शुक्र, असार १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

धारणा न्यूज by धारणा न्यूज
३ दिन अगाडि
0
घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

म्याग्दी  । अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार भएको छ ।

चालु आर्थिक वर्ष २०८२–८३ मा अन्नपूूर्ण गाउँपालिकाले विनियोजन गरेको २७ लाख र गण्डकी प्रदेश सरकारको पाँच लाख बजेटबाट साइकल मार्ग, पदमार्ग, सार्वजनिक शौचालय, बसपार्क निर्माण भएको हो । अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले पुनहिल–घोडेपानी क्षेत्रको पर्यटन पूर्वाधार विस्तारका लागि बजेट बिनियोजन भएका सबै योजना कार्यान्वयन भएका जानकारी दिए । ‘घोडेपानी र पुनहिल घुम्न आउने पर्यटकको बसाई लम्बाउने उद्देश्यले सहायक गन्तव्यको पहिचान र पूर्वाधार विस्तारको कामलाई निरन्तरता दिएका छौँ’, उनले भने, ‘विस्तार भएका पूर्वाधारले पर्यटकलाई सहज हुनेछ ।’ अन्नपूर्ण गाउँपालिकाले चालुु आव २०८२–०८३ मा विनियोजन गरेको ६ लाख बजेटबाट पुनहिलदेखि लुङलुङ सिद्ध, लालीगुराँसपार्क हुँदै घोडेपानीको फलेघर जोड्ने चार किलोमिटर साइकल मार्ग निर्माण भएको छ । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलदेखि हिमाल हेर्दै गुुराँसे जङ्गलभित्र साइकलमा साहासिक र रोमाञ्चक यात्रा गर्न पाइन्छ । गाउँपालिकाको १४ लाख बजेटबाट लालीगुराँस पार्क जोड्ने पदमार्ग, प्रवेशद्वार र सार्वजनिक शौचालय निर्माण भएको छ ।

उपभोक्ता समितिका अध्यक्ष रनबहादुर पुनले पदमार्गको हिलो हुने ठाउँमा करिब ३०० मिटर ढलान गरेर पक्की पदमार्ग बनाइएको बताए । यसैगरी चार लाख बजेटबाट देउराली डाडाँमा ४० मिटर ढुङ्गा बिछ्याएर पदमार्ग बनाइएको छ । तीन लाख बजेटबाट तल्लो घोडेपानीमा बसपार्क निर्माण भएको छ । समुदायको अगुवाइमा यसै वर्ष घोडेपानी हुँदै कास्कीको उल्लेरी सडक सञ्जालमा जोडिएको थियो । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको पाँच लाख बजेटबाट घोडेपानीदेखि घान्द्रुक जाने पदमार्ग निर्माण योजना पनि सम्पन्न भएको वडाध्यक्ष खड्काले जानकारी दिए । गण्डकी प्रदेश सरकारको तीन करोड बजेटबाट चित्रेदेखि घोडेपानी जोड्ने चार किलोमिटर सडक ग्राभेल गर्ने योजना निर्माणाधिन छ । घोडेपानी र पुनहिल क्षेत्रलाई केन्द्रित गरेर यसअघि लालीगुुराँस पार्क, पेरीभारानी ताल जोड्ने घोडा मार्ग सञ्चालन गरिएको थियो ।

सडकका कारण पुराना पदमार्ग विस्थापित भएको अवस्थामा पर्यटकको बसाई लम्बाउनका लागि पर्यटकको चाहनाअनुसार राम्चे–काफलडाँडा, हिस्तान टिकोट, शिख, खिवाङ जोड्ने साइकलमार्गको पनि सम्भाव्यता अध्ययन गरिएको अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष समेत रहेका घोडेपानीका बासिन्दा डमबहादुर पुनले बताए । घोडेपानीदेखि ४५ मिनेट उकालोमा पदयात्रा गरेपछि पुुगिने पुुनहिलबाट गुर्जा, पुथा, मानापाथी, नीलगिरि, अन्नपूर्ण र माछापुुच्छे« हिमशृङ्खलाको दृष्यावलोकन गर्न सकिन्छ । घोडेपानी–पुुनहिल विश्व प्रसिद्ध अन्नपूूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तव्य हो ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

२४ मिनेट अगाडि
इरानका सवोच्च नेता खामेनीको शव अन्तिम श्रद्धाञ्जली

इरानका सवोच्च नेता खामेनीको शव अन्तिम श्रद्धाञ्जली

३७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सवारी दुर्घटनामा चार जनाको मृत्यु

बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

एसिया–प्रशान्त साँस्कृतिक सम्पदा संरक्षण पुरस्कार हस्तान्तरण

मौलिक नामकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

स्विट्जरल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक