शुक्र, अशोज ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जेनजी अभिभावकले भने– परिवर्तनका लागि लड्नेलाई अपराधीलाई जस्तै व्यवहार गरियो

धारणा न्यूज by धारणा न्यूज
१४ घण्टा अगाडि
Reading Time: 1 min read
0
जेनजी अभिभावकले भने– परिवर्तनका लागि लड्नेलाई अपराधीलाई जस्तै व्यवहार गरियो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । जेनजी थुनुवा अभिभावक संघर्ष समितिले आफ्ना आफन्तहरुलाई दसैं अगाडि मुद्धा खारेज गरि कारागार मुक्त गर्न माग गरेका छन् । आफूहरुका माग पुरा नगरे तिहार तथा छडपछि कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

संघर्ष समितिका संयोजक छत्रबहादुर कार्कीले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले उनै जेनजीलाई एक वर्षदेखि हिरासत राखेको भन्दै आक्रोश व्यक्त गरे । कार्कीले आफ्नो छोरा जस्तै २७ सय जनामध्ये ६७५ जना हिरासतमा रहेको र ६ सयजना धरौटिमा छुटेको जानकारी दिए । परिवर्तनका लागि राजनीतिक संघर्षमा सहभागि हुनेलाई मुद्धा नभई सम्मान गर्नुपर्ने उनको धारणा छ । “जेनजीका मुद्धाहरु खारेज गरी निसर्त रिहा गर्नुका साथै उनिहरुलाई सम्मान गर्नुपर्छ अन्यथा गलत नजिर बस्छ” कार्कीले भने ।

समितिका कास्की जिल्ला संयोजक खली थापा आफू स्वयम २१ दिन हिरासतमा बसेर २ लाख धरौटीमा छुटेको जानकारी दिए । उनले आफू परिवर्तनका लागि सडकमा निक्लेको भरमा आफूलाई जगन्य अपराधी जस्तै व्यवहार गरियोप्रति रोष व्यक्त गरे । “परिर्वनका लागि सडकमा पुगेको थिएँ, अभियुक्त जस्तै जेल लगियो, धरौटीमा छुटे तर आजसम्म पनि मुद्धा झेल्दै छुँ, के हामीले यसैका लागि लडेका थियौं, थापाले प्रश्न गरे ।

कास्कीका विवेक नाल्मीका १३ वर्षको नाबालक छोरा १० महिनादेखि हिरासतमा रहेको जनाए । उनले कोही सरकारमा गएर साशन गर्ने र मेरो नाबालक छोरा जस्तै सयौं जेलमा राखेर भविष्य बर्बाद गर्ने विषयले निकै निराश बनाएको बताए ।  “जसले संघर्ष गरे उनैको योगदानबाट सत्तामा पुग्नेहरुले उनैलाई अपराधी जस्तै गरिएको व्यवहार सह्य छैन, यदि यस्तै हो भने हरेक मन्त्रीदेखि सांसदसम्मको भिडियो सार्वजनि गर्न बाध्य हुनेछौं” नाल्मीले चेतावनी दिए ।

काठमाडौं बुढानिलकण्ठका रामलाल श्रेष्ठले आफ्नो छोरा सुसम श्रेष्ठ पनि ११ महिनादेखि थुनामा रहेको जानकारी दिए ।

काठमाडौकी दिलकुमारी श्रेष्ठले आफ्नो भाई राजेन्द्र श्रेष्ठ जो ८ महिना १५ दिन हिरासत बसेर १० लाख धरौटीमा छुटेको जानकारी दिइन् ।

कास्कीकी शान्ति शाहीका श्रीमान दिपु शाही ११ महिनादेखि हिरासतमा रहेको जनाउँदै तत्काल नछाडे संघर्ष गर्ने चेतावनी दिइन् ।

पर्साकी अन्जना श्रेष्ठले आफ्नो २० वर्षको छोरा करिब एक वर्षदेखि हिरासतमा रहेको बताउँदै, जेनजी आन्दोलनमा सहभागि भएकै कारण थुनिनु परेको सबैको मुद्धा खारेज गरि ससम्मान रिहा गर्न माग गरिन् ।
ओखलढुङ्गाकी उमा खत्रीले २३ वर्षको छोरा, सिन्धुपालचोकका दावा लामाको भाई, कैलालीकी देवसरा भण्डारीको छारा अनुपम भण्डारी, दोलखाका पूर्ण तामाङका छोरा र कास्कीकी फूलमाय गुरुङका रुपेश थापामगर जेलमा रहेको बताउँदै उनिहरुले मुद्धा खारेज गरि निसर्त रिहाहीको माग गरे ।

सो कार्यक्रममा राष्ट्रिय जेनजी नागरिक अभियान संयोजक सुनिल सिंहले थुनुवा अभिभावकको माग र संघर्षमा साथ दिन प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा जोगबहादुर तामाङ, जर्मे शाही, नवराज गुरुङ, पूर्ण तामाङ, खुसी बम्जङ, रेनु खड्की, राजिव गुरुङ, बिना माल्ल, सोम गुरुङ, राजन श्रेष्ठ, दिपा नगरकोटी, नारायण श्रेष्ठ र भूपेन्द्र पौडेलगायतले आफ्ना आफन्त रिहा गर्न माग गरे ।

—

यो पनि पढ्नुहोस्

राजनीतिमा नयाँ र पुरानाबीच भिन्नता यही हो !

संविधान संशोधनमा जनसहभागिताको प्रश्न

१३ घण्टा अगाडि
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?

विपद्को संकेत, पूर्वतयारीको आवश्यकता

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुक्तिनाथ बैंक र केजीएच ग्रुप अफ रिसोर्टबीच सम्झौता

पोखराका विद्यालयहरूमा दुई दिन स्थानीय बिदा

नेपालले २०औं एसियाली खेलकुदमा पहिलो पदक जित्याे

प्रतिनिधि सभा बैठकमा समूहगत उपस्थिति तालिका निर्धारण

संविधान संशोधनमा जनसहभागिताको प्रश्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक