शुक्र, असार १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एसिया–प्रशान्त साँस्कृतिक सम्पदा संरक्षण पुरस्कार हस्तान्तरण

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
0
एसिया–प्रशान्त साँस्कृतिक सम्पदा संरक्षण पुरस्कार हस्तान्तरण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा कार्यान्वयन गरिएको ललितपुरस्थित जेष्ठ वर्ण महाविहारलाई सन् २०२५ को युनेस्को एसिया–प्रशान्त साँस्कृतिक सम्पदा संरक्षण पुरस्कार अन्तर्गत अवार्ड अफ मेरिट हस्तान्तरण गरिएकाे छ ।

ललितपुरस्थित जेष्ठ वर्ण महाविहारमा असार १८ गते प्रतिष्ठित २०२५ युनेस्को एसिया–प्रशान्त साँस्कृतिक सम्पदा संरक्षण पुरस्कार अन्तर्गत महाविहारलाई प्रदान गरिएको अवार्ड अफ मेरिटको सन्दर्भमा एक हस्तान्तरण समारोहको आयोजना गरिएकाे हाे ।

नेपालका लागि युनेस्कोका प्रतिनिधि श्री याको दु तोईले ललितपुर महानगरपालिकाका मेयर श्री चिरीबाबु महर्जन र काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. राकेश पाण्डेको उपस्थितिमा धातुपट्टिका र आधिकारिक प्रमाणपत्र जेष्ठ वर्ण महाविहार उपभोक्ता समितिलाई हस्तान्तरण गर्नुभयो । उक्त समारोहमा स्थानीय समुदायका सदस्यहरु, इन्डियन नेशनल ट्रष्ट फर आर्ट एन्ड कल्चरल हेरिटेज (इन्ट्याक) का प्रतिनिधि, सम्पदा संरक्षणविद्हरु तथा नेपाल सरकारका अधिकारीहरुको उपस्थिति रहेको थियो ।
जेष्ठ वर्ण महाविहारको संरक्षण कार्य नेपालको साँस्कृतिक सम्पदा क्षेत्रमा भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदानको एक हिस्साको रुपमा नेरु. १३.७८ करोड लागतमा अघि बढाइएको थियो । पुनर्निर्माण प्रयासको हिस्सा स्वरुप भारत सरकारले प्राविधिक विशेषज्ञता उपलब्ध गराउनका लागि परियोजना व्यवस्थापन परामर्शदाताको रुपमा भारतको इन्ट्याकलाई नियुक्त गरेको थियो । उनीहरुले नेपाल सरकारको केन्द्रीय आयोजना कार्यान्वयन इकाई र स्थानीय समुदायसँग निकटतम समन्वयमा काम गरेका थिए । यस परियोजनाको उद्घाटन मिति २०८० चैत्र ९ गते महामहिम राजदूत श्री नवीन श्रीवास्तव र नेपाल सरकारका तत्कालीन शहरी विकास मन्त्री श्री धनबहादुर बुढाद्वारा गरिएको थियो ।

यस संरक्षण परियोजनालाई युनेस्कोले यसको अनुकरणीय समुदाय–केन्द्रित दृष्टिकोण र जटिल ऐतिहासिक नेवारी काष्ठकला तथा पारम्परिक वास्तुकलाको संरक्षणको आवश्यकतासँग आधुनिक भूकम्पीय सुरक्षा प्रबलीकरणलाई सफलतापूर्वक सन्तुलन राखेकोमा मान्यता प्रदान गरेको छ । यस परियोजनाले संरक्षण प्रक्रिया अवधिभर नेवार बौद्ध समुदायको जीवन्त सम्पदा, दैनिक अनुष्ठान र साँंस्कृतिक अभ्यासहरु बिना कुनै अवरोध निरन्तर रुपमा सञ्चालन हुने कुरा समेत सुनिश्चित गरेको थियो ।

भारत सरकारले २०७२ सालको गोरखा भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारको प्रयासलाई सहयोग पु¥याउन १ अर्ब अमेरिकी डलर बराबरको सहायता प्रतिबद्धता गरेको थियो । पुनर्निर्माण प्रयासको हिस्सा स्वरुप भारत सरकारले हालसम्म ५०,००० निजी आवास, ७० वटा विद्यालय र एक पुस्तकालय, १२२ वटा स्वास्थ्य संस्था तथा १७ वटा साँस्कृतिक सम्पदा स्थलहरुको पुनर्निर्माण कार्य सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । यसबाहेक भूकम्प प्रभावित जिल्लाहरुमा अवस्थित थप १४ वटा विद्यालय, ११ वटा स्वास्थ्य संस्था र साँस्कृतिक सम्पदा क्षेत्रका १३ वटा परियोजनाहरु पुनर्निर्माणको विभिन्न चरणमा रहेका छन् जुन भारतीय सहायतामार्फत कार्यान्वयन भइरहेका छन् ।
साँस्कृतिक सम्पदा क्षेत्र अन्तर्गत भारत सरकार नेपालका ८ वटा जिल्लाहरुमा रहेका ३० वटा साँस्कृतिक सम्पदा परियोजनाहरुको संरक्षण तथा पुनस्र्थापनामा संलग्न रहँदै आएको छः
१. काठमाडौँ
२. ललितपुर
३. भक्तपुर
४. सिन्धुपाल्चोक
५. नुवाकोट
६. रसुवा
७. धादिङ
८. गोरखा
यी परियोजनाहरुमा ऐतिहासिक स्थलहरु, प्राचीन भवनहरु, मन्दिरहरुको पुनस्र्थापना र गुम्बाहरु तथा धर्मशाला भवनहरुको पुनर्निर्माण समावेश छन् । केही उल्लेखनीय परियोजनाहरुमा निम्नानुसार छन्ः
ड्ड काठमाडौँको सेतो मच्छिन्द्रनाथ मन्दिर,
ड्ड ललितपुरको कुमारी घर र जेष्ठ वर्ण महाविहार,
ड्ड भक्तपुरको जंगम मठ, र
ड्ड सिन्धुपाल्चोकको तार्के घ्याङ गुम्बा ।
साँस्कृतिक सम्पदा क्षेत्रमा भारत सरकारको सहयोग भौतिक संरचनाको मर्मतमा मात्र सीमित नभई यसले महत्वपूर्ण सामाजिक–आर्थिक र साँस्कृतिक लाभहरुलाई समेत समेट्छ जसले नेपालको समग्र पुनरुत्थान र दीर्घकालीन हितमा योगदान पु¥याउँछ ।

कार्यक्रममा बोल्दै डा. राकेश पाण्डेले उपभोक्ता समुदाय, सिएलपिआईयु, इन्ट्याक र अन्य सरोकारवालाहरुलाई बधाई दिनुभयो । वहाँले जेष्ठ वर्ण महाविहार परियोजनाको सफलताले भारत र नेपालबीच रहेको गहिरो साँस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई प्रष्ट पारेको कुरामा जोड दिनुभयो । वहाँले साझा र समृद्ध साँस्कृतिक पहिचानको संरक्षण तथा पुनस्र्थापनामा नेपाल सरकार र नेपाली जनतासँग साझेदारी गर्न भारत सरकार निरन्तर प्रतिबद्ध रहेको कुरालाई दोहो¥याउनुभयो ।

कार्यक्रममा बोल्दै श्री चिरीबाबु महर्जनले सहकार्यको भावनाको बारे र जेष्ठ वर्ण महाविहारको संरक्षणमा भारत सरकारको भूमिकाबारे चर्चा गर्नुभयो जसले बलियो भारत–नेपाल विकास साझेदारीलाई प्रतिबिम्बित गर्दछ । वहाँले ललितपुरका अन्य विभिन्न साँस्कृतिक सम्पदा स्थलहरुको पुनस्र्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार प्रकट गर्नुभयो । वहाँले यस मान्यताका लागि युनेस्कोलाई धन्यवाद दिनुका साथै अवार्ड प्राप्त गर्नेहरुलाई बधाई पनि दिनुभयो ।

जेष्ठ वर्ण महाविहार उपभोक्ता समितिका प्रतिनिधिहरुले आर्थिक तथा प्राविधिक सहयोग समयमा नै उपलब्ध गराएकोमा भारत सरकारप्रति हार्दिक आभार प्रकट गर्नुभयो । वहाँहरुले पुनस्र्थापना गरिएको यस महाविहार समुदायको उत्थानशीलता र द्विपक्षीय मित्रताको एउटा गौरवशाली प्रतीकका रुपमा खडा रहेको कुरालाई समेत जोड दिनुभयो ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

६ मिनेट अगाडि
इरानका सवोच्च नेता खामेनीको शव अन्तिम श्रद्धाञ्जली

इरानका सवोच्च नेता खामेनीको शव अन्तिम श्रद्धाञ्जली

१८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सवारी दुर्घटनामा चार जनाको मृत्यु

बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

एसिया–प्रशान्त साँस्कृतिक सम्पदा संरक्षण पुरस्कार हस्तान्तरण

मौलिक नामकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

स्विट्जरल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक