काठमाडाैं । चर्चित गायक सतिश महर्जनया सः सांगितिक साँझ २०८३’ सम्पन्न भएको छ ।
साे एकल गायनमा गायनमा चर्चित गायिकाहरु निशा देशार, दिपा महर्जन, रत्नशोभा महर्जन, रीता महर्जन,सरीता शाही, रफेला महर्जन, एकता महर्जन गायनमा साथ दिएका थिए । साे एकल साँझ कार्यक्रममा वाद्यवादन मा साथदिनु हुने नेपाल कै उत्कृष्ट वाद्यवादकहरु ड्रमर सुन्दर कुमार महर्जन, कीवोर्ड राहुल भुजेल ,गीतार सुरज प्रधान,बेसगीतार कृष्ण लिम्बु, बाँसुरी संजीव मैनाली ,तबला,खीँ लक्ष्मी प्रसाद डंगोल,ढोलक मादल सन्देश महर्जन, प्रकसन मा सुजल नापितले साथ दिएका थिए ।
कीर्तिपुर पांगा निवासी चर्चित गायक सतीश महर्जनले करिब चार दशक भन्दा बढि समय नेपालभाषा तथा नेपालीभाषामा जीवन सम्पर्ण गरेका उच्च मूल्यांकन गरेको आधारमा पचास हजार चेक सहित सम्मान समेत गरिएको थियो ।
आयोजक संस्था नेपाल कला–संस्कृति उत्थान समाजका अध्यक्ष डंगोलले सतीश महर्जनको सांगितिक योगदानको कदर गर्दै एकल सांगितिक साँझको कार्यक्रमको आयोजना गरिएको थियो ।
भाद्र ६ गते शनिबार दिउँसो कीर्तिपुर सिनेप्लेक्स हलमा सम्पन्नि भएको सोलो लाईभ कन्सर्टमा गायक सतीश महर्जनलाई युगल गायनमा चर्चित गायिका निशा देशार, रीता महर्जन, रत्नशोभा महर्जन, दीपा महर्जन, सरिता शाहीदेखि नवोदित गायिका रफेला महर्जन एवं एकता महर्जनले साथ दिइएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा पाल्नु भएका वरिष्ठ संगीतकार दीपक जंगम लगायत गायक सतिश महर्जनका गुरुवर प्रभु राज ढकाल सर,गुरु राम कृष्ण दुवाल, वरिष्ठ संगीतकार गायक रामेस श्रेष्ठ, वरिष्ठ गायक जुजुकाजी रंजित, वरिष्ठ संगीतकार मनराजा नकर्मि पाल्नु भएको थियाे ।
गायक सतिश महर्जनले पहिलाे पटक एकल साँझ कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटिनुहुने सम्पूर्ण ” नेपाल कला-संस्कृति उत्थान समाज ” का पदाधिकारीहरू व्यक्तिगतरुपमा बिजय लाल डंगोल,ललेन्द्र शाक्य,प्रताप महर्जन,दुर्गालाल शाहि,नबिन जोशी, किरण,सर्मिला तथा सहयोगी, कलाकार, प्राविधिक तथा शुभचिन्तकहरूमा विशेष धन्यवाद तथा आभार व्यक्त गरेका गरेका छन् ।
कीर्तिपुर सिनेफेक्लसमा भएको कार्यक्रममा दर्शकको उल्लेखनिय रुपमा सहभागिता जनाइएको साे कार्यक्रम नेपाल कला–संस्कृति उत्थान समाजको अध्यक्षका विजयलाल डंगोलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
साे कार्यक्रमका विशिष्ट अतिथी कीर्तिपुर नगरपालिका प्रमुख कृष्णमान डंगाेलले संगीतकाे विकासका लागि नगरपालिका सक्दाे सहयाेग गर्ने वाचा व्यक्त गरेका थिए ।


