शुक्र, भदौ ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सामखुसी–टोखा–झोर सडक विस्तार : विकासका नाममा आदिवासी अधिकारमाथि हस्तक्षेप भएको आरोप

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
0
सामखुसी–टोखा–झोर सडक विस्तार : विकासका नाममा आदिवासी अधिकारमाथि हस्तक्षेप भएको आरोप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। सामखुसी–टोखा–झोर सडक विस्तारको प्रस्तावित योजनाविरुद्ध आज टोखा नगरपालिका–वडा नं ३ को प्रांगणमा स्थानीयवासीहरूको बृहत् सार्वजनिक भेला सम्पन्न भएको छ। सहभागीहरूले पर्याप्त पूर्वतयारी, विस्तृत भौगोलिक, वातावरणीय, सांस्कृतिक, सामाजिक तथा सम्भाव्यता अध्ययन नगरी सडक विस्तार प्रक्रिया अघि बढाइएको भन्दै त्यसले स्थानीय र आदिवासी समुदायको मौलिक पहिचान, सांस्कृतिक सम्पदा र ऐतिहासिक बस्तीमाथि गम्भीर असर पार्ने चेतावनी दिएका छन्।

भेलाका सभाध्यक्ष धर्म डंगोलले सरकारले विकासका नाममा योजनाविहीन र दूरदृष्टिविहीन ढंगले पूर्वाधार विस्तार गरिरहेको आरोप लगाउँदै टोखा चाकु, इतिहास र समृद्ध सांस्कृतिक सम्पदाको नगरका रूपमा परिचित भएकाले सडक विस्तारले यहाँका मूर्त तथा अमूर्त सम्पदामा अपूरणीय क्षति पुग्न सक्ने बताए। उनले विकास आवश्यक भए पनि त्यसले स्थानीय समुदायको पहिचान, इतिहास र संस्कृतिलाई समाप्त पार्ने गरी अघि बढ्न नहुने धारणा व्यक्त गरे।

अर्का वक्ता बाबुलाल भण्डारीले सडक विस्तारबाट प्रभावित स्थानीयको प्रमुख माग आर्थिक मुआब्जा नभई संविधानले प्रत्याभूत गरेको आदिवासी जनजातिको सांस्कृतिक तथा सामुदायिक अधिकारको सुनिश्चितता भएको बताए। उनले, “हामीलाई मुआब्जा होइन, हाम्रो पहिचान, संस्कृति र पुर्खाले हस्तान्तरण गरेको सम्पदाको संरक्षण चाहिएको हो,” भन्दै सामखुसीदेखि झोरसम्मको सडक खण्ड केवल यातायात मार्ग मात्र नभई ऐतिहासिक तथा सांस्कृतिक मार्गका रूपमा स्थापित रहेको उल्लेख गरे। वर्षभरि सञ्चालन हुने जात्रा, पर्व, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधिले यो क्षेत्रको विशिष्ट पहिचान निर्माण गरेको भन्दै उनले अव्यवस्थित सडक विस्तारले परम्परागत बस्ती, मठमन्दिर, पाटी, पोखरी, ऐतिहासिक संरचना तथा स्थानीय सांस्कृतिक जीवनमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने बताए।

भेलालाई सम्बोधन गर्दै श्रीकृष्ण मानन्धरले विकासका नाममा आदिवासी समुदायका संवैधानिक अधिकार र सांस्कृतिक अस्तित्व कमजोर पार्ने कुनै पनि नीति स्वीकार्य नहुने स्पष्ट पारे। उनले कुनै पनि पूर्वाधार आयोजना अघि बढाउनु अघि स्थानीय समुदायको पूर्वसहमति, सांस्कृतिक प्रभाव मूल्याङ्कन तथा सम्पदा संरक्षणलाई अनिवार्य सर्तका रूपमा लागू गर्न सरकारसँग माग गरे।

भेलामा सहभागी अन्य वक्ताहरूले सडक विस्तार प्रक्रियामा भूमाफियाको प्रभाव रहेको आशंका व्यक्त गर्दै स्थानीय तह र सम्बन्धित निकायले सम्पूर्ण योजना पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने धारणा राखे। उनीहरूले विकास आयोजना जनताको हित, कानुनी प्रक्रिया, ऐतिहासिक सम्पदा संरक्षण तथा स्थानीय समुदायको अधिकारलाई केन्द्रमा राखेर मात्र अघि बढाइनुपर्नेमा जोड दिए।

कार्यक्रममा टोखा नगरपालिका–३ का वडा अध्यक्ष रमेश डंगोलले आफू स्थानीयवासीको हित, अधिकार र सम्पदाको संरक्षणका पक्षमा सधैं दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरे। उनले व्यक्तिगत स्वार्थका लागि सडक विस्तारको विषयलाई अतिरञ्जित गर्दै भ्रम फैलाउने तथा अवसरको दुरुपयोग गर्न खोज्ने तत्वहरू सचेत रहनुपर्ने चेतावनी दिए।

यसैगरी अर्का वक्ता पाण्डेले काठमाडौं क्षेत्र नं. ५ र ६ बाट निर्वाचित मन्त्रीद्वय शिक्षामन्त्री रघुजी पन्त पोखरेल र परराष्ट्रमन्त्री शिशिर खनालप्रति असन्तुष्टि व्यक्त गर्दै जनताले निर्वाचित गरेका प्रतिनिधिहरूले जनताको पीडा र मागप्रति संवेदनशील हुनुपर्ने बताए। उनले स्थानीयवासीको गुनासो र समस्यालाई बेवास्ता गर्ने प्रवृत्ति लोकतान्त्रिक मूल्य र जनमतप्रतिको अनादर भएको टिप्पणी गर्दै जनताको धैर्यको पनि सीमा हुने चेतावनी दिए।

भेलाले सम्बन्धित निकायसँग सडक विस्तारको विस्तृत योजना सार्वजनिक गर्न, प्रभावित समुदायसँग सार्थक संवाद गर्न, स्वतन्त्र प्राविधिक तथा सांस्कृतिक प्रभाव अध्ययन सम्पन्न गर्न र सम्पदा संरक्षण सुनिश्चित हुने वैकल्पिक योजना तयार गर्न माग गरेको छ। साथै स्थानीयवासीहरूले आफ्ना संवैधानिक, सांस्कृतिक तथा ऐतिहासिक अधिकारको रक्षाका लागि आवश्यक परे आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएका छन्।

प्रशान्त डंगोल

यो पनि पढ्नुहोस्

एमाले र माओवादी केन्द्र कम्युनिष्ट पार्टी नभएको बिजुक्छेंकाे दाबी

सम्पदा संरक्षणको जिम्मेवारी नयाँ पुस्ताले लिनुपर्नेमा जाेड

१ दिन अगाडि
कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

वर्षाको गतिविधि बढ्ने सम्भावना

चर्चित गायक सतीश महर्जनको एकल सांगितिक साँझ हुने

चेक बाउन्स मुद्दामा पक्राउ परेका रिहा

रास्वपाको केन्द्रीय समितिको बैठक जारी

कृष्णनगर भन्सारले ९३ प्रतिशत राजश्व उठायो

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक