संघर्ष समितिका संयोजक छत्रबहादुर कार्कीले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले उनै जेनजीलाई एक वर्षदेखि हिरासत राखेको भन्दै आक्रोश व्यक्त गरे । कार्कीले आफ्नो छोरा जस्तै २७ सय जनामध्ये ६७५ जना हिरासतमा रहेको र ६ सयजना धरौटिमा छुटेको जानकारी दिए । परिवर्तनका लागि राजनीतिक संघर्षमा सहभागि हुनेलाई मुद्धा नभई सम्मान गर्नुपर्ने उनको धारणा छ । “जेनजीका मुद्धाहरु खारेज गरी निसर्त रिहा गर्नुका साथै उनिहरुलाई सम्मान गर्नुपर्छ अन्यथा गलत नजिर बस्छ” कार्कीले भने ।
समितिका कास्की जिल्ला संयोजक खली थापा आफू स्वयम २१ दिन हिरासतमा बसेर २ लाख धरौटीमा छुटेको जानकारी दिए । उनले आफू परिवर्तनका लागि सडकमा निक्लेको भरमा आफूलाई जगन्य अपराधी जस्तै व्यवहार गरियोप्रति रोष व्यक्त गरे । “परिर्वनका लागि सडकमा पुगेको थिएँ, अभियुक्त जस्तै जेल लगियो, धरौटीमा छुटे तर आजसम्म पनि मुद्धा झेल्दै छुँ, के हामीले यसैका लागि लडेका थियौं, थापाले प्रश्न गरे ।
कास्कीका विवेक नाल्मीका १३ वर्षको नाबालक छोरा १० महिनादेखि हिरासतमा रहेको जनाए । उनले कोही सरकारमा गएर साशन गर्ने र मेरो नाबालक छोरा जस्तै सयौं जेलमा राखेर भविष्य बर्बाद गर्ने विषयले निकै निराश बनाएको बताए । “जसले संघर्ष गरे उनैको योगदानबाट सत्तामा पुग्नेहरुले उनैलाई अपराधी जस्तै गरिएको व्यवहार सह्य छैन, यदि यस्तै हो भने हरेक मन्त्रीदेखि सांसदसम्मको भिडियो सार्वजनि गर्न बाध्य हुनेछौं” नाल्मीले चेतावनी दिए ।
काठमाडौं बुढानिलकण्ठका रामलाल श्रेष्ठले आफ्नो छोरा सुसम श्रेष्ठ पनि ११ महिनादेखि थुनामा रहेको जानकारी दिए ।
काठमाडौकी दिलकुमारी श्रेष्ठले आफ्नो भाई राजेन्द्र श्रेष्ठ जो ८ महिना १५ दिन हिरासत बसेर १० लाख धरौटीमा छुटेको जानकारी दिइन् ।
कास्कीकी शान्ति शाहीका श्रीमान दिपु शाही ११ महिनादेखि हिरासतमा रहेको जनाउँदै तत्काल नछाडे संघर्ष गर्ने चेतावनी दिइन् ।
पर्साकी अन्जना श्रेष्ठले आफ्नो २० वर्षको छोरा करिब एक वर्षदेखि हिरासतमा रहेको बताउँदै, जेनजी आन्दोलनमा सहभागि भएकै कारण थुनिनु परेको सबैको मुद्धा खारेज गरि ससम्मान रिहा गर्न माग गरिन् ।
ओखलढुङ्गाकी उमा खत्रीले २३ वर्षको छोरा, सिन्धुपालचोकका दावा लामाको भाई, कैलालीकी देवसरा भण्डारीको छारा अनुपम भण्डारी, दोलखाका पूर्ण तामाङका छोरा र कास्कीकी फूलमाय गुरुङका रुपेश थापामगर जेलमा रहेको बताउँदै उनिहरुले मुद्धा खारेज गरि निसर्त रिहाहीको माग गरे ।
सो कार्यक्रममा राष्ट्रिय जेनजी नागरिक अभियान संयोजक सुनिल सिंहले थुनुवा अभिभावकको माग र संघर्षमा साथ दिन प्रतिबद्धता जाहेर गरे ।
कार्यक्रममा जोगबहादुर तामाङ, जर्मे शाही, नवराज गुरुङ, पूर्ण तामाङ, खुसी बम्जङ, रेनु खड्की, राजिव गुरुङ, बिना माल्ल, सोम गुरुङ, राजन श्रेष्ठ, दिपा नगरकोटी, नारायण श्रेष्ठ र भूपेन्द्र पौडेलगायतले आफ्ना आफन्त रिहा गर्न माग गरे ।
—


