बुध, असार १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

डच प्रशिक्षकले राजीनामा दिए

धारणा न्यूज by धारणा न्यूज
५ घण्टा अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । विश्वकपबाट बाहिरिएपछि डच प्रशिक्षक कोम्यानले दिए राजीनामा, पेनाल्टी चुकाउने खेलाडीमाथि जातिय विभेदमोरक्कोसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै विश्वकपको अन्तिम ३२ बाटै बाहिरिएपछि नेदरल्यान्ड्स (डच) का प्रशिक्षक रोनाल्ड कोम्यानले राजीनामा दिएका छन्।

मोन्टेरेमा भएको अन्तिम-३२ को खेलमा नेदरल्यान्ड्स निर्धारित समय मोरक्कोसँग १-१ गोलको बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो। जहाँ नेदरल्यान्ड्स खराब पेनाल्टी सुटआउटको सिकार हुँदै प्रतियोगिताबाट बाहिरियो।

पेनाल्टी सुटआउटमा जस्टिन क्लुइभर्ट, क्विन्टेन टिम्बर र क्रिसेन्सियो समरभिलले आफ्नो प्रहार गोलमा परिणत गर्न सकेनन्। त्यसपछि उनीहरू सामाजिक सञ्जालमा जातीय विभेद, घृणा र अपमानजनक टिप्पणीहरूको निशाना बने। रोयल डच फुटबल संघ (केएनभीबी) ले यस घटनाको कडा शब्दमा निन्दा गरेको छ।

६३ वर्षीय कोम्यानले राष्ट्रिय टोलीको दोस्रो कार्यकाल पनि समाप्त गर्दै पद त्यागेका हुन्। उनले आफ्नो व्यवस्थापकीय करियरसमेत अब अन्त्य हुन सक्ने संकेत गरेका छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले लेखे ‘मेरो करियरलाई फर्केर हेर्दा म अत्यन्त गर्व महसुस गर्छु। मलाई अवसर दिने क्लबहरू र व्यक्तिहरूसँग बिताएका क्षणहरू जीवनभर सम्झिरहने छु।’ उनले थपे ‘हामी सबैले विश्वकपमा इतिहास रच्ने सपना देखेका थियौं। त्यो सपना पूरा हुन सकेन। यसबाट मभन्दा बढी निराश कोही छैन ।’

उनले फुटबल छोड्दै गर्दा त्यो भन्दा अर्को केही कुरा पछिल्लो समय आफ्नो जीवनमा महत्वपूर्ण बनेको बताए। कोम्यानले भने ‘पछिल्ला केही वर्षले मलाई फेरि सम्झाएको छ की फुटबलभन्दा पनि जीवनमा अझ महत्त्वपूर्ण कुरा अर्थोक पनि हुन सक्छ सायद, फुटबल नै मेरो जीवन थियो, तर स्वास्थ्यभन्दा मूल्यवान् केही हुँदैन अझ आफूले माया गरेको व्यक्ति कठिन रोगसँग लडिरहेको बेला जीवनलाई हेर्ने दृष्टिकोण नै बदलिन्छ।’ कोम्यानकी पत्नी बार्टिना हाल स्तन क्यान्सरसँग संघर्ष गरिरहेकी छन्।

सन् २०१८ मा पहिलोपटक नेदरल्यान्ड्सको प्रशिक्षक बनेका कोम्यान निकै सफल मानिएका थिए। उनले फ्रेन्की डे योङजस्ता प्रतिभाशाली खेलाडीलाई टोलीमा स्थापित गरे र फ्रान्स तथा जर्मनीजस्ता बलिया टोलीलाई हराउँदै नेसन्स लिगमा उत्कृष्ट प्रदर्शन गराए। त्यसपछि टोलीले युरोपियन च्याम्पियनसिपका लागि पनि छनोट भएको थियो, तर प्रतियोगिता स्थगित भएपछि उनले बार्सिलोनाको प्रशिक्षक बन्ने अवसर पाए।

दोस्रोपटक नेदरल्यान्ड्स फर्किएपछि भने उनको यात्रा सहज रहेन। उनले टोलीलाई प्रभावशाली रूपमा खेलाउन सकेनन् र धेरैले उनलाई अत्यधिक रक्षात्मक रणनीति अपनाएको भन्दै आलोचना गरे। यसैबिच केएनभीबीले आफ्ना खेलाडीमाथि जातीय वा घृणायुक्त टिप्पणी गर्ने जो–कोहीविरुद्ध कानुनी कारबाही अघि बढाउने जनाएको छ। उसले भन्यो ‘हामी यस्तो व्यवहारलाई अत्यन्त घृणित मान्छौं।’ उजुरी परेपछि हाम्रो कानुनी टोलीले उक्त अभिव्यक्ति कानुनअनुसार दण्डनीय अपराध हो वा होइन भन्ने मूल्यांकन गर्छ। आवश्यक ठहरिएमा सरकारी अभियोजन कार्यालयमा औपचारिक उजुरी दर्ता गरिने संघले जनाएको छ।

सन् २०२१ मा इङ्ग्ल्यान्डका मार्कस रासफोर्ड, बुकायो साका र जेडन सान्चो पनि युरोपियन च्याम्पियनसिपको फाइनलमा इटालीविरुद्ध पेनाल्टी चुकाएपछि यस्तै जातीय दुर्व्यवहारको शिकार बनेका थिए। त्यस घटनामा दुई जनालाई जेल सजाय सुनाइएको थियो भने अर्का एक जनाले निलम्बित सजाय पाएका थिए ।

यो पनि पढ्नुहोस्

नर्वे अन्तिम १६ मा प्रवेश

नर्वे अन्तिम १६ मा प्रवेश

५ घण्टा अगाडि
फ्रान्स पाराग्वेसँगको भेट पक्का

फ्रान्स पाराग्वेसँगको भेट पक्का

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

हलिउड चलचित्र ‘तेन्जिङ’को प्रदर्शन हुँदै

मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश

सुनचाँदीको भाउ घट्याे

विदेशी मुद्राको विनिमय दर सार्वजनिक

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक