शनि, असार ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सिथि नखः पर्व मनाइँदै

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
0
आज सिथि नखः
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। नेवार समुदायको प्रत्येक बर्षकाे अन्तिम चाड पर्वकाे रूपमा लिइने सिथि नखः पर्व आज परेकाे छ । यो चाड अन्य भन्दा भिन्न रहेकाे छ। यस अर्थमा कि नेवारहरूको धेरै चाडपर्वमा भोजभतेर गर्ने, मन्दिर जाने, बाजागाजा बजाउने इत्यादि रहे पनि यस पर्वमा भने पानीका परम्परागत स्रोतहरूको सरसफाइ गर्ने गरिन्छ। सिथि नखः पर्वको दिन इनार, ढुंगेधारा, कुवा, पोखरी सफा गर्ने गरिन्छ।

सबै टोलबासीहरू मिलेर आआफ्नो टोल अगाडि भएका इनार, ढुंगेधारा, कुवा, पोखरी आदि सफा गर्ने चलन अद्यापि जस्ताको तस्तै चलिआएको छ। नेवारहरूको बस्ती रहेका देशैभरका कुनाकाप्चामा यो दिन यसरी नै पर्व मनाइन्छ।ग्रीष्म सकिएर वर्षा याम सुरु हुने बेला पर्ने जेष्ठ शुक्लपक्षको षष्ठी तिथि मा सिथि नखः मनाइन्छ।

लामो समयदेखिको सुख्खायाम भएकाले यसबेला पानीको सतह पूरै घट्ने भएकाले इनार, कुवा, पोखरी र ढुंगेधारा सफा गर्न सजिलो हुने जनाइन्छ।  सिथि नखःका दिन मुहान सफा ग¥यो भने वर्षभरि पानीको अभाव हुँदैन भन्ने जनविश्वास पनि रहेको छ। सिथि नखःको दिन सफा गरेको इनार, ढुंगेधारा, कुवा र पोखरीको पानी चार दिन नभएसम्म चलाउन नहुने परम्परा रहेको छ।

चार दिनपछि पूजा गरेर पानी चलाउने चलन छ। पानीको मुहान सफा गरेपछि पानी जम्न समय लाग्नुका साथै फोहोर हुने भएकाले चार दिनपछि मात्रै चलाउने गरिन्छ।त्यसो त सिथि नखः को दिन पनि भोज नखाने होइन। यो दिन मास, मुगी, केराउ लगायतका दालहान पकवान पकाउने चलन छ। यस दिन बारा, चटामरी, पापड, मालपुवा, र म्हुछ्यामारी (मुठी पारी बनाइको एक किसिमको रोटी) आदि पकवान पकाएर खाने रहेकाे चलन छ।

यो पनि पढ्नुहोस्

रातो मच्छिन्द्रनाथको भोटो आज  देखाइने

रातो मच्छिन्द्रनाथको भोटो आज  देखाइने

१ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

उपत्यकामा मध्यम वर्षा हुने सम्भावना

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

दक्षिण कोरियालाई पराजित मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उपत्यकामा मध्यम वर्षा हुने सम्भावना

चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरी खेल्याे

इजरायल र लेबनन युद्धविराम गर्न सहमत

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक