मङ्ल, असार १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

क्यानडा फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
Reading Time: 1 min read
0
क्यानडा फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । स्टेफन इस्टाकियोले इन्जुरी समयको दोस्रो मिनेटमा गरेको निर्णायक गोलमा क्यानडाले दक्षिण अफ्रिकालाई १-० ले हराउँदै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुगेको छ।

लस एन्जलस स्टेडियममा आइतबार राति भएको अन्तिम ३२ को खेलमा निर्धारित ९० मिनेटसम्म गोल भएन ।  इन्जुरी समयमा पुग्दा इस्टाकियोले पेनाल्टी क्षेत्रको किनारबाट उत्कृष्ट प्रहार गर्दै क्यानडालाई ऐतिहासिक जित दिलाए।

पहिलो हाफमा दक्षिण अफ्रिकाले केही अवसर सिर्जना गरे पनि फिनिसिङमा कमजोर हुँदा गोल गर्न सकेन। खेलको अन्त्यतिर क्यानडाले पनि दुई राम्रो अवसर खेर फाल्यो ।

अब्रे मोडिबाले मोइसे बोम्बिटोको हेडर गोललाइनबाट क्लियर भयो भने गोलकिपर रोनवेन विलियम्सले ताजोन बुचाननको प्रहार बचाए।

दोस्रो हाफमा क्यानडाले खेलमा नियन्त्रण बढायो। तानी ओलुवासेयीको प्रहार विलियम्सले बचाएपछि एम्बेकेजेली एमबोकाजीले रिबाउन्डलाई गोल हुनबाट जोगाए।

७५औँ मिनेटमा अल्फोन्सो डेभिस मैदान प्रवेश गरेपछि क्यानडाको आक्रमण थप प्रभावकारी बनेको थियो। अन्ततः इस्टाकियोले इन्जुरी समयमा बाउन्स भएको बललाई सिधै जाली चुमाउँदै टोलीलाई विजयी बनाए। इस्टाकियो प्लेयर अफ दि म्याच बने।

अब क्यानडाले क्वार्टरफाइनल प्रवेशका लागि नेदरल्यान्ड्स र मोरक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।  दक्षिण अफ्रिकाले पहिलो पटक विश्वकपको नकआउट चरणसम्म पुगेर इतिहास रचेको थियो।

७४ वर्ष ७९ दिनका दक्षिण अफ्रिकाका प्रशिक्षक ह्युगो ब्रुस विश्वकपको नकआउट चरणमा टोलीको नेतृत्व गर्ने सबैभन्दा पाका प्रशिक्षक बने। यसअघि उरुग्वेका ओस्कार ताबारेजले सन् २०१८ मा ७१ वर्षको उमेरमा बनाएको कीर्तिमान तोडिएको हो।

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से परिसूचक ६ महिनाकै तल्लो बिन्दुमा झरे

३ घण्टा अगाडि
नेवाः ग्वाहाली पुचद्वारा भजन सञ्चालन गर्ने साम्रागी हस्तातरण

नेवाः ग्वाहाली पुचद्वारा भजन सञ्चालन गर्ने साम्रागी हस्तातरण

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

हलिउड चलचित्र ‘तेन्जिङ’को प्रदर्शन हुँदै

मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश

विदेशी मुद्राको विनिमय दर सार्वजनिक

पाँच पटकको विजेता ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक