काठमाडौं । गायक हिमाल घर्ती मगरको स्वरमा सजिएको गीत ‘ए साइली’ सार्वजनिक गरिएको छ । मौलिक लोकभाका र आधुनिक संगीतको संयोजन भएको यो गीतले दर्शक तथा श्रोतामाझ विशेष स्थान बनाउने अपेक्षा गरिएको छ ।
गायक स्वयंको शब्द, संगीत रहेको यस गीतको म्युजिक भिडियोमा करण शाही र प्रिती गुरुङले अभिनय गर्नुभएको छ । विकास पुन मगरले निर्देशन गर्नुभएको यस भिडियोलाई गणेश सापकोटाले खिच्नुभएको हो । म्युजिक भिडियोको सम्पादन तथा रङ संयोजन राकेश दाहालले गर्नु भएको छ । भिडियो यहाँ उपलब्ध छ ।


