काठमाडाैं । सामाखुसी टाेखा झाेर गैरन्यायिक सडक विस्तार पीडित संघकाे आयाेजनामा विराेध कार्यक्रम गरिएकाे छ ।
टाेखा नगरपालिकामा वडा नं २र ३ मा हुने बृहत् सार्वजनिक भेला लक्षित टाेखा नपा वडा नं ३ मा सडक विस्तार पिडितहरु ससुख्य: चाैरमा भेला भई “सम्पदा मास्न पाइँदैन”, “सम्पदा हाम्रो प्राण हाे” “आदिबासीकाे अधिकार सुनिश्चित गर” आदि नारा लगाएर एैतिहासिक, प्राचीन बस्ती वडा नं २ र ३ परिक्रमा गर्दै वडा नं ३ ससुख्यमा आई काेण सभामा परिणत भएकाे थियाे ।
साे काेण सभालाई सडक संघर्ष पिडित संर्घष सदस्य एवम् समाज सेवी धर्म डंगाेलले सम्बाेधनले सम्बाेधन गर्दै “सम्पदा, संस्कृति हाम्रो पहिचान हाे” यसलाई जगेर्ना गर्नु हामी सबैकाे दायित्व हाे, हामी विकास बिराेधी हाेइन। विकासले निम्त्याउने बिनाश राेकथाम, न्यूनीकरण गर्नुपर्छ भन्ने हाम्रो मान्यता हाे।
सडक विस्तार गर्नु पूर्व सरकारले वातावरणीय, भाैगाेलिक, सांस्कृति, पर्यावरणीयका साथसाथै बैकल्पिक मार्गकाे पनि अध्ययन गर्न जरूरी रहेकाे छ । अनि मात्रै कुनै पनि परियाेजना सुमधुर रुपमा अघि बध्न हुने धारणा राखे ।- प्रशान्त डंगाेल


