काठमाडाैं । महाकवि सिद्वदिस अमात्यको १ सय ५९ औं प्रभात फेरि कार्यक्रमकाे आयाेजना गरी जन्म जयन्ती मनाइएको छ ।
नेपालभाषाका लागि आफ्नो जीवन सम्पर्ण गरेका नेपालभाषाका महाकवि सिद्वदिस अमात्यको १ सय ५९ औं जन्मजयन्ती मनाइएको हाे । नेपालभाषा मंकाः खलः, मछिन्द्र क्लब, सिद्धिदास स्मृति समाज संयुक्त आयोजनामा काठमाडौंको सिद्विदास चोकमा भेला भई भोताहिटी दोबोटा भेला भई र्यालीको आयोजना गरिएको थियो ।
साेमबार करिब ७ बजेदेखि ८:३० बजे सम्म सिद्धादास महाजुकाे गीत गाएर भोेताहिति असन , जनबहाल, इन्द्रचाेक, मखन, हनुमानढाेका, मरुसतल, चिकंमूग, जैशीदेगल , ज्याबहाबल, लगं, ब्रम्हटाेल, ह्यसमत हुँदै नरदेवी, किलागल हुँदै जबहालमा सम्पन्न भएकाे थियाे ।
नेपालभाषाका चार खम्बा मध्य एक खम्बा मानिएका महाकवि सिद्धिदास महाजुले “भाषा रहे जाति रहन्छ” भन्ने मूल मन्त्रलाई आत्मसाथ गरी तत्कालीन राणा शासकहरुको दमनले मराणासन्न स्थितिमा पुगेको नेपालभाषा साहित्यलाई पुनर्जागरण गर्न उहाँले अतुल्नीय योगदान दिनु थियाे ।
महाकवि सिद्दिदास महाजूकाे बर्षभरि विविध कार्यक्रमकाे आयाेजना गरिने तथा आज राती काठमाडौंको भाेताहितिमा रहेकाे महाकवि सिद्धिदास महाजुको सालिकमा दिपावलीकाे कार्यक्रम गरिने नेवाः बस्ती नेवाः स्कुल अभियानका संयाेजक दिपक तुलाधरले जानकारी गराउनु भयाे ।
नेपाली भाषामा समेत साहित्यिक याेगदान दिनु भएका महाकविकाे सज्जन हृदयाभरण, रम्भाकुसुम, सिद्विदासया थःगु मिखाय्, सत्यसती, संवाद व शिवविलास बाखं, सिद्वि रामायण आदि दजनौ कृतिहरू रचना गरेका छन् । साे कार्यक्रममा नेपालभाषाका साहित्यकार एवम् नेपालभाषाका अभियान्ताहरूकाे उपस्थिति रहेको छ ।
साे कायक्रममा नेपाल आर्मीको बग्गी, कामपा २७ वडा समिती, विभिन्न स्कुलका शिक्षक तथा विद्यार्थी, ट्राफिक प्रहरी, नेपाल प्रहरी, महा नगर प्रहरी, नेपाली सैनिक बैण्ड बाजाले साेभा बढाइएकाे थियाे ।


