बुध, भदौ ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाली नागरिकको आवागमनलाई सहज बनाउनु राज्यको दायित्व

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
Reading Time: 1 min read
0
नेपाली नागरिकको आवागमनलाई  सहज बनाउनु राज्यको दायित्व
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं ।  परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो विश्व परिवेशमा नेपाली नागरिकको आवागमनलाई सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व भएको जनाएका छन्।

प्रतिनिधि सभाको बैठकमा मंगलबार ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।मन्त्री खनालले विधेयकमाथिको छलफलमा उठेका जिज्ञासाहरूको सम्बोधन गर्दै राहदानी केवल यात्रा अनुमति पत्र मात्र नभई नागरिक र सार्वभौम राज्यबीचको सामाजिक सम्झौताको प्रतीक भएको उल्लेख गरे।

मौजुदा ऐनका कतिपय प्रावधान अपूर्ण देखिएकाले नागरिकको सुरक्षा र प्रतिष्ठालाई ध्यानमा राखी संशोधन प्रस्ताव गरिएको उनको भनाइ छ।

मन्त्री खनालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनले तय गरेका नवीनतम सुरक्षा मापदण्ड र प्रोटोकलहरूलाई राष्ट्रिय कानूनमा समावेश गर्नु नेपालको अन्तर्राष्ट्रिय दायित्व भएको स्पष्ट पारे।

प्रस्तावित विधेयकले राहदानी जारी गर्ने, रद्द गर्ने र व्यवस्थापन गर्ने प्रक्रियालाई अन्तर्राष्ट्रिय मान्यता अनुकूल बनाउने उनले बताए। साथै, हराएका वा रद्द गरिएका राहदानीको विवरण अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँग समन्वय गरी अद्यावधिक गर्ने बाध्यात्मक व्यवस्थाले नेपाली राहदानीको अन्तर्राष्ट्रिय विश्वसनीयता र सीमा सुरक्षा मजबुत हुने विश्वास व्यक्त गरे।

विधेयकले मानवीय संवेदनशीलता र लैङ्गिक न्यायलाई विशेष ध्यान दिएको मन्त्री खनालले जानकारी दिए। संविधानले ग्यारेन्टी गरेको आमाको पहिचानको हकलाई कार्यान्वयन गर्न बाबुको पहिचान नखुलेको अवस्थामा आमाको स्वघोषणा र नेपाली नियोगको दर्ता नम्बरलाई आधिकारिक आधार मानी राहदानी जारी गर्ने प्रगतिशील व्यवस्था गरिएको उनले बताए।

यद्यपि, राहदानी नागरिकतामा आधारित दस्ताबेज भएकाले स्थापित कानुन र संवैधानिक व्यवस्थालाई मध्यनजर गर्दै यसलाई थप व्यवस्थित बनाउन सकिने उनको भनाइ छ।

विदेशमा रहेका नेपालीहरूलाई राहदानी सेवा लिन भोग्नुपरेको भौगोलिक कठिनाइलाई सम्बोधन गर्न विधेयकले नयाँ बाटो खोलेको छ। राजदूतावासहरू सीमित स्थानमा हुने र सेवाग्राहीले लामो दूरी यात्रा गर्नुपर्ने बाध्यता हटाउन बायोमेट्रिक डाटा संकलनका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सकिने खुकुलो प्रावधान प्रस्ताव गरिएको मन्त्री खनालले बताए।

उनले भने, ‘डाटा सुरक्षाको विषयमा सरकार अत्यन्तै गम्भीर छ, तर स्थापित अन्तर्राष्ट्रिय संस्थाहरूसँग नेपालको कानूनी परिधिभित्र रहेर सहकार्य गर्दा सेवा प्रवाह सहज हुनेछ।’

विदेशमा अलपत्र परेका वा राहदानीको म्याद सकिएका नागरिकहरूका लागि ‘अस्थायी राहदानी’ जारी गर्ने कानूनी व्यवस्था गरी राज्यको अभिभावकीय भूमिकालाई सुनिश्चित गरिएको उनले उल्लेख गरे।

प्रशासनिक झन्झट अन्त्य गर्दै सेवाग्राहीमुखी सुशासन कायम गर्नु विधेयकको मुख्य ध्येय रहेको मन्त्री खनालले स्पष्ट पारे। हाल देशका ७७ जिल्ला र २० वटा इलाका प्रशासन कार्यालय गरी ९७ स्थानबाट राहदानीको दरखास्त दिन सकिने व्यवस्था रहेको र यसलाई अझ प्रभावकारी बनाइने उनले बताए। अनावश्यक कागजी प्रक्रिया र प्रतिलिपि माग गर्ने पुरानो ढर्रालाई अन्त्य गरी सेवालाई डिजिटल र सरलीकृत गरिने उनको भनाइ छ।

राहदानी छपाइको संवेदनशीलतालाई ध्यानमा राख्दै सफ्टवेयर र डाटा ओनरसिपलाई पूर्णतः आन्तरिकीकरण गर्ने दिशामा सरकार अघि बढेको मन्त्री खनालले जानकारी दिए। हाल काठमाडौँबाटै सुरक्षित रूपमा राहदानी प्रिन्ट भइरहेको भए  पनि भविष्यमा सफ्टवेयर प्रणालीमा विदेशी कम्पनीमाथिको निर्भरता हटाउन राहदानी विभागले गृहकार्य गरिरहेको उनले बताए।

राहदानीको दुरुपयोगलाई राष्ट्रिय सुरक्षासँग जोड्दै झुटो विवरण पेस गर्ने वा अनाधिकृत प्रयोग गर्नेहरूका विरुद्ध कडा कानूनी सजायको व्यवस्था गरिएको पनि उनले प्रस्ट पारे। मन्त्री खनालले अवैधानिक बाटोबाट विदेश जाने प्रवृत्तिले उद्धार र सुरक्षामा समस्या ल्याउने हुँदा श्रम स्वीकृति लिएर मात्र विदेश जान नागरिकहरूलाई आग्रह गरे।

यो पनि पढ्नुहोस्

सत्ता पक्षीय सांसदहरूको भूमिकाप्रति टिप्पणी

सत्ता पक्षीय सांसदहरूको भूमिकाप्रति टिप्पणी

३ घण्टा अगाडि
प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध

द्विपक्षीय विकाससम्बन्धी निर्णयहरू सार्वजनिक

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

द्विपक्षीय विकाससम्बन्धी निर्णयहरू सार्वजनिक

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

‘हेलो सर्भिस नेपाल’को नयाँ ब्रान्च बुद्धमलमा

नेपाली नागरिकको आवागमनलाई सहज बनाउनु राज्यको दायित्व

नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक