शनि, अशोज १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कृष्णभिरमा पुनः सडक भासियाे

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
कृष्णभिरमा पुनः सडक भासियाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नारायणगढ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा पुनः सडक भासिएको छ । गत भदौ १४ गते राजमार्ग भासिएर अवरुद्ध भएको थियो । त्यसको १८औँ दिन अर्थात् असोज १ गते डाइभर्सनमार्फत सडक पुनःस्थापना गरी राजमार्ग सञ्चालनमा ल्याइएको थियो । तर, शुक्रबार बिहान पुनः सडक भासिएको हो ।

पृथ्वी राजमार्ग मुग्लिन–नौबिसे आयोजना पश्चिम खण्डका इन्जिनियर धीरन ढकालका अनुसार राजमार्ग सञ्चालनका लागि निर्माण गरिएको डाइभर्सन सडकसँगैको ग्याबिन वाल भासिएर त्रिशूली नदीतर्फ खसेको हो ।

“करिब २५ मिटर क्षेत्र सडक भासिएको छ । सडक पूर्ण रूपमा अवरुद्ध नभए पनि कृष्णभिरको जोखिम कायमै रहेको छ,” उहाँले भन्नुभयो । त्रिशूली नदीको निरन्तर कटानका कारण सडक भासिने क्रम नरोकिएको उहाँले बताउनुभयो ।

राजमार्ग भासिए पनि तत्काल पूर्ण रूपमा अवरुद्ध हुने अवस्था नरहेको उहाँले जानकारी दिनुभयो । कृष्णभिरमा सडक भासिनुसँगै माथिबाट पहिरोसमेत झरेको थियो । उक्त पहिरो भने सफा गरिएको बताइएको छ । सडक तथा भिरको स्थिरीकरण र मजबुतीकरणको काम भइरहेका बेला पुनः सडक भासिएको हो ।

आयोजनाकी प्रमुख सजना अधिकारीले अविरल वर्षाका कारण राजमार्ग अवरुद्ध रहेकाले पहिरो झरेको स्थानमा सफा गर्ने काम भइरहेको बताउनुभयो ।

“हाल सञ्चालनमा रहेको सडकलाई मध्यकालीन रूपमा सुरक्षित बनाउन भिर स्थिरीकरण तथा मजबुतीकरण, बायोइन्जिनियरिङ, पानीको उचित निकासका लागि नाली निर्माण तथा सडक सतह कालोपत्रेसम्मका काम गर्न बाँकी रहेको छ,” उहाँले भन्नुभयो ।

इन्जिनियर ढकालले वर्षाको जोखिमलाई ध्यानमा राखेर कृष्णभिरमा सुरक्षाका उपाय अपनाइएको बताउनुभयो ।

“वर्षाको सम्भावित जोखिमलाई ध्यानमा राखेर कृष्णभिरमा तत्कालीन सुरक्षाका उपायसमेत अपनाइएको छ । काटिएको भिर तथा त्यहाँ अड्किएका खुकुला माटोलाई पानी प्रवेश गर्न नदिन प्लास्टिक तथा त्रिपालले छोपिएको छ । यसबाट माटो भिज्न नदिई पहिरोको जोखिम कम गर्नुका साथै भित्तातर्फको सतहमुनिको नालीलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुग्नेछ,” उहाँले भन्नुभयो ।

कृष्णभिरमा पछिल्लो पटक गएको पहिरोको बीच भागमा देखिएको चिरालाई रातो माटो र सिमेन्टको मिश्रण प्रयोग गरी ‘क्र्याक सिलिङ’ गरिएको छ । सिल गरिएको भागलाई प्लास्टिकले छोपेर माथिबाट आउने वर्षाको पानीलाई नियन्त्रण गरी दायाँ–बायाँका क्यास्केडतर्फ निकास दिने व्यवस्था गरिएको छ । चिराभन्दा माथिल्लो जमिनमा वर्षाको पानी सङ्कलन गरी सुरक्षित रूपमा निकास गर्न ‘क्याच ड्रेन’ निर्माणको तयारी भइरहेको पनि बताइएको छ ।

पुरानो सडकमा परेका चिरा सफा गरी थप फैलिन नदिन ‘क्र्याक सिलिङ’ गरिएको अवस्थामा नयाँ सडक भासिएको हो ।

कृष्णभिरको माथिल्लो भागमा यसअघि नै १० देखि १५ मिटरसम्म लम्बाइका पाँचदेखि सातवटा चिरा परेका थिए । राजमार्ग खुलाउन कृष्णभिरमा करिब २७० मिटर लामो र साढे सातदेखि १० मिटरसम्म चौडा डाइभर्सन सडक निर्माण गरिएको थियो । भित्तातर्फ पाँचदेखि ३० मिटरसम्मको उचाइमा कटान गरी बनाइएको डाइभर्सनमा उच्चस्तरको ग्राभेल प्रयोग गरी ४० सेन्टिमिटर मोटाइको सब–बेस राखिएको छ । माथिल्लो भिरलाई सुरक्षित राख्न ‘बेन्चिङ’ प्रविधिसमेत अपनाइएको छ । भिरलाई एकैपटक ठाडो रूपमा कटान नगरी खण्ड–खण्डमा भर्‍याङजस्तो स्वरूपमा काट्ने प्रविधिलाई बेन्चिङ भनिन्छ ।

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकमा पहिरैपहिरो
कृष्णभिरमा सडक भासिने क्रम जारी रहेका बेला धारापानी क्षेत्रमा पनि सडक भासिएको छ । उक्त क्षेत्रमा करिब २० मिटर सडक भासिएको इन्जिनियर ढकालले जानकारी दिनुभयो ।

यसका अलावा पृथ्वी राजमार्गको मुग्लिन, ज्यामिरेघाट, परेवा भिर, शीतलबजारलगायत दर्जनौँ स्थानमा पहिरो गएको छ ।

यता नारायणगढ–मुग्लिन सडकखण्डमा पनि ८० भन्दा बढी स्थानमा ठुलासाना पहिरो गएको छ । उक्त सडकको ३१ किलोमा राजमार्ग भासिएको छ भने कालिखोला, सिमलताल, तुइन खोला, नाम्सी खोला, चार किलो, मौरी खोलालगायत क्षेत्रमा ठूला पहिरो जाने क्रम जारी छ ।

यो पनि पढ्नुहोस्

जीडीआई विकासशील विश्वभर साझेदारी

जीडीआई विकासशील विश्वभर साझेदारी

२ घण्टा अगाडि
विकास संकटबारे विश्व समुदायको ध्यानाकर्षण

आज स्वदेश फर्किँदै प्रधानमन्त्री बालेन

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रसुवाका निजी विद्यालयमा ठूलो मानवीय

बल्खुस्थित तरकारी बजार डुबानको जोखिममा

काठमाडौंबाट बाहिरिने सवारी कलंकीबाटै प्रवेशमा रोक

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति बसन्तपुरमा

ल्याण्डफिल्ड साइटमा लेदोसहितको पानी बग्न थाल्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक