सोम, असार १५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

विश्वकपका नकआउट चरणका खेलहरू प्रतिस्पर्धात्मक हुने

धारणा न्यूज by धारणा न्यूज
९ घण्टा अगाडि
Reading Time: 1 min read
0
विश्वकपका नकआउट चरणका खेलहरू प्रतिस्पर्धात्मक हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । २०२६ को फिफा विश्वकपको समूहचरण पूरा भएको छ। समूहचरणका खेलहरु सकिएसँगै राउन्ड अफ ३२ का लागि टोलीहरूले स्थान बनाए। रोमाञ्चक्ता र कीर्तिमानले भरिएको समूहचरणपछि अब नकआउट चरणका खेलहरू थप प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने आँकलन गर्न सकिन्छ। यस्तोमा ३२ मा पुग्ने कुन टिम कस्ता र कहिले प्रतिस्पर्धा हेरौं।

मेक्सिको
सह-आयोजक मेक्सिकोले प्रतियोगिताको उद्घाटनको पहिलो अवसर पायो। जहाँ उसले दक्षिण अफ्रिका र दक्षिण कोरिया (कोरिया रिपब्लिक)विरुद्ध उत्कृष्ट जित निकाल्दै समूह ‘ए’ को विजेता बनेर नकआउट चरणमा पुग्ने यो पहिलो टोली बन्यो। अब ‘एल ट्री’ (मेक्सिको) ले नकआउट चरणमा जुन ३० मा मेक्सिको सिटीमा इक्वेडरको सामना गर्नेछ।

अमेरिका
आफ्नो छिमेकी टोलीलाई पछ्याउँदै अर्को आयोजक तथा माउरिसियो पोचेटिनोको टोली (अमेरिका) पनि अर्को चरणमा प्रवेश गर्योत। समूह ‘डी’ मा पराग्वे र अस्ट्रेलियालाई सहजै हराउँदै यस टोलीले लस एन्जलस र सियाटलका समर्थकहरूलाई खुसी तुल्यायो। पछि सोही दिन पराग्वेले टर्की लाई पराजित गरेसँगै अमेरिका समूह विजेता बन्ने पक्का भयो। अब जुलाई १ मा सान फ्रान्सिस्को बे एरियामा अमेरिकाले बोस्निया एन्ड हेर्जेगोभिनासँग खेल्ने छ।

जर्मनी
जुलियन नागेल्सम्यानको टोली नकआउट चरणमा पुग्ने पहिलो युरोपेली टोली बनेको थियो। चार पटकको विश्व च्याम्पियनले सुरुवाती दुई खेलमा कुरासाओ र आइभोरी कोस्ट लाई लगातार हराउँदै सन् २०१४ पछि पहिलो पटक विश्वकपको नकआउट चरणमा पुग्न सफल भयो। जर्मनी समूह ‘ई’ को दोस्रो खेलमा कुरासाओले इक्वेडरलाई बराबरीमा रोकेपछि समूह विजेता बन्ने निश्चित भएको थियो। अब जुन २९ मा बोस्टनमा जर्मनीले पराग्वेको सामना गर्ने छ।

अर्जेन्टिना
कीर्तिमानी कप्तान लियोनेल मेसीको प्रेरणादायी प्रदर्शनमा साविक विजेता अर्जेन्टिनाले मात्र दुई खेल खेलिसक्दा अर्को चरणको यात्रा तय गर्योण। अल्जेरियाविरुद्ध ३-० र अस्ट्रियाविरुद्ध २-० को जित निकाल्दा सबै गोल कप्तान मेसीले नै गरे। सोही दिन जोर्डन अल्जेरियासँग पराजित भएपछि अर्जेन्टिना समूह ‘जे’ को विजेता बन्ने निश्चित भयो। उसले अन्तिम खेलमा जोर्डनलाई हरा३-१ ले हराउँदै शतप्रतिशत जित निकाल्यो। अब जुलाई ३ मा मियामीमा अर्जेन्टिनाले केप भर्डे सँग प्रतिस्पर्धा गर्नेछ।

फ्रान्स
सन् २०१८ को विजेता र २०२२ को उपविजेता फ्रान्सले एक खेल बाँकी छँदै समूह ‘आई’ बाट अघिल्लो चरणको टिकट काट्यो। स्टार फरवार्ड केलियन एम्बाप्पेले सेनेगल र इराकविरुद्धका दुवै खेलमा २-२ गोल गर्दै टोलीलाई जित दिलाए। आफ्नो अन्तिम खेलमा नर्वेलाई पराजित गरेपछि फ्रान्सले जुन ३० मा न्युयोर्क न्युजर्सीमा स्वीडेनसँगको भेट पक्का गरेको छ।

नर्वे
विश्वकपमा फर्कन २८ वर्ष लामो पर्खाइ गरेको स्टाले सोल्बाकेनको टोलीले अर्लिङ हालान्डको गोलको मद्दतमा समूह ‘आई’ बाट सहजै छनोट हुन सफल भयो। इराक र सेनेगललाई पाखा लगाएको नर्वे फ्रान्सपछि समूहमा दोस्रो हुँदै अघि बढेको हो। अब जुन ३० मा डलासमा नर्वेले समूह ‘ई’ को उपविजेता आइभोरी कोस्टको सामना गर्नेछ।

कोलम्बिया
आफ्नो सुरुवाती खेलहरूमा उज्बेकिस्तान र कंगोलाई लगातार पराजित गर्दै नेस्टर लोरेन्जोको टोलीले राउन्ड अफ ३२ मा स्थान सुरक्षित प्रवेश पायो। अन्तिम खेलमा पोर्चुगलविरुद्ध बराबरी खेल्दै समूह ‘के’ को विजेताका रुपमा नकआउटमा प्रवेश गर्यो। अब उसले घानासँग ४ जुलाईमा प्रतिस्पर्धा गर्नेछ।

स्विट्जरल्याण्ड
मुरात याकिनको प्रशिक्षणमा रहेको स्विट्जरल्याण्डले समूह ‘बी’ का तीन खेलबाट ७ अंक जोड्यो। अन्तिम खेलमा क्यानडालाई पराजित गरेसँगै यस टोलीले जुलाई ३ जुलाईमा भ्यानकुभरमा समूह जे बाट उत्कृष्ट तेस्रो भएर पुगेको अल्जेरियाको सामना गर्नेछ।

क्यानडा
सह-आयोजक क्यानडाले यो प्रतियोगितामा पहिलो पटक आफ्नो घरेलु मैदान छोड्नु पर्ने छ। समूह ‘बी’ मा उपविजेता बनेको क्यानडाले २८ जुनमा लस एन्जलसमा समूह ‘ए’ को उपविजेता दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ।

ब्राजिल
पाँच पटकको विश्वविजेता ब्राजिलले स्कटल्याण्डलाई ३-० ले पराजित गर्दै समूह ‘सी’ को शीर्ष स्थान हासिल गर्योि। अब जुन २९ मा ह्युस्टनमा ब्राजिलले समूह ‘एफ’ को उपविजेता जापानसँग प्रतिस्पर्धा गर्नेछ।

मोरक्को
‘एटलस लायन्स’ उपनामले चिनिने मोरक्कोले हाइटीमाथि ४-२ को सानदार जित निकाल्दै समूह ‘सी’ को उपविजेता बन्ने पक्का गर्यो । अब जुन २९ मा मोन्टेरेमा मोरक्कोले समूह ‘एफ’ को विजेता नेदरल्याण्ड्सको सामना गर्नेछ।

बोस्निया एन्ड हेर्जेगोभिना
यो युरोपेली टोलीले कतारलाई ३-१ ले हराउँदै समूह ‘बी’ मा ४ अंक जोड्यो। त्यसको केही घण्टापछि नै बोस्निया उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीका रूपमा अर्को चरणका लागि छनोट भयो। अब जुलाई १ मा सान फ्रान्सिस्को बे एरिया स्टेडियममा यस टोलीले सह-आयोजक अमेरिकासँग खेल्ने छ।

दक्षिण अफ्रिका
‘बाफाना बाफाना’ (दक्षिण अफ्रिका) ले आफ्नो इतिहासमै पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान बनाएको छ। पहिलो खेलमा मेक्सिकोसँग पराजित भए पनि चेकियासँग बराबरी खेल्दै र अन्तिम खेलमा दक्षिण कोरियालाई हराउँदै टोलीले मोन्टेरे र देशैभर खुसीयाली छाएको छ। सह-आयोजक क्यानडासँग आइतबार, जुन २८ मा लस एन्जलसमा हुने उनीहरूको खेलसँगै राउन्ड अफ ३२ को सुरुवात हुनेछ।

आइभोरी कोस्ट
यो अफ्रिकी टोलीले इक्वेडर र कुरासाओमाथि जित निकाल्दै समूह ‘ई’ मा दोस्रो स्थान सुरक्षित गर्यो्। अब जुन ३० मा डलासमा हुने राउन्ड अफ ३२ को खेलमा आइभोरी कोस्टले समूह ‘आई’ को उपविजेता नर्वेको सामना गर्नेछ।

इक्वेडर
यो दक्षिण अमेरिकी टोलीले समूह ‘ई’ को आफ्नो अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जर्मनीलाई २-१ ले हरायो। यसअघि आइभोरी कोस्टसँग पराजित भएको र कुरासाओसँग गोलरहित बराबरीमा रोकिएको इक्वेडर ४ अंकका साथ तेस्रो स्थानमा रहँदै अघि बढ्न सफल भयो। अब जुन ३० मा उसको सामना सह-आयोजक मेक्सिकोसँग हुनेछ।

नेदरल्याण्ड्स
रोनाल्ड कोम्यानको टोलीले जापानसँगको सुरुवाती बराबरीपछि स्वीडेन र ट्युनिसियालाई पराजित गर्दै समूह ‘एफ’को शीर्ष स्थान हासिल गर्‍यो। अब जुन २९ मा मोन्टेरे स्टेडियममा नेदरल्याण्ड्सले मोरक्कोको सामना गर्नेछ।

जापान
एसियाली टोली जापानले समूह ‘एफ’ मा नेदरल्याण्ड्स र स्वीडेनसँग बराबरी खेल्दै तथा ट्युनिसियालाई हराउँदै दोस्रो स्थान हासिल गर्यो । अब जुन २९ मा ह्युस्टनमा जापानले समूह ‘सी’को विजेता ब्राजिलको कठिन चुनौती सामना गर्नेछ।

स्वीडेन
स्वीडेन आफ्नो अन्तिम खेलमा जापानसँग बराबरी खेल्दै उत्कृष्ट आठमा तेस्रो स्थान हासिल गर्ने टोलीको रूपमा अर्को चरणमा प्रवेश गर्न सफल भयो। यसअघि स्वीडेनले ट्युनिसियामाथि सहज जित दर्ता गरेको थियो भने नेदरल्याण्ड्ससँग ठूलो अन्तरको हार ब्यहोरेको थियो। अब जुन ३० मा न्युयोर्क न्युजर्सीमा स्वीडेनले फ्रान्सको सामना गर्नेछ।

अस्ट्रेलिया
‘सकरुज’ (अस्ट्रेलिया) ले टर्कीविरुद्ध ३ अंक जोड्दै र पराग्वेसँग बराबरी खेल्दै समूह ‘डी’ मा दोस्रो स्थान हासिल गरेर नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गर्योा। अब जुलाई ३ मा डलासमा अस्ट्रेलियाले समूह ‘जी’ को उपविजेता इजिप्टसँग खेल्ने छ।

यो पनि पढ्नुहोस्

११ स्वर्ण जित्दै आर्मी बन्यो राष्ट्रिय बक्सिङको च्याम्पियन

११ स्वर्ण जित्दै आर्मी बन्यो राष्ट्रिय बक्सिङको च्याम्पियन

४ घण्टा अगाडि
उपबिजेता पाेर्चुगल नकाउट चरणमा प्रवेश

उपबिजेता पाेर्चुगल नकाउट चरणमा प्रवेश

१ दिन अगाडि

स्पेन
सन् २०१० को विश्वविजेता स्पेनले केप भर्डेसँगको सुरुवाती बराबरीपछि साउदी अरब र उरुग्वेलाई पराजित गर्दै समूह ‘एच’ को शीर्ष स्थान हासिल गर्योछ। जुलाई २ मा लस एन्जलसमा स्पेनले समूह ‘जे’ को उपविजेता टोली अस्ट्रियाको सामना गर्नेछ।

केप भर्डे
विश्वकपमा पहिलो पटक डेब्यु गरेको यस टोलीले विश्वभरका फुटबल प्रेमीहरूको मन जित्न सफल भयो। स्पेन, उरुग्वे र साउदी अरब सबैसँग बराबरी खेल्दै केप भर्डे समूह ‘एच’ मा अपराजित रहँदै उपविजेता बन्यो। अब जुलाई ३ मा मियामीमा यस टोलीको सामना साविक विजेता अर्जेन्टिनासँग हुनेछ।

पराग्वे
यो दक्षिण अमेरिकी राष्ट्र समूह ‘डी’ मा अमेरिका र अस्ट्रेलियापछि तेस्रो स्थानमा रह्यो। त्यसको २४ घण्टापछि पराग्वे उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीका रूपमा अर्को चरणमा पुग्न सफल भयो। यसको पुरस्कार स्वरूप अब जुन २९ मा बोस्टनमा पराग्वेले जर्मनीको सामना गर्नेछ।

बेल्जियम
प्रतियोगितामा निकै सुस्त सुरुवात गर्दै इजिप्ट र इरानसँग बराबरी खेलेको बेल्जियमले आफ्नो अन्तिम खेलमा लय समात्यो। अन्तिम खेलमा न्युजिल्याण्डलाई ५-१ को भारी अन्तरले पराजित गर्दै बेल्जियमले जुलाई १ मा सियाटलमा समूह सेनेगलसँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ।

इजिप्ट
आफ्नो अन्तिम खेल सुरु हुनुअघि नै अर्को चरणको यात्रा पक्का गरिसकेको इजिप्टले समूह ‘जी’ को रोमाञ्चक अन्तिम दिन इरानसँग १-१ को बराबरी खेल्दै समूहमा दोस्रो स्थान हासिल गर्यो’। अब जुलाई ३ मा डलासमा ‘द फारोज’ (इजिप्ट) ले समूह ‘डी’ को उपविजेता अस्ट्रेलियाको सामना गर्नेछ।

सेनेगल
‘टेरङ्गाका सिंहहरू’ (सेनेगल) ले आफ्नो अन्तिम खेलमा इराकलाई ५-० को विशाल अन्तरले पराजित गर्दै उत्कृष्ट तेस्रो स्थान हासिल गर्यो। समूह ‘जी’ का खेलहरू सकिएसँगै सेनेगल अर्को चरणमा पुग्न सफल भयो। अब उसले बेल्जियमसँग जुलाई १ मा सियाटलमा प्रतिस्पर्धा गर्ने छ।

इङ्गल्याण्ड
थोमस टुचेलको टोलीले क्रोएसिया र पानामा माथि जित निकाल्दै तथा घानासँग बराबरी खेल्दै समूह ‘एल’ को शीर्ष स्थान हासिल गर्यो । ‘थ्री लायन्स’ (इङ्गल्याण्ड) अब एटलान्टा प्रस्थान गर्ने छ, जहाँ उनीहरूले जुलाई १ मा कंगोसँग प्रतिस्पर्धा गर्नेछ।

क्रोएसिया
सन् २०१८ को उपविजेता र २०२२ को सेमिफाइनलिस्ट क्रोएसिया पहिलो खेलमा इङ्गल्याण्डसँग पराजित भए पनि पानामा र घानालाई हराउँदै समूह ‘एल’ को उपविजेता बन्यो। अब जुलाई २ मा टोरन्टोमा क्रोएसियाले समूह ‘के’ को उपविजेता टोली पोर्चुगल सँग खेल्ने छ।

घाना
‘ब्ल्याक स्टार्स’ (घाना) समूह ‘एल’ बाट उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीको रूपमा छनोट भयो। अब जुलाई ३ मा कान्सास सिटी स्टेडियममा घानाले समूह ‘के’ को विजेता अर्थात दक्षिण अमेरिकी टोली कोलम्बियासँग खेल्ने छ।

पोर्चुगल
पोर्चुगलले आफ्नो अन्तिम समूह चरणको खेल खेल्नु अगावै राउन्ड अफ ३२ मा स्थान सुरक्षित गरिसकेको थियो। पहिले नै ४ अंक जोडिसकेको पोर्चुगललाई समूह ‘एच’ को समीकरणले अर्को चरण पुग्न पर्याप्त बनाइदियो। तर समूह विजेताका लागि कोलम्बियाविरुद्ध जित्नै पर्ने खेलमा बराबरीमा रोकिंदा समूह ‘के’ को उपविजेतामा सिमित हुँदा क्रोएसियासँग जुलाई २ मा टोरेन्टोमा भेट पक्का गर्न बाध्य भयो।

अल्जेरिया
अल्जेरियाले विश्वकप इतिहासकै सबैभन्दा नाटकीय र स्मरणीय खेल खेल्दै राउन्ड अफ ३२ मा आफ्नो स्थान सुरक्षित गरेको छ। समूह ‘जे’ को आफ्नो अन्तिम खेलमा अस्ट्रियासँग ३-३ को रोमाञ्चक बराबरी खेलेपछि अल्जेरिया उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीको रूपमा अघिल्लो चरणमा प्रवेश गर्योल। कप्तान रियाद महरेजले दोस्रो हाफमा दुई उत्कृष्ट गोल गर्दै टोलीको संकट टारेका थिए। अब अल्जेरियाले जुलाई २ मा भ्यानकुभरको स्विट्जरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

अस्ट्रिया
अस्ट्रियाले पनि अल्जेरियाविरुद्धको सोही ६ गोलको रोमाञ्चक थ्रिलर (३-३ को बराबरी) पछि सन् १९८२ यता पहिलो पटक विश्वकपको नकआउट चरणमा पुग्ने ऐतिहासिक सफलता पायो। खेलको इन्जुरी समयको अन्तिम सेकेन्डमा (९६औं मिनेट) मा वैकल्पिक खेलाडी सासा कालाज्दिच ले सानदार गोल गर्दै अस्ट्रियालाई हार र प्रतियोगिताबाट बाहिरिनुबाट जोगाएका थिए। यो बराबरीसँगै अस्ट्रिया समूह ‘जे’ मा अर्जेन्टिनापछि दोस्रो स्थानमा रहँदै अघि बढेको हो। अब जुलाई २ मा लस एन्जलस स्टेडियममा अस्ट्रियाले युरोपेली च्याम्पियन स्पेनको सामना गर्नेछ।

कंगो
समूह ‘के’ मा रहेको कंगो डीआरले आफ्नो दमदार खेलको बलमा अर्को चरणको टिकट काटेको छ। पहिलो खेलमा पोर्चुगलसँग बराबरी खेलेर सनसनि मच्चाएको कंगो कोलम्बियासँग पराजित भएको थियो। तर अफ्रिकी टोलीले उत्कृष्ट पुनरागमन गर्दै उज्बेकिस्तानलाई ३-१ ले पाखा लगाउँदै उत्कृष्ट तेस्रो टोलीका रुपमा समूहबाट नकआउट चरणमा पुग्ने इतिहास बनायो। अब जुलाई १ मा एटलान्टा स्टेडियममा कंगोले उपाधि दाबेदार इङ्गल्याण्डको सामना गर्नेछ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरमा हाथु  द्यःकाे आगमन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

युरोपमा तातो लहरबाट १ हजार ३०० जनाको मृत्यु

११ स्वर्ण जित्दै आर्मी बन्यो राष्ट्रिय बक्सिङको च्याम्पियन

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

कृषिमा आधुनिकीकरण आवश्यक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक