मङ्ल, असार ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मदनकृष्ण श्रेष्ठको जीवनमाथि चलचित्र ‘मदनकृष्ण’ बन्ने

धारणा न्यूज by धारणा न्यूज
५ घण्टा अगाडि
0
मदनकृष्ण श्रेष्ठको जीवनमाथि चलचित्र ‘मदनकृष्ण’ बन्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘मदनकृष्ण’ निर्माणको घोषणा गरिएको छ । काठमाडौंमा आज एक भव्य कार्यक्रम गर्दै बायोपिक चलचित्र ‘मदनकृष्ण’ निर्माणको घोषणा गरिएको हो ।

चलचित्रको औपचारिक शुभारम्भ मदनकृष्ण र उनका हितैषी कलाकार हरिवंश आचार्यले संयुक्तरुपमा गरेका हुन् ।

मदनकृष्णको जिन्दगीका सुख, दुःख समेट्दै उनको सम्पूर्ण जीवन संघर्ष र आरोह–अवरोहलाई समेटेर बायोपिक सिनेमा ‘मदनकृष्ण’ निर्माण हुनेछ ।

बायोपिक ‘मदनकृष्ण’लाई मिलन चाम्सले निर्देशन गर्नेछन् । मिलन चाम्स बायोपिक निर्माणमा अब्बल निर्देशक मानिन्छन् । उनले गत वर्ष चलचित्र ‘अञ्जिला’ निर्माण गरेका थिए, जुन राष्ट्रिय फुटबल टिमकी गोलरक्षक तथा क्याप्टेन अन्जिला तुम्बाप्पेको बायोपिक थियो । यो चलचित्र बक्सअफिसमा सुपरहिट भएको थियो । समीक्षात्मक रुपमा पनि सफल भएको थियो ।

मिलनले बायोपिक ‘बबी’ र ‘ब्लाइन्ड रक्स’ पनि निर्देशन गरेका थिए । जसले राम्रो चर्चा बटुलेका थिए । त्यसैले मिलनलाई बायोपिक निर्माणका लागि कुशल तथा अनुभवी निर्देशक मानिन्छ ।

नेपाली अभिनेताको बायोपिक बन्न लागेको यो पहिलोपटक हो । अन्य क्षेत्रका व्यक्तिको बायोपिक बने पनि नेपाली अभिनेताको बायोपिक भने हालसम्म बनेको थिएन । समग्र कलाकारमा भने गायक भक्तराज आचार्यको बायोपिक ‘आचार्य’ बनेको थियो ।

मदनकृष्णको बायोपिकमा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् । यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई देख्न पाउनेछन् । उनले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन् ।

मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाहलगायतको कथा बायोपिकमा समावेश हुनेछ । चलचित्रमा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनालको पनि अभिनय रहनेछ ।

यो चलचित्रमा मदनकृष्णको कलाकारिताका पार्टनर हरिवंशको भूमिका कसले निर्वाह गर्नेछन्, यो भने कौतुहलताको विषय छ ।

धिमे बाजाले मदनकृष्णलाई स्वागत गर्दै चलचित्र निर्माणको घोषणा गरिएको थियो । माला र खादाले मदकृष्णलाई बधाई र शुभकामना दिँदा मदकृष्ण भावविह्वल भएका थिए । हरिवंश आचार्यको छेउमा बसेका उनले आसु थाम्न सकेनन् । हरिवंशले उनलाई बायोपिकका लागि शुभकामना दिएका थिए ।

कार्यक्रममा ७६ वर्षिय  वरिष्ठ कलाकार मदनकृष्णले आफूमाथि बन्न लागेको बायोपिक सिनेमालाई लिएर खुसी व्यक्त गरे । ‘म एकदमै खुसी छु । दर्शकले मेरो जीवनबारे अझै नजिकबाट बुझ्न पाउनुहुनेछ’ उनले भने । साथै, उनले आफ्नो सफलतामा हरिवंश आचार्यको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

त्यसैगरी वरिष्ठ कलाकार हरिवंश आचार्यले मदनकृष्णको बायोपिक निर्माण हुनु आफ्नो लागि पनि गर्वको विषय भएको बताए । उनले निर्देशक मिलन चाम्सलाई नेपाली चलचित्र क्षेत्रका साहसी र ऊर्जाशील निर्देशकको रूपमा चित्रित गर्दै चलचित्रले न्यायपूर्ण ढंगले कथा प्रस्तुत गर्ने विश्वास व्यक्त गरे ।

‘चलचित्रका मुख्य क्याप्टेन निर्देशक नै हुन्। मिलन चाम्स नेपाली चलचित्र क्षेत्रमा असाध्यै आँटिला र जागरिला निर्देशक हुनुहुन्छ। उहाँले यो गम्भीर र महत्वपूर्ण कथालाई न्याय दिन सक्नुहुन्छ भन्ने मलाई विश्वास छ,’ उनले भने ।

आचार्यले मदनकृष्ण श्रेष्ठको परिवारलाई समेत बधाई दिँदै चलचित्र नेपाली चलचित्र क्षेत्रमा सार्थक र स्मरणीय कृतिका रूपमा स्थापित हुने अपेक्षा व्यक्त गरे ।

यस्तै, कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नेपाली कला क्षेत्रका अत्यन्त सम्मानित व्यक्तित्व भएको उल्लेख गरे । उनले बायोपिक निर्माण आफैंमा चुनौतीपूर्ण कार्य भएको भन्दै कलाकार तथा मेकअप टिमले पनि ठूलो मेहनत गर्नुपर्ने बताए ।

‘नेपाली कला जगतले जहिले पनि उठेर सम्मान गर्ने र शिर झुकाएर नमन गर्ने व्यक्तित्वहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य हुनुहुन्छ । बायोपिक बनाउनु आफैंमा चुनौतीपूर्ण काम हो । कलाकारहरूलाई जत्तिकै मेकअप गर्ने साथीहरूलाई पनि कठिन हुनेछ,’ उनले भने ।

निर्देशक मिलन चाम्सको नेतृत्वमा बन्ने उक्त चलचित्र नेपाली चलचित्र उद्योगका लागि अर्को माइलस्टोन सावित हुने विश्वाससमेत उनले व्यक्त गरे ।

कार्यक्रममा गायिका आनी छोइङले स्वस्ति वाचन गरेकी थिइन् । त्यसअघि आज बिहान निर्माण टिम पशुपतिनाथको मन्दिर पुगेर पूजाआजा गरेको थियो ।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘मदनकृष्ण’लाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन् । लोकप्रिय कलाकार भएकाले मदनकृष्णको बायोपिक प्रतिक्षित बन्ने निश्चित छ ।

चलचित्रको कथा तथा पटकथा यम थापाले लेखेका हुन् । पदम बहादुर श्रेष्ठ (बाबु श्रेष्ठ) डीओपी रहेको चलचित्रमा मिलन श्रेष्ठ सम्पादन, अलिश कार्की ब्याकग्राउन्ड म्युजिक, भरत कँडेल साउन्ड डिजाइन रहेका छन् ।

यो पनि पढ्नुहोस्

सियोनको स्वर, योगेन्द्र शब्द संगीतमा ‘कहीँ नभाको जात्रा’ सार्वजनिक 

सियोनको स्वर, योगेन्द्र शब्द संगीतमा ‘कहीँ नभाको जात्रा’ सार्वजनिक 

५ घण्टा अगाडि
गायक हिमाल घर्ती मगरको ‘ए साइली’ सार्वजनिक

गायक हिमाल घर्ती मगरको ‘ए साइली’ सार्वजनिक

१ दिन अगाडि

भदौ दोस्रो सातादेखि छायांकन सुरु गरिने यो चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफ.डी. कम्पनीले वितरण गर्ने छन् । डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ रहेको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बुद्धका आँखाहरू: बौद्ध स्तूपको जीवन्तता

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नर्वे विश्वकपको नकाउट चरणमा प्रवेश

प्रथम उपमेयर कप खो खो प्रतियोगिता

चारवटा अध्यादेश अलपत्र

फ्रान्स विश्वकपको अन्तिम ३२ मा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक