सोम, भदौ १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भेरी नपामा बाढीपहिरोको पुनःस्थापना गर्न सात निर्णय

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
0
भेरी नपामा बाढीपहिरोको पुनःस्थापना गर्न सात निर्णय
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जाजरकोट । भेरी नगरपालिका–२ रिसाङलगायत क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि कर्णाली प्रदेश सरकारले सातवटा निर्णय गरेको छ ।

शनिबारको अविरल वर्षापछि रिसाङ क्षेत्रमा गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने केही नागरिक घाइते भएका छन् र करिब दुई सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । प्रदेश सरकारको निर्णयअनुसार बाढीपहिरोमा परी ज्यान गुमाउने व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । त्यस्तै, भेरी नगरपालिका–२ रिसाङलगायत प्रभावित क्षेत्रमा रहेका नागरिकलाई प्रदेश सरकारको तर्फबाट आवश्यक राहत सामग्री यथाशीघ्र उपलब्ध गराउने निर्णय गरिएको छ । यसअघि प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय जाजरकोटको मागअनुसार त्रिपाल, ब्ल्याङ्केट, खाद्यान्न, टेन्टलगायत राहत सामग्री पठाइसकेको छ ।

पहिरोबाट घर, पशुपन्छी तथा कृषि बालीमा भएको क्षतिको यथार्थ विवरण सम्बन्धित कृषि कार्यालयले जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहसँगको समन्वयमा संकलन गर्ने र त्यसका आधारमा प्रदेशको सम्बन्धित मन्त्रालयले आवश्यक प्रबन्ध मिलाउने निर्णय पनि गरिएको छ । पहिरोबाट विस्थापित भएका नागरिकको स्वास्थ्य उपचारलगायतका आवश्यक व्यवस्थापन सामाजिक विकास मन्त्रालयमार्फत गर्ने निर्णय भएको छ । जोखिममा रहेका तथा विस्थापित नागरिकलाई भेरी नगरपालिका–२ स्थित त्रिभुवन आधारभूत विद्यालयमा सुरक्षित रूपमा राखिएको छ ।

विपद्सम्बन्धी प्रतिकार्यका लागि सम्बन्धित क्लस्टरको बैठक सम्बन्धित मन्त्रालयले गर्ने तथा राहत सामग्री वितरण गर्दा जिल्ला प्रशासन कार्यालय जाजरकोटसँग समन्वय गर्ने निर्णय गरिएको छ । उक्त समन्वयको जिम्मेवारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्नेछ । यस्तै, जाजरकोटलगायत प्रदेशका सबै जिल्लामा अवरुद्ध भएका राजमार्ग तथा अन्य सडक खुलाउन भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले आवश्यक प्रबन्ध गर्ने निर्णय गरिएको छ । पूर्ण रूपमा क्षति भएका आवासको पुनर्निर्माणका लागि उपलब्ध गराइने अस्थायी आवास अनुदान यथाशीघ्र उपलब्ध गराउन पहल गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ । पहिरोमा परी ज्यान गुमाएका व्यक्तिहरूको यथार्थ विवरण जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट माग गरी प्रदेश सरकारबाट बीमामार्फत दिइने राहत रकम उपलब्ध गराउने प्रक्रिया यथाशीघ्र अघि बढाउने निर्णय गरिएको छ ।

अविरल वर्षा जारी रहेकाले रिसाङलगायत प्रभावित क्षेत्रमा पहिरोको जोखिम अझै कायम रहेको छ । सुरक्षा निकायले जोखिममा रहेका नागरिकको उद्धार तथा सुरक्षित स्थानान्तरणलाई निरन्तरता दिइरहेका छन् ।

यो पनि पढ्नुहोस्

एक महिना सम्म सञ्चालन हुने गुँला पर्व सुरु

एक महिना सम्म सञ्चालन हुने गुँला पर्व सुरु

४ दिन अगाडि
“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उपत्यकाका यी ७ स्थानबाट ग्यास सिलिन्डर बिक्री वितरण गरिने

सबैभन्दा भारी बर्षा स्याङजामा

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

कृष्णनगर भन्सारले ९३ प्रतिशत राजश्व उठायो

भेरी नपामा बाढीपहिरोको पुनःस्थापना गर्न सात निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक