बुध, अशोज १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

 अर्जेन्टिना विश्वकप फुटबल प्रतियोगिताको उपाधि रक्षाबाट वञ्चित

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
अर्जेन्टिना लगातार दोस्रोपटक विजयी

Argentina's Lionel Messi (10) celebrates after scoring the opening goal during the World Cup Group J soccer match between Argentina and Algeria in Kansas City, Mo., Tuesday, June 16, 2026. (AP Photo/Ed Zurga)

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

न्युयोर्क । अर्जेन्टिना आइतबार राति फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि विश्वकप फुटबल प्रतियोगिता–२०२६ को उपाधि रक्षाबाट वञ्चित भयो । यस हारसँगै अर्जेन्टिनाको लगातार दोस्रो पटक विश्व च्याम्पियन भएर ब्राजिलको कीर्तिमान बराबरी गर्ने सपना पूरा भएन । यसअघि सन् १९५८ र १९६२ मा ब्राजिलले लगातार दुई पटक विश्वकप फुटबलको उपाधि जितेको थियो । यसै गरी अर्जेन्टिना चौथो पटक विश्वकप उपाधि जितबाट चुकेको हो । यसअघि अर्जेन्टिनाले सन् १९७८, १९८६ र २००२ मा उपाधि हात पारेको थियो । अर्जेन्टिना फाइनलमा हार्नुमा यी पाँच प्रमुख कारण मानिएका छन् ।

मेसीमाथि अत्यधिक निर्भरता

विश्वकप फुटबल–२०२६ को सुरुवात ह्याट्रिकबाट गर्ने अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले प्रिक्वाटरफाइनलसम्म लगातार आठ गोल गरेर कीर्तिमान राख्नुभयो तर फाइनलमा स्पेनले आफ्नो खेल अवधिभर मेसीलाई चुप राख्यो । मेसीको सिर्जनात्मक खेल फाइनलमा देखिएन । यस खेललाई मेसीको विश्वकपमा अन्तिम खेलका रूपमा लिइएको छ । त्यसैले मेसीको बिदाइ पीडादायी बन्यो भन्दा फरक पर्दैन । मेसीले स्पेनको गोलपोस्टमा मात्र एक प्रहार गर्नुभयो, त्यो पनि गोलपोस्ट लक्षित थिएन ।

डिफेन्सिभ खेल

अर्जेन्टिनाको रणनीति सुरुदैखि नै डिफेन्सिभ खेल्ने रह्यो । यसले गर्दा पनि मेसीले खुलेर खेल्न पाउनुभएन । अर्जेन्टिनाले आफ्नो आक्रामक खेललाई विश्वास गर्नेभन्दा स्पेनलाई रोकेर उनीहरूलाई निराश पार्ने रणनीति अपनायो । स्पेनले धेरै गोल गर्ने अवसर गुमाउँदा मात्र अर्जेन्टिना फराकिलो हारबाट जोगिएको हो । यसै गरी अर्जेन्टिनाका गोलरक्षक इमिलियोनो मार्टिनेजको सानदार प्रदर्शनले पनि खेल अतिरिक्त समयसम्म पुगेको थियो । खेललाई अतिरिक्त समयमा लग्नु नै अर्जेन्टिनाको सबभन्दा ठुलो उपलब्धि बन्यो । निर्धारित समयसम्म अर्जेन्टिनाको एक प्रहार पनि थिएन । खेलको अन्तिम समयमा मात्र अर्जेन्टिनाले गोल गर्ने केही अवसरको सिर्जना गरेको थियो । जुलियानो सिमियोनले दुई गोल हुने खालका प्रहार गर्नुभएको हो तर यसपालि भाग्य अर्जेन्टिनाको साथमा थिएन ।

स्पेनी मिडफिल्डको दबदबा

मिडफिल्डमा प्रभुत्व बनाएर खेल नियन्त्रणमा राख्ने स्पेनको खेल्ने शैली नै हो तर अर्जेन्टिनाविरुद्ध स्पेनले पूर्ण रूपमा मिडफिल्डमा दबाब बनाउँछ भनेर सायदै कसैले सोचेको होला । स्पेनको मिडफिल्डले खेलको गति नियन्त्रण ग¥यो । अर्जेन्टिनाका खेलाडीलाई लामो समयसम्म बल राख्न नै दिएन । स्पेन आफ्नो तीव्र पासका लागि पहिले नै चर्चित छ तर यस प्रतियोगितामा स्पेन विपक्षी खेलाडीबाट बल खोस्ने कलामा पनि उत्तिकै प्रभावशाली दखियो । सोही अनुरूप स्पेनका खेलाडीले प्रायः बल आफ्नो नियन्त्रणमा राखेर अर्जेन्टिनालाई लय हासिल गर्न दिएन ।

फर्नान्डेजलाई रातो कार्ड

उत्तरार्धको इन्जुरी समयको तेस्रो मिनेटमा एन्जो फर्नान्डेजले रातो कार्ड पाउनु पनि अर्जेन्टिनाको हारको कारण बन्यो । पाउ कुबार्सीलाई खतरनाक तरिकाले लडाएपछि एन्जोले दोस्रो पहेँलो कार्ड पाउनुभयो र उहाँ मैदान छोड्न बाध्य बन्नुभयो । त्यसपछि पहिले नै दबाबमा रहेको अर्जेन्टिनामाथि स्पेन थप हावी बनेको थियो । त्यसपछि अतिरिक्त समयको दोस्रो हाफको छैटौँ मिनेटमा स्पेनका फेरान टोरेजले गोल पनि गर्नुभयो । यसअघि डिफेन्डर लिजान्द्रो मार्टिनेजले पूर्वार्धमै चोटका कारण मैदान छोड्नु परेकाले पनि अर्जेन्टिनालाई समस्यामा पारेको थियो । त्यसपछि प्रशिक्षक लियोनेल स्कालोनीले यस विश्वकपमा समूह चरणमा एक खेल मात्र खेलेका डिफेन्डर निकोलस ओटामेन्डीलाई मैदानमा उतार्न बाध्य भएको थियो ।

स्पेनको एकजुट प्रदर्शन

स्पेनी टिममा किलियन एम्बाप्पे, लियोनेल मेसी अथवा क्रिस्टियानो रोनाल्डो जस्ता सुपरस्टार छैनन् तर स्पेनको टिम एकजुट भएर खेल्छ, त्यो नै उसको सबभन्दा ठुलो शक्ति बन्यो । मिकेल ओयरजाबालका पाँच गोल, रोड्री र पेड्रीको उत्कृष्ट प्लेमेकिङ, मार्क कुकुरेलाको मेहनत र मिकेल मेरिनोको बेन्चबाट आएर गरेको प्रभावशाली प्रदर्शनले गर्दा स्पेनी टिममा कुनै एक महìवपूर्ण खेलाडी छुट्याउन कठिन हुन्छ । यस विश्वकपमा स्पेनका सबै खेलाडीले आआफ्नो भूमिका शतप्रतिशत निर्वाह गरे  । प्रशिक्षक लुइस डे ला फुएन्टेलाई यसको श्रेय दिनु पर्छ ।

यसपालि सर्वश्रेष्ठ विधामा सर्वाधिक गोलकर्तालाई प्रदान गरिने गोल्डेन बुटबाहेक सबै व्यक्तिगत पुरस्कार स्पेनी खेलाडीले जिते । सर्वश्रेष्ठ युवा खेलाडी पाउ कुबार्सी घोषित हुनुभयो ।

सर्वश्रेष्ठ खेलाडीलाई दिइने गोल्डेन बलको विजेता स्पेनका कप्तान रोड्री बन्नुभयो । स्पेनकै गोलरक्षक उनाइ सिमन्सले सर्वश्रेष्ठ गोलरक्षक चुनिएर गोल्डेन ग्लोभ्स प्राप्त गर्नुभयो । गोलरक्षक सिमन्सले ६५० मिनेटसम्म विश्वकपमा गोल नबेहोरेर कीर्तिमान राख्नुभएको थियो । एपी

यो पनि पढ्नुहोस्

मैदान पुग्नसमेत नपाउँदै खेल रद्द

मैदान पुग्नसमेत नपाउँदै खेल रद्द

१ दिन अगाडि
स्क्वासको मिश्रित डबल्सको नेपाली जोडी पहिलो चरणबाटै बाहिरिए

स्क्वासको मिश्रित डबल्सको नेपाली जोडी पहिलो चरणबाटै बाहिरिए

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

हेटौंडा-काठमाडौं जोड्ने कान्तिकलोक पथ अवरुद्ध

चाडपर्व लक्षित धनकुटामा जुवातासविरुद्ध निगरानी तीव्र

अविरल वर्षाका कारण प्रभावित

‘बाः एक योद्धा’मा बढ्दो दर्शकको चाप, हलमा पुग्यो १०० शो माथि

प्रधानन्यायाधीश र प्रहरीका महानिरीक्षकबीच भेट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक