एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध अन्त्य गर्न इरानले राखेका सर्तबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराएको क्रेमलिनले जनाएको छ ।
रुसी सञ्चारमाध्यमका अनुसार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले इरानका राष्ट्रपतिसँग समन्वय गरेर पुटिनले द्वन्द्व समाधानको सम्भावित उपायबारे इरानको धारणा ट्रम्पसमक्ष प्रस्तुत गरेको बताएका छन् ।
ट्रम्पले शुक्रबार आगामी केही महिनामा रुसलाई १० लाख टनभन्दा बढी डिजेल निर्यात गर्न दिने सहमति पुटिनसँग भएको घोषणा गरेका थिए । अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाए पनि यस्तो सहमति भएको उनले बताएका हुन् ।
अमेरिका र इजरायलले इरानमाथि गरेको युद्धका कारण विश्व बजारमा इन्धनको मूल्य तीव्र रूपमा बढेको छ ।
विश्वव्यापी इन्धनको मूल्य घटाउने उद्देश्यले आफूले रुसलाई डिजेल निर्यात गर्न दिने सहमति गरेको ट्रम्पले बताएका छन् ।


