काठमाडाैं । काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागको आर्थिक सहयोगमा एकिकृत शहरी बिकास केन्द्र (सिआइयुडी)ले सम्पन्न गरेको “धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्वमा आधारित स्थानहरूको मौलिक एवं प्राचीन नामहरूको अध्ययन” कार्य अन्तर्गत तयार गरिएको मस्यौदा प्रतिवेदनमाथि २०८३ साल असार १५ गते सोमवार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
अनुसन्धानको क्रममा का.म.न.पा का ८ वटा वडाहरु (१२, १३, १४, १५, २१, २३, २७ र २८) वडाका धार्मिक, सांस्कृतिक, भाषिक, भौगोलिक, ऐतिहासिकसँग जोडिएका नामहरु संकलन गरिएका थिए । यस अवधिमा थप मौलिक नामहरु पनि प्राप्त भएका छन् ।
सम्पदा तथा पर्यटन समिती संयोजक तथा वडा ८ का अध्यक्षः श्री आशामान संगतज्यू, सम्पदा तथा पर्यटन समितीका सचिव र सम्पदा तथा पर्यटन विभागिय प्रमुख श्री कुमारी राईज्यू सहभागी वडा १५ का वडा सदस्यज्यू, सम्पदा विभागका कर्मचारीहरु तथा अन्य विभागका कर्मचारी, कार्यक्रममा वडाका प्रतिनिधिहरु, विज्ञ तथा सरोकारवाला निकायहरू, र पत्रकाहरुको सहभागितामा प्राप्त सुझावले प्रतिवेदनलाई अझ परिस्कृत बनाउने विश्वास लिइएको छ ।
यस अवसरमा सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नं. ८ का अध्यक्ष आशामान सङ्गतले काठमाडौं महानगरपालिकाको सपना नै काठमाडौंको मौलिक पहिचानको संरक्षण र पुनस्र्थापना रहेको उल्लेख गर्दै, अध्ययनबाट प्राप्त मौलिक तथा प्राचीन नामहरूलाई क्रमशः पुनःस्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रम श्री रिजा जोशी, ए.श.बि.के.का कार्यकारी निर्देशकज्यूले कार्यक्रमको परिचय, उद्देश्यबारे जानकारी दिदै आफ्नो स्वागत मन्तव्य राख्नुभएको थियो ।
मौलिक नामांकरणको अध्ययन मस्यौदा प्रतिवेदनको प्रस्तुति श्री यश मान कर्माचार्य, परियोजनाका टिम लिदर तथा ए.श.बि.के.का कार्यक्रम प्रवन्धकज्यूले गर्नु भएको थियो । अध्ययन अनुसार आठ वडामा ३०६ मौलिक नामहरु प्राप्त भएका छन् भने जसमा ५० मौलिक नामहरुको लेप हुने अवस्थामा छन् भने धेरै जसो उच्चारण गर्नै छोडिसकेको अवस्था छन् जस्तैः वडा १२ मा (ध्याचलखु, नख्य गल्ली, देय क्वय् (तेखु बुं), गल्बी सिकाली, छेँगु पाः, दुकुचा ख्यः, लुक्चा गाः), वडा १३ मा (करः खुशी, लट्को चपा, लाज बो, ध्वं ख्व पुखु (पम्गा पुखु)), वडा १४ मा (न्हेपंखा, अख्वाट्, बैद्यनी घाट), वडा १५ मा (खुपाली ख्यः, लुँ धः, झवाकः गाः), वडा २१ मा (देय् क्वः), वडा २३ मा (दफटर, पुलां भन्सा), वडा २७ मा (झंग थकु हिटी, चि कुथी, लाभा लुँ छे, तु क्यबः) र वडा २८ मा (न्हु पुखु, तिख्यो, क्वय् बु, हाकुपात (तग्व ल्ह्वं), बकला बुं), आदि इत्यादि ।
यस कार्यक्रममा विज्ञ मल्ल के सुन्दर, डा. सोम प्रसाद खतेवदा, अनिल स्थापित, पौभा स्यामी, सरद कंसाकार लगायात विस्सित व्यत्तिहरको उपस्थिति थियो ।


