शनि, असार २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

युरोपभर नर्वेको आधिकारिक जर्सी ‘सोल्ड आउट’

धारणा न्यूज by धारणा न्यूज
११ घण्टा अगाडि
Reading Time: 1 min read
0
युरोपभर नर्वेको आधिकारिक जर्सी ‘सोल्ड आउट’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । शनिबार इंग्ल्यान्डविरुद्ध हुने विश्वकप फुटबलको क्वाटरफाइनल भिडन्त अघि युरोपभर नर्वेको राष्ट्रिय फुटबल टोलीको आधिकारिक जर्सी ‘सोल्ड आउट’ भइसकेको जनाइएको छ। आधिकारीक जर्सी बिक्री भइसकेकाले अहिले नर्वेको जर्सी युरोपमा हाहाकार भएको हो।

नर्वेजियन फुटबल संघ (एनएफएफ)ले जर्सीको मागबारे ठूलो र गलत अनुमान गरेको स्वीकारेको छ। मार्चमा सार्वजनिक गरिएको जर्सी त्यसयता नाइकी र अन्य आधिकारिक विक्रेतामा लगातार ‘स्टक क्लियरेन्स’ हुँदै आएको संघले जनाएको छ।

ब्राजिलमाथिको ऐतिहासिक जितपछि स्ट्राइकर अर्लिङ हालान्डलगायत खेलाडीप्रति समर्थकको आकर्षण झन् बढेको छ। नयाँ जर्सी बजारमा आउनेबित्तिकै पसलहरूमा भीड लाग्ने गरेको छ। कतिपय समर्थक त जर्सी किन्नका लागि रातभर पसल बाहिर बसेर पालो कुर्नसमेत बाध्य भएका छन्। नर्वेमा मात्र नभइ पुरै युरोपमानै नर्वेको जर्सीको अभाव देखिएको हो।

एनएफएफका व्यावसायिक निर्देशक रुनार पाहर आन्द्रेसेनका अनुसार समर्थकबाट आएको माग उनीहरूले गरेको पूर्वानुमानभन्दा निकै बढी छ। यस वर्ष जर्सीको अर्डर अहिलेसम्मकै उच्च स्तरमा पुगेको उनले बताए।

उनका अनुसार यस वर्ष खुद्रा विक्रेताले करिब २ लाख ५० हजार जर्सी अर्डर गरेका छन्, जबकि गत वर्ष यही अवधिमा यो संख्या करिब ५० हजार मात्र थियो। ओस्लोस्थित टोरसहोभ स्पोर्ट पसलमा मंगलबार नर्वेको राष्ट्रिय टोलीको नयाँ जर्सी आइपुगेपछि बुधबार पसल खुल्नुअघि नै लामो लाइन लागेको थियो।

स्थानीय सञ्चारमाध्यमका अनुसार लाइन करिब ६ सय मिटर लामो थियो र धेरै सडकसम्म फैलिएको थियो। केही समर्थकले १२ घण्टासम्म पालो कुर्न कुर्सीसमेत बोकेर आएका थिए। पसलका प्रबन्धक एन्डर्स लिलेबर्गले स्थानीय सञ्चारमाध्यम भिजीसँग भने, ‘म धेरै वर्षदेखि यहाँ काम गरिरहेको छु, तर यस्तो उत्साह र माहोल मैले कहिल्यै देखेको थिइनँ। अहिलेको अवस्था साँच्चै अविश्वसनीय छ।’

पसलले अब अर्को चरणमा आउने जर्सीका लागि समर्थकलाई नाम दर्ता गर्न आग्रह गरेको छ। तर शनिबारको महत्त्वपूर्ण खेलअघि सबैले जर्सी पाउने ग्यारेन्टी भने गर्न नसकिने जनाएको छ।

आन्द्रेसेनका अनुसार अझ धेरै जर्सी उपलब्ध गराउन चाहना भए पनि उत्पादनको योजना धेरै अघि नै बनाइने भएकाले विश्वकप चलिरहेको बेला उत्पादन उल्लेख्य रूपमा बढाउन कठिन हुन्छ।

उनले भने, ‘विश्वकप जारी रहेका बेला उत्पादन क्षमतालाई एकाएक धेरै बढाउनु चुनौतीपूर्ण हुन्छ।’ आन्द्रेसेनले स्थानीय सञ्चारमाध्यम टिभी-२ सँग कुरा गर्दै संघले इतिहासमै सबैभन्दा धेरै आम्दानी जर्सी बिक्रीबाट गरिरहेको पनि बताए।

नर्वेको राष्ट्रिय झण्डाको नीलो क्रस भएको रातो रंगको आधिकारिक होम जर्सी नाइकीसहित अधिकांश आधिकारिक विक्रेतामा केही सातादेखि नै बिक्री सकिएको छ। नाइकीका प्रवक्ताले समर्थकको निराशा आफूहरूले बुझेको र जर्सीको उपलब्धता सुधार गर्न प्रयास भइरहेको बताए।

उनका अनुसार नर्वे होम म्याच र स्टेडियम जर्सीको थप खेप केही दिनभित्र नर्वे पुग्ने अपेक्षा गरिएको छ। त्यसपछि जर्सी अझ व्यापक रूपमा उपलब्ध हुने बताइएको छ। तर जर्सीको अभावका कारण केही समर्थकले पुनःबिक्री (रिसेल) बजारमा निकै महँगो मूल्य तिर्न थालेका छन्।

नाइकीको २०२६ को विश्वकपको आधिकारीक ‘होम जर्सी’ को आधिकारिक मूल्य ८९.९९ पाउन्ड (करिब १०० अमेरिकी डलर) तोकिएको थियो। अहिले यही जर्सी केही रिसेल वेबसाइटमा ३५५ पाउन्ड (करिब ४७६ अमेरिकी डलर) सम्ममा बिक्री भइरहेको छ।
त्यस्तै, सुरुमा ८९.९९ पाउन्ड मूल्य रहेको कालो रंगको ‘अवे जर्सी’ पनि अहिले केही रिसेल वेबसाइटमा ढुवानी शुल्क र करबाहेक २३१ पाउन्ड (करिब ३१० अमेरिकी डलर) सम्ममा बिक्री भइरहेको जनाएका छन्।

नर्वेले यस विश्वकपमा इराक, सेनेगल, आइभोरी कोस्ट र पछिल्लो खेलमा ब्राजिललाई पराजित गर्दै शानदार प्रदर्शनसहित क्वार्टरफाइनल यात्रा तय गरेको हो। अब नर्वेले शनिबार अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा इङ्ल्यान्डसँग क्वाटरफाइनल खेल खेल्नेछ। खेल नेपाली समयअनुसार आइतबार बिहान २:४५ बजे हुनेछ।

यो पनि पढ्नुहोस्

अर्जेन्टिना फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश

अर्जेन्टिना फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश

३ दिन अगाडि
साउदी प्रो लिगमा रोनाल्डो र  मानेकाे लगातार चौंथो खेलमा गोल

सन्यासबारे हतारमा कुनै पनि निर्णय नलिने : रोनाल्डो

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गणेश नेपालीको स्वास्थ्य अवस्था चिन्ताजनक

ट्रम्पको हत्या गर्ने ‘विशिष्ट’ योजना

परिणाममुखी काम गर्न निर्देशन

गणेश नेपाली आत्मदाहकाे गम्भीर छानबिन गर्न माग

राष्ट्रिय जनावर गैँडा बनाउने प्रस्ताव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक