काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष कयाक सिंगलको क्यानो स्लालममा नेपालका विजय माझी १०औं भएका छन् ।
बुधबार याहागिगावा क्यानो स्लालम कोर्समा भएको फाइनलमा विजयले ३११.१४ सेकेन्डको समय निकाले । उनले १६४ सेकेन्डको टाइम पेनाल्टी बेहोरेका थिए ।
चीनका हु झाओसानले ९१.४१ सेकेन्डमा फाइनल पूरा गर्दै स्वर्ण पदक जिते । जापानका युकी तानाकाले ९२.८७ सेकेन्डमा रजत तथा काजकिस्तानका अलेक्जान्डर कोरोबोभले ९४.४८ सेकेन्डमा कांस्य पदक जिते । विजय माझी स्वर्ण विजेता हु झाओसानभन्दा २१९.७३ सेकेन्डले पछि परे ।

