बिहि, साउन २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

धारणा न्यूज by धारणा न्यूज
५ घण्टा अगाडि
Reading Time: 1 min read
0
“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । “सामाखुसी-टोखा-झोर” बाटोको चरित्र मूलत “सांस्कृतिक पथ” भएको यथार्थ तर्फ ध्यानाकर्षण बुधबार सम्पदाप्रेमीहरूले गराइएकाे छ ।

टोखा-१ सडक बिस्तार पीडित र  “टोखा बचाउ” एकता अभियान संघर्ष समिति (भोर) र सामाखुसी – टोखा – भोर सडक बिस्तार पीडित संघर्ष समितिले संयुक्त रूपमा  ध्यानाकर्षण गराइएकाे हाे ।

बागमती-विष्णुमती सभ्यताको उत्पत्ति स्थल मध्येको टोखा-बस्ती नेपाल खाल्डो नागदह हुँदाकै बखतको आदिम बस्ती र स्थानीय नेवाः समुदायको जन्मदेखि मृत्यु पर्यन्तका ऐतिहासिक, धार्मिक, सामाजिक, सांस्कृतिक र पुरातात्त्विक महत्वको जीवित सभ्यता स्थल भएकाे जनाइएकाे छ ।

शताब्दी पुरुष वरिष्ठ संस्कृतिविद् स्व. श्री सत्यमोहन जोशीज्यू तथा तात्कालिक बहालवाला नेपाल सरकारका सम्बद्ध मन्त्रालयका जिम्मेवार मन्त्रीबाट संयुक्तरूपमा “संस्कृति संरक्षित क्षेत्र घोषणा” भइसकेको र स्थानीय टोखा नगर पालिकाबाट समेत “देशकै प्रथम विशेष संस्कृति संरक्षित क्षेत्र” का रूपमा औपचारिक निर्णयबाट अगाडि बढाइएको बस्ती-इलाका पनि हो । त्यसो हुँदा यहाँको बाटोको अन्यत्र भन्दा जुन पृथक, मौलिक र विशिष्ट स्वरूप अवस्था छ, सोबारे समयमै सबै तालुकवाला जिम्मेवार निकाय र पदाधिकारीमा पूर्वजानकारी हुनु अत्यावश्यक रहेकाे जनाइएकाे छ ।

नेवाः सभ्यता इतिहासमा गोपाल, महिषपाल देखि किराँत, लिच्छवि र मल्लकाल हुँदै यहाँको बाटोको स्वरुप र चरित्रलाई गहिरोगरी केलाउँदा र बाटोको निर्माण, विकास, प्रयोग र बासिन्दाहरूको यससङ्गको भावनात्मक सम्बन्धका आयामबाट हेर्दापनि यसै बाटोको छेउमै प्रसिद्ध सपनातीर्थ जस्ता बृहत् वागमती क्षेत्रका जनताको गहिरो आस्था र विश्वासका कैयौं प्राचीन ऐतिहासिक महत्वका देवालय, मठ-मन्दिर, धारा, कुवा, तथा टोखा विस्काजात्रामा सम्पूर्ण देवी देवताका पवित्र प्रतीमा विग्रहहरूलाई रथारोहरण, बजार परिक्रमा अनि दीव्यस्नान गराउने उपत्यकाकै अति महत्वको नारायण पोखरी, प्रत्येक घरधुरी अगाडिका पिखालुखी (कुमार देवता), चण्डेश्वरी प्रादेशिक अस्पताल, ऐतिहासिक प्रवेश द्वार, कुलपूजा स्थल, टोखाको गौरव भूतखेल (भख्य्:) सरस्वती चौर (सस्ख्य्), थःरख्य् अनि विविध सांस्कृतिक उद्देश्यका गुठी स्थल, फल्चा, सत्तल तथा चण्डेश्वरी मा. विद्यालय, सरस्वती मा. विद्यालय र मनोहर मा. विद्यालय जस्ता सामुदायिक मावि र थुप्रै प्रतिष्ठित शैक्षिक संस्था/प्रतिष्ठानहरूका भवन र संरचना तथा प्रसिद्ध बुद्धभूमि विहार नै रहेको तथ्य हाम्रो सामुन्ने छ ।

ती बाहेक उपत्यकाकै अति महत्वको बिस्काजात्रा, गाईजात्रा, रोपाइँजात्रा, कृष्णजात्रा, इन्द्रजात्रा, मेला, रथयात्रा, वर्ग: जात्रा, लाखेनाच, पौराणिक शास्त्रीय नृत्य – गान, पाहाचह्ने, झाँकी, गठाँमुगः चह्ने पर्वमा भूत फाल्ने र अग्नि विसर्जन गर्ने मार्गको बिसिंगाः थुसा अनि त्यसैगरी देवाली पूजन, शबयात्राका विशेष संस्कारहरू, पिण्ड विसर्जन, विवाह, व्रतबन्ध, भोज, गुठी कार्य, गठामुँगः देखि पन्ध्रान्चरे सम्मका गुँलाबाजा, चतुर्मास भजन, धान्य- पून्हिमा योमरी माग्ने र दाफा भजनको नासः पुजा, सकिमन्हा पून्हिमा हलिंबलीं प्रदर्शन, भिन्तुना याली एवम् स्वस्थानी व्रतको महिनाभर हरिहर भजन, नवरात्रीमा नौ दिन नवरथ परिक्रमा, शिवरात्रीमा जगात र जाग्राम अनि बेलाबखत भजन-कीर्तन र कलस अनि शोभायात्रा लगायतका ठूला सांस्कृतिक तथा धार्मिक भेला, जात्रा र अनुष्ठान प्रत्यक्ष परोक्ष बाटोमै आधारित वा बाटोसङ्ग नै जोडिएका छन् । यसरी वर्षको झण्डै आधाजसो समय सांस्कृतिक-धार्मिक गतिविधिमा नै ब्यस्त रहने जगजाहेर सामाजिक यथार्थ बोकेर इतिहासदेखि हालसम्म आम जनभावनामा यो बाटो “सांस्कृतिक मार्ग” को रुपमा नै विकसित, परिचित, मान्य र स्थापित
छ ।

नेवाः संस्कृतिको प्राण र समग्र अस्तित्व यहाँको बाटोसङ्ग जोडिएको हुनाले बाटो नै यहाँको सांस्कृतिक जीवनको निरन्तरता, प्रयोग, अभ्यास र प्रदर्शनको स्थल हो ! भन्नुको अर्थ सिङ्गो समुदायको लाइफलाइन वा रक्तधमनी भन्नु नै यहाँको साझा बाटो हो। त्यतिमात्र नभएर यो बाटो यहाँका नेवार, तामाङ्ग, ब्राह्मण, क्षेत्री देखि सबै पुराना -नयाँ समुदायलाई एउटै मालामा उनेर साझा पहिचान सहित सांस्कृतिक गतिविधि र मान्यतामा एकाकार गर्ने सम्पर्क सूत्रको रूपमा पनि कायम छ । तसर्थ यो अरु सडकहरू जस्तो संस्कृति र सम्पदाको संवेदनशीलता हेर्नु नपर्ने खालको केवल यातायात, व्यापार-वाणिज्य र परिवहनका प्रयोजनमा जानै सक्दैन, मिल्दैन र हुँदैन पनि ।

यसमा सबैले बुझ्नुपर्ने अझ महत्वपूर्ण र खास तथ्य यही हो कि, यस सडकको छेउछाउ सामाखुसी चक्रपथ नेर मनोहर मावि छेउको ऐतिहासिक ढुङ्गे धारा, महेन्द्रेश्वर मन्दिर, गणेश मन्दिर सबैको फल्चा-सत्तल र ग्रिनल्याण्ड नेरको अति प्रशिद्ध मयजुहिटी धारा जस्ता पुरातन सम्पदा टोखा सम्पदाभित्रका गौरवमय महत्वपूर्ण अङ्ग हुन् । टोखाको बाक्लो बस्ती भित्र रहेका सयौं मूर्त-अमूर्त सम्पदा देखि टोखाको प्राचीन र पहिलो बस्ती भिली गाउँ, सबैको आस्था र महिमाको बालकुमारी मन्दिर, झोरको प्रशिद्ध बौडेश्वर भरना महादेव गुफा मन्दिर, गुप्तेश्वर महादेव र झोर महाङ्काल मन्दिर लगायत त्यहाँका अनेकौ अन्य सम्पदा यसै टोखा क्षेत्रका अभिन्न र गौरवमय सांस्कृतिक स्तम्भ र धरोहर हुन् ! यी मात्र नभई वैदिक कालको टोखा चण्डेस्वरी स्थित दक्षप्रजापतिको यज्ञ मण्डप र सतीदेवीले देहत्याग गरेको हवनकुण्ड, गोङ्गबु गणेशस्थानको सिद्धि विनायक, बानियाटारको प्रसिद्ध जालपादेवी मन्दिर, धापासीको प्राचीन कृष्ण मन्दिर, बसुन्धरा देवी समेत ठाउँ ठाउँका बौद्ध स्तुपाहरू लगायत टोखा न.पा. भित्र यत्रतत्र स्थित सबै धार्मिक, साँस्कृतिक आस्थाका सकल पूजा आराधना स्थानहरू समुच्चयमा अहिलेको एकीकृत टोखा सम्पदा र संस्कृति हो ।

रैथाने संस्कृति र सांस्कृतिक सम्पदा कुनै पनि मुलुककालागि विश्वजगतमा चिनाउने गौरवशाली पहिचान बनेका हुन्छन् । हरेक सभ्य लोकतान्त्रिक समाजले यिनीहरूको संरक्षण र संबर्द्धन मात्र गर्छ, विनास र ध्वस्त गर्ने दिशामा किमार्थ अघि बढ्दैन ! यसैमा नै सामुदायिक सद्भाव, सामाजिक सामञ्जस्य र मुलुकको बृहत्तर हित निहीत रहेको हुन्छ !

यसको झोरदेखि सामाखुसी चोकसम्मको कुनै खण्डमा कतै कुनै प्रकारले स्वरूप बदल्ने प्रयास भएमा यसले मूलबासी समुदायको रैथाने संस्कृति, सम्पदा, गौरव र पहिचान नामेट हुनजान्छ, जीवित राख्न सकिदैन । मतलब, यसको सिमाना र मापदण्डमा हचुवाको भरमा गरिने थोरैपनि स्वरुप परिवर्तन यहाँको समृद्ध सम्पदा र सांस्कृतिक गौरव माथिको क्षति, घात र अतिक्रमण ठहर्न जान्छ ! यसबाट केवल संरचना मात्र नष्ट हुँदैनन्, एकातिर नेवाः लगायतको सिङ्गो समुदायकै पहिचान, सम्पदा, संस्कृति र समस्त विष्णुमती सभ्यता नष्ट र ध्वस्त गरेको ठहर्छ भने अर्कोतर्फ सामाखुसी चोक हुँदै झोर सम्म बाक्लै विस्तार भइसकेको निकै ठूलो मानव बस्ती विस्थापित हुने दुखद अवस्था बन्न जान्छ !

स्मरणीय छ, यस्तो अप्रिय अवस्था आउनु प्रथमतः काठमाण्डौ भरका नेवाः समुदाय देखि मुलुकभरिका सबै सम्पदा प्रेमी र अभियन्ताहरूका लागि मात्र नभएर स्वयम् सरकारका लागि पनि सहज, प्रीतिकर र अनुकुल कुरा हुन सक्दैन । विश्वभरका आदिवासी जनजातिहरूको पहिचान, भूमि, संस्कृति, जल, जङ्गल, जमीन, संस्कृतिजन्य प्रथा-परम्परा-सम्पदा, संपत्ति र बसोबास क्षेत्रको अधिकार संरक्षण र संवर्द्धनको सवालमा नेपाल समेत पक्ष राष्ट्र भएर अनुमोदन गरेका FPICK, UN-DRIP र ILO-169 जस्ता अन्तर्राष्ट्रिय मान्यता, घोषणापत्र र महासन्धिहरू जस्ता महत्वपूर्ण दस्ताबेज देखि लिएर मुलुकको संविधान र प्रचलित थुप्रै कानूनले खास महत्व र प्राथमिकता सहित विशेष दर्जा दिएर संरक्षित र व्यवस्थित गरेका अधिकार कसैले नजरन्दाज गर्नसक्ने विषय होइनन् । यस्तो विशिष्ट र भिन्न अवस्थाको बाटोमा सामुदायिक सार्वजनिक भवन संरचनाहरू भत्काउनु विनाशको दिशामा उद्यत हुनु बिल्कुल अनुचित र गलत छ, कुनै मानेमा गरिनु हुँदैन !

तसर्थ राज्यले यसमार्ग बारे कुनैपनि निर्णय लिनुअघि यसको सांस्कृतिक वैशिष्ट्यलाई बुझ्नुपर्छ, संवेदनशीलता मनन गर्नुपर्छ र यस मार्गलाई तदनुरुप “सांस्कृतिक पथ” वा ” सांस्कृतिक मार्ग” को रुपमा व्यवहार गर्नुपर्छ भन्ने मूल विषयतर्फ ध्यानाकर्षण गर्दै यो निवेदन पेश गरेकाे छ ।

मिति २०४५/०७/१३ को तात्कालिन नगर विकास समिति (पछि परिवर्तित उपत्यका विकास प्राधिकरण) को माइन्यूटको कथित निर्णय तथा मिति २०७६/०७/०६ मा तत्कालको मन्त्री परिषदले प्रस्तावको रुपमा लगेको बाटोको नामाकरण र मापदण्ड दुबै खारेज बदर गरीपाऊँ ।

अब उप्रान्त पनि सरकार र यसका तहगत सबै अङ्ग र निकायहरूबाट समुदायको भावना र मर्मलाई आत्मसात गर्दै विकास निर्माण योजनाहरूको प्रस्ताव, तर्जुमा र कार्यान्वन गर्दा प्राचीन संस्कृति, सम्पदा र सामुदायिक पहिचान नष्ट नहुने र घना विस्तारित ठूलो मानवीय बस्ती विनास नहुने गरी बढी सहज, मीतव्ययी र संस्कृति मैत्री विकल्प तर्फ ध्यानदिने दुरदर्शिता अपनाइयोस् भन्ने ब्यहोरा अनुरोध गरिएकाे छ ।

 

यो पनि पढ्नुहोस्

वीरगञ्जमा निषेधाज्ञा हट्याे

वीरगञ्जमा निषेधाज्ञा हट्याे

४ दिन अगाडि
सप्तरीमा खरिद बिक्री गर्न कर्फ्यु खुकुलो

सप्तरीमा खरिद बिक्री गर्न कर्फ्यु खुकुलो

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुन्धुम कथाबस्तुमा आधारित ‘केसामी नाम्सामी’ काे मञ्चन सुरु

सुनकाे भाउ बढ्याे

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

हराएकी छोरी खोज्दै भौतारिएकी आमा, यस्तो छ ‘इलिफेन्ट्स इन द फग’ को ट्रेलर

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक