शुक्र, असार २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ट्रम्पको हत्या गर्ने ‘विशिष्ट’ योजना

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
Reading Time: 1 min read
0
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी  । इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानको कथित नयाँ र ‘विशिष्ट’ योजनासम्बन्धी खुफिया जानकारी यसै साता संयुक्त राज्य अमेरिकासँग साझा गरेको अमेरिकी सञ्चारमाध्यमहरूले बिहीबार जनाएका छन् ।

अमेरिका–इरानबीच पुनः सैन्य तनाव बढ्दै पूर्ण युद्धतर्फ फर्किन सक्ने आशंका भइरहेका बेला सार्वजनिक भएको यो दाबीले सुरक्षा चिन्ता थप बढाएको छ ।

सिएनएनले यस विषयमा जानकार अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै वासिङ्टनले ट्रम्पविरुद्ध हुन सक्ने सम्भावित हत्या प्रयाससम्बन्धी सूचनाहरू लामो समयदेखि निगरानी गरिरहेको भए पनि इजरायलले उपलब्ध गराएको पछिल्लो जानकारी भने एउटा विशिष्ट र नयाँ षड्यन्त्रसँग सम्बन्धित रहेको जनाएको छ । वाल स्ट्रिट जर्नलले पनि अज्ञात स्रोतहरूकै आधारमा अमेरिकी गुप्तचर निकायले ट्रम्पलाई लक्षित ‘ताजा’ योजनाबारे जानकारी प्राप्त गरेको उल्लेख गरेको छ ।

इरानले सन् २०२० को जनवरीमा अमेरिकी आदेशमा इरानी वरिष्ठ सैन्य कमान्डर कासिम सुलेमानीको हत्या भएपछि त्यसको प्रतिशोध लिने प्रतिबद्धता पटक–पटक दोहोर्‍याउँदै आएको छ । त्यसयता ट्रम्पको सुरक्षासम्बन्धी जोखिमबारे अमेरिकी सुरक्षा निकायहरू सतर्क रहँदै आएका छन् ।

समाचारबारे प्रतिक्रिया माग्दा ह्वाइट हाउसले ट्रम्पले बुधबार व्यक्त गरेको भनाइतर्फ ध्यानाकर्षण गराएको थियो । नाटो शिखर सम्मेलनपछि फर्किने क्रममा एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफू इरानको निशानामा रहेको दाबी गरेका थिए। उनले भनेका थिए, “उनीहरू अमेरिकी नेतालाई हटाउन चाहन्छन् । म उनीहरूको प्रत्येक सूचीमा छु ।”

ट्रम्पले टर्कीबाट फर्किने क्रममा नयाँ कतारी उपहारस्वरूप प्राप्त जेट प्रयोग नगरी पुरानै एयर फोर्स वनबाट यात्रा गरेका थिए । नयाँ विमानलाई बेलायत पठाएर त्यहाँबाट अर्को विमान परिवर्तन गरिएको घटनाले सुरक्षा व्यवस्थाबारे व्यापक चर्चा भएको थियो ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार उक्त निर्णय विशेषगरी नयाँ विमानमा आवश्यक सुरक्षा प्रणाली पूर्ण रूपमा जडान नभएको र त्यसैबेला अमेरिका–इरान तनाव चुलिएकाले अपनाइएको सावधानीका रूपमा हेरिएको छ । न्युयोर्क टाइम्सले यो परिवर्तन अमेरिकी गोप्य सेवाको अनुरोधमा सुरक्षात्मक उपायस्वरूप गरिएको जनाएको छ ।

पछि आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले सुरक्षा व्यवस्थाबारे विस्तृत टिप्पणी गर्न चाहेनन्। तर विगतमा पनि आफूलाई लक्षित हत्या प्रयासका आशंका उठिसकेको संकेत दिँदै इरानबाट आउने जोखिमलाई हल्का रूपमा नलिनुपर्ने धारणा व्यक्त गरे ।

यो पनि पढ्नुहोस्

कार्गो विमान (बोइङ ७३७) अचानक बेपत्ता

कार्गो विमान (बोइङ ७३७) अचानक बेपत्ता

२ दिन अगाडि
रूसी आक्रमणमा मृत्यु हुनेको सङ्ख्या बढेर २१ जना पुग्याे

रूसी आक्रमणमा मृत्यु हुनेको सङ्ख्या बढेर २१ जना पुग्याे

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गणेश नेपालीको स्वास्थ्य अवस्था चिन्ताजनक

ट्रम्पको हत्या गर्ने ‘विशिष्ट’ योजना

परिणाममुखी काम गर्न निर्देशन

गणेश नेपाली आत्मदाहकाे गम्भीर छानबिन गर्न माग

राष्ट्रिय जनावर गैँडा बनाउने प्रस्ताव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक