मङ्ल, असार ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारले रोकेको सवारीसाधनको दर्ता आंशिक खुला

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
Reading Time: 1 min read
0
सरकारले रोकेको सवारीसाधनको दर्ता आंशिक खुला
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले रोकेको सवारीसाधनको दर्ता आंशिक खुला गरेको छ । सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्का गर्ने सरकारको निर्णयका कारण समस्यामा परेका यातायात व्यवसायीको माग आंशिक सम्बोधन गर्दै यातायात व्यवस्था विभागले जेठ ८ गतेसम्म एलसी खोलिएका तथा आयात प्रक्रिया अघि बढिसकेका सार्वजनिक सवारीसाधन दर्ता गर्न सकिने व्यवस्था गरेको हो ।

विभागले असार ८ गते जारी गरेको पत्रमा २०८३ जेठ ७ गतेको निर्णयअनुसार सार्वजनिक सवारीसाधनको नयाँ दर्ता अर्को सूचना जारी नभएसम्म रोक्का रहने उल्लेख गरेको छ । तर निर्णय लागु हुनुअघि नै प्रतितपत्र (एलसी) खोलिसकेका, आयात प्रक्रिया अघि बढाएका तथा नेपाल भित्रिइसकेका सवारीसाधनको आवश्यक कागजात परीक्षण गरी दर्ता प्रक्रिया अगाडि बढाउन सकिने जनाएको छ ।

सरकारको दर्ता रोक्का गर्ने निर्णयपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघले तत्काल आपत्ति जनाउँदै निर्णय पुनर्विचार गर्न माग गरेको थियो । महासंघका अध्यक्ष राजेन्द्रविक्रम बानियाँले कानुनी प्रक्रिया पूरा गरेर आयात गरिएका, बैंकबाट ऋण लिएर खरिद गरिएका तथा बडी निर्माणसमेत सम्पन्न भएका सवारीसाधनलाई दर्ता गर्न नदिनु व्यवसायीमाथि अन्याय हुने जनाएका थिए ।

उनले दर्ता रोक्काका कारण सयौं व्यवसायी आर्थिक दबाबमा परेको, बैंकको ब्याज निरन्तर बढिरहेको र सञ्चालनको तयारीमा रहेका सवारीसाधन पार्किङमै थन्किन बाध्य भएको बताएका थिए । ‘राज्यको नीति परिवर्तनको भार व्यवसायीमाथि थोपर्न मिल्दैन, निर्णयअघि नै एलसी खोलिएका र आयात प्रक्रिया पूरा भइसकेका सवारीसाधन दर्ता हुनुपर्छ, भन्ने महासंघको अडान थियो’ उनले भने ।

महासंघले सरकारलाई दिएको ध्यानाकर्षणपत्रमा पनि जेठ ८ गते वा सोअघि एलसी खोलिएका, नेपाल भित्रिइसकेका तथा बडी निर्माण भइसकेका सार्वजनिक सवारीसाधनलाई दर्ताको अनुमति दिन माग गरिएको थियो । दर्ता रोक्का हुँदा व्यवसायीको लगानी जोखिममा परेको, बैंक तथा वित्तीय संस्थाप्रतिको दायित्व बढेको र सार्वजनिक यातायात सेवासमेत प्रभावित भएको महासंघले जनाएको छ ।

महासंघको मागपछि विभागले जेठ ८ गतेसम्म एलसी खोलिसकेका सवारीसाधनको दर्ता प्रक्रिया अगाडि बढाउन सकिने व्यवस्था गरेको महासंघले उल्लेख गरेको छ ।

विभागको निर्णयलाई स्वागत गर्दै अध्यक्ष बानियाँले तत्कालीन समस्यामा परेका व्यवसायीलाई केही राहत मिलेको प्रतिक्रिया दिएका छन् । साथै उनले आगामी दिनमा सार्वजनिक सवारीसाधनको आयात, दर्ता तथा व्यवस्थापनसम्बन्धी नीति बनाउँदा सरोकारवालासँग परामर्श गरी आवश्यकताको आधारमा अध्ययन–अनुसन्धान गरेर मात्र आयात नीति ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

बजारको वास्तविक आवश्यकता, लगानीको अवस्था र सार्वजनिक यातायातको मागको वस्तुगत अध्ययन नगरी गरिने नीतिगत निर्णयले व्यवसायी, बैंक तथा समग्र यातायात क्षेत्रलाई असर पार्ने भएकाले भविष्यमा यस्ता निर्णय तथ्य र अध्ययनमा आधारित हुनुपर्ने उनले जनाए ।

यो पनि पढ्नुहोस्

सियोनको स्वर, योगेन्द्र शब्द संगीतमा ‘कहीँ नभाको जात्रा’ सार्वजनिक 

सियोनको स्वर, योगेन्द्र शब्द संगीतमा ‘कहीँ नभाको जात्रा’ सार्वजनिक 

५ घण्टा अगाडि

प्रदेशमा प्रहरी अधिकार, उत्तरदायित्व र राष्ट्रिय सुरक्षाको प्रश्न

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बुद्धका आँखाहरू: बौद्ध स्तूपको जीवन्तता

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नर्वे विश्वकपको नकाउट चरणमा प्रवेश

प्रथम उपमेयर कप खो खो प्रतियोगिता

चारवटा अध्यादेश अलपत्र

फ्रान्स विश्वकपको अन्तिम ३२ मा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक