आइत, साउन ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गुणस्तरीय मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउन सम्झौता

धारणा न्यूज by धारणा न्यूज
२१ घण्टा अगाडि
Reading Time: 1 min read
0
गुणस्तरीय मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउन सम्झौता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका विद्यार्थीहरूलाई गुणस्तरीय मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले सम्झौता गरेको छ ।

विद्यार्थीहरूलाई गुणस्तरीय मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले स्ववियुले त्रिवि मनोविज्ञान केन्द्रीय विभागसँग शुक्रबार सम्झौता गरेको हो ।

विद्यार्थीहरूमा बढ्दो मानसिक तनाव, चिन्ता, अवसाद तथा अन्य मनोसामाजिक समस्याहरूलाई मध्यनजर गर्दै मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले दुई पक्षबीच समझदारी भएको स्ववियु सभापति दिपकराज जोशीले जानकारी गराए ।

सम्झौताअनुसार स्ववियुको कार्यालय परिसरमा विद्यार्थीहरुलाई परामर्श दिने कार्यक्रम सञ्चालनका लागि मनोपरामर्श इकाइ स्थापना गरिने सभापति जोशीले बताए ।

सम्झौता पत्रमा विद्यार्थीहरूले आफ्नो सैद्धान्तिक ज्ञानलाई व्यवहारिक प्रयोग गर्न परामर्श कार्यक्रम सञ्चालनका लागि स्ववियु कार्यालय परिसरमा रहेको एउटा कोठा प्रयोग गरिने उल्लेख  गरिएकाे छ ।

सम्झौअनुसार स्ववियुले सम्पूर्ण विभागहरूमा परामर्श कार्यक्रम सञ्चालन प्रारम्भ भएको जानकारी गराउन समन्वयकारी भूमिका निर्वाह गर्ने, सेवामार्फत विद्यार्थीहरुको मानसिक स्वास्थ्य प्रवर्धन, समस्या पहिचान, समयमै परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएर उनीहरूको शैक्षिक, व्यक्तिगत र सामाजिक विकासमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

स्ववियुको कार्यालय रहने गरी निर्माण भएको विद्यार्थीमैत्री भवनमा स्ववियु स्थानान्तरण भएपछि नयाँ भवनमा समेत परामर्श कार्यक्रमलाई निरन्तरता दिन स्ववियुले विभागलाई कोठाहरू उपलब्ध गराएर सहकार्य जारी राख्ने पनि सहमति पत्रमा उल्लेख  गरिएकाे छ ।

‘कोठा प्रयोगको क्रममा फोहोर भएमा कार्यक्रमपश्चात कोठाको सरसफाइ गर्ने र कोठाभित्र रहेका भौतिक सम्पत्तिको संरक्षण प्रयोगकर्ताले गर्ने,’ सम्झौता पत्रमा लेखिएको छ, ‘कोठा प्रयोगका सम्बन्धमा कुनै समस्या वा विवाद आएमा दुवै पक्ष बसी छलफल र सम्वादवाट समस्या समाधान गर्ने ।’

साे सम्झौता पत्रमा स्ववियुका तर्फबाट सभापति जोशी र मनोविज्ञान केन्द्रीय विभागका तर्फबाट विभागीय प्रमुख उपप्राध्यापक सन्जेश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यो पनि पढ्नुहोस्

शिक्षामा स्थानीय तहलाई जिम्मेवार बनाउने

शिक्षामा स्थानीय तहलाई जिम्मेवार बनाउने

४ दिन अगाडि
विशेष शिक्षककाे दरबन्दीमा रुपान्तरण

विशेष शिक्षककाे दरबन्दीमा रुपान्तरण

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवकास पाइसकेका व्यक्तिलाई करारमा नराख्न पत्राचार

ऐतिहासिक बन्दै ‘म मदनकृष्ण’को बायोपिक

एमालेलाई एक्ल्याउने प्रयास

उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड

गुणस्तरीय मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउन सम्झौता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक