बिहि, भदौ ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

विकल्प खोजेर निर्यात व्यापार बढाउन आवश्यक

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
दलका नेताहरुलाई स्वतन्त्रता नपचेको हो त ? पूर्वराजाको सक्रिय बन्ने सन्देश !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपालको वैदेशिक व्यापारको चित्र सधैं असन्तुलित रहँदै आएको छ । आयात निर्यातभन्दा धेरै गुणा बढी हुँदा व्यापार घाटा खर्बौंमा पुग्नु सामान्य बन्न पुगेको छ । हालका वर्षहरूमा निर्यातमा केही वृद्धि देखिए पनि आयातको तीव्रताले घाटा थप फराकिलो बनेको छ । यो अवस्था दीगो आर्थिक विकासका लागि गम्भीर चुनौती हो। त्यसैले विकल्प खोजेर निर्यात व्यापार बढाउनु अहिलेको अपरिहार्य आवश्यकता बनेको छ ।

नेपालको निर्यात मुख्यतया भारतमा केन्द्रित छ । कुल निर्यातको ८० प्रतिशतभन्दा बढी भारततर्फ जान्छ भने चीनलगायत अन्य बजारमा उपस्थिति नगण्य छ । वस्तुगत रूपमा पनि परम्परागत वस्तुहरू तयारी पोशाक, गलैँचा, पस्मिना, चिया, अदुवा, भटमासको तेल जस्ता सीमित वस्तुमा निर्भरता छ । यी मध्ये धेरै आयातित कच्चा पदार्थमा आधारित छन्। यसले मूल्य अभिवृद्धि कम हुने र बाह्य झट्काप्रति संवेदनशील बनाउँछ । एलडीसीबाट स्तरोन्नति हुने तयारीमा रहेका बेला सहुलियतपूर्ण बजार पहुँच घट्ने सम्भावनाले यो निर्भरता झनै जोखिमपूर्ण बनेको छ ।

विकल्प खोज्नुको अर्थ परम्परागत वस्तु र बजार छाड्नु होइन, बरु तिनलाई सुदृढ गर्दै नयाँ सम्भावना खोल्नु हो। पहिलो विकल्प वस्तु विविधीकरण हो। कृषिजन्य कच्चा पदार्थ निर्यात गर्नुभन्दा प्रशोधित र ब्रान्डेड वस्तु बनाउनुपर्छ । अदुवा, चिया, जडिबुटी, छुर्पी जस्ता वस्तुलाई उच्च गुणस्तर र प्रमाणीकरणसहित अन्तर्राष्ट्रिय बजारमा लैजान सकिन्छ । जलविद्युत निर्यात अर्को ठूलो सम्भावना हो। भारत र बंगलादेशसँगका सम्झौता कार्यान्वयन गरी ऊर्जा व्यापारलाई नियमित र दीर्घकालीन बनाउन सकियो भने यसले व्यापार घाटा घटाउन महत्वपूर्ण योगदान दिनेछ । सूचना प्रविधि, सफ्टवेयर सेवा, पर्यटनसँग जोडिएका उत्पादन र हस्तकलाका नयाँ रूपहरू पनि निर्यातको सूचीमा थप्न सकिन्छ । दोस्रो, बजार विविधीकरण । भारतमाथिको अत्यधिक निर्भरता घटाएर यूरोप, अमेरिका, जापान, दक्षिण कोरिया, खाडी मुलुक र आसियान देशहरूमा पहुँच बढाउनुपर्छ । यसका लागि व्यापार सम्झौता, गुणस्तर मापदण्ड पूरा गर्ने व्यवस्था र कूटनीतिक पहल आवश्यक छ । एलडीसी स्तरोन्नतिपछि जीएसपी प्लस जस्ता योजनामा पहुँच सुनिश्चित गर्न समयमै तयारी गर्नुपर्छ ।

सरकारले राष्ट्रिय निर्यात प्रवद्र्धन रणनीति बनाए पनि कार्यान्वयन कमजोर देखिन्छ । नीति स्थिरता, एकद्वार सेवा र निर्यातकर्तामैत्री वातावरण बिना रणनीति कागजी मात्र हुन्छ । निजी क्षेत्र, सहकारी र साना उद्यमीलाई प्रोत्साहन दिई मूल्य श्रृंखलामा जोड्नुपर्छ । अनौपचारिक व्यापार घटाएर औपचारिक निर्यात बढाउने उपाय पनि आवश्यक छ ।

निर्यात बढाउनु केवल व्यापार घाटा घटाउने उपाय होइन, यो रोजगारी सिर्जना, औद्योगिक विकास र विदेशी मुद्रा आर्जनको आधार हो। रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन निर्यात नै मुख्य बाटो हो। विकल्प नखोजी पुरानै बाटोमा हिँडिरहँदा घाटा झनै बढ्ने निश्चित छ । त्यसैले सरकार, निजी क्षेत्र र सरोकारवाला सबैले सामूहिक प्रयास गरेर वस्तु, बजार र प्रविधिमा नयाँ विकल्प खोज्नुपर्छ । समयमै यो कदम चालिएन भने आर्थिक स्वतन्त्रता र समृद्धिको लक्ष्य टाढा रहिरहनेछ । निर्यात व्यापार बढाउने विकल्प खोज्नु अबको राष्ट्रिय प्राथमिकता हुनुपर्छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

बलात्कार घटना र सजायमा हामी कहिले संवेदनशील बन्ने ?

२ घण्टा अगाडि
पृथ्बी राजमार्ग सञ्चालनमा ल्याउने तयारी

तिब्बत तर्फबाट विनाशकारी बाढी, मेडिकल टिम बोकेर सेना बाढीग्रस्त क्षेत्रमा

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विकल्प खोजेर निर्यात व्यापार बढाउन आवश्यक

दलगत पहिचान निषेध गरेर पुर्ननिर्माणमा जुट्न आह्वान

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अत्यावश्यक सहयोग सामग्रीहरू पुर्‍याउने कार्य जारी

नेपालमा अझै पनि नयाँ जनबादी क्रान्तिको आवश्यकता किन ?

बाढी प्रभावित क्षेत्रमा हिन्दू स्वयंसेवक संघ नेपालद्वारा उद्धार कार्य प्रारम्भ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक