस्तान र हङकङ तथा भारत र अफगानिस्तानको खेल पनि वर्षाका कारण रद्द भएको थियो ।

यससँगै वरीयताकै आधारमा क्वाटरफाइनलमा स्थान बनाएका टोलीहरू भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश नै सेमिफाइनल पुगेका छन् ।

नेपाल र अफगानिस्तान समूह ‘ए’ तथा मलेसिया र हङकङ समूह ‘बी’ बाट क्वाटरफाइनलमा पुगेका थिए । वर्षाका कारण क्वाटरफाइनलका खेलहरू प्रभावित भएपछि वरीयताले नै सेमिफाइनल पुग्ने टोलीको टुंगो लगाएको हो ।

यो पनि पढ्नुहोस्

स्क्वासको मिश्रित डबल्सको नेपाली जोडी पहिलो चरणबाटै बाहिरिए

स्क्वासको मिश्रित डबल्सको नेपाली जोडी पहिलो चरणबाटै बाहिरिए

२ दिन अगाडि
जापान र नेपालबीचको खेल नतिजाविहीन

जापान र नेपालबीचको खेल नतिजाविहीन

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

धापाखेलमा साढे दुई तले घर ढल्याे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आवासीय चिकित्सक फिर्ता बाेलाउन अनुराेध

पितृ तर्पण : वैदिक स्मृतिदेखि महालया र सोह्रश्राद्धसम्मको सनातन परम्परा

१०० मिलिमिटरभन्दा बढी कुल वर्षा रेकर्ड

भीआईपी तामझाम संस्कार अन्त्य गर्दै बालेन सरकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक