आइत, असार ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बाँकेमै पहिलो बन्यो नरैनापुर : ४९ करोड बढीको बजेट सर्वसम्मत पारित, २०औँ गाउँसभा सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
१२ घण्टा अगाडि
Reading Time: 1 min read
0
बाँकेमै पहिलो बन्यो नरैनापुर : ४९ करोड बढीको बजेट सर्वसम्मत पारित, २०औँ गाउँसभा सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बाँके  । नरैनापुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गर्दै बाँके जिल्लामै सबैभन्दा पहिले बजेट स्वीकृत गर्ने स्थानीय तहको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ।
गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहको सभाध्यक्षतामा सम्पन्न गाउँसभाको २०औँ अधिवेशनले आर्थिक विधेयक तथा विनियोजन विधेयक २०८३ सर्वसम्मत रूपमा पारित गर्दै आगामी वर्षको विकास तथा सेवा प्रवाहको मार्गचित्र तय गरेको हो।
गाउँसभामा अध्यक्ष शाहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने गाउँपालिका उपाध्यक्ष जयन्ती श्रीवास्तवले रु ४९ करोड २ लाख ८३ हजार बराबरको बजेट पेश गर्नुभएको थियो। छलफलपश्चात् गाउँसभाले नीति, कार्यक्रम, आर्थिक विधेयक तथा विनियोजन विधेयक सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।
पारित नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा सामाजिक विकासलाई उच्च प्राथमिकतामा राखिएको छ। गाउँपालिकाले विशेष गरी दलित, मुस्लिम, मधेसी, थारु लगायतका समुदायको आर्थिक, सामाजिक तथा शैक्षिक सशक्तीकरणका लागि लक्षित कार्यक्रम समेटेको जनाएको छ।
गाउँपालिका अध्यक्ष शाहले सीमित स्रोतसाधनका बीच पनि नागरिकको जीवनस्तर उकास्ने, आधारभूत सेवामा पहुँच विस्तार गर्ने तथा समावेशी विकासलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ बजेट तथा कार्यक्रम निर्माण गरिएको बताउनुभयो। उहाँले आगामी वर्ष विकास निर्माणसँगै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
गाउँसभामा वडा नं. १ का अध्यक्ष इसाक जोलाहा, वडा नं. २ का अध्यक्ष मसुद अहमद शाह, वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, वडा नं. ५ का अध्यक्ष कृष्णचन्द्र मौर्य तथा वडा नं. ६ का अध्यक्ष प्रेम मौर्यलगायतले नीति तथा बजेटमाथि आफ्नो धारणा राख्दै समयमै बजेट ल्याउनु सकारात्मक कदम भएको बताएका थिए। उनीहरूले पारित कार्यक्रम प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए।
प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले आर्थिक विधेयक र विनियोजन विधेयक पारित भएसँगै गाउँसभाको २०औँ अधिवेशन सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो। उहाँले पारित नीति तथा कार्यक्रमलाई परिणाममुखी ढंगले कार्यान्वयन गर्न सम्पूर्ण कर्मचारी संयन्त्र प्रतिबद्ध रहेको बताउनुभयो।
गाउँपालिकाका लेखा अधिकृत प्रकाश अधिकारीका अनुसार नरैनापुर गाउँपालिका बाँके जिल्लामै आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्ने पहिलो स्थानीय तह बनेको छ। उहाँले समयमै बजेट पारित हुनु सुशासन, वित्तीय अनुशासन, योजना कार्यान्वयनको प्रभावकारिता तथा विकासप्रतिको संस्थागत प्रतिबद्धताको महत्वपूर्ण संकेत भएको उल्लेख गर्नुभयो।
स्थानीय तहहरूले असार १० गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाबीच नरैनापुरले समयभन्दा अगावै बजेट पारित गरेर उदाहरणीय अभ्यास प्रस्तुत गरेको सरोकारवालाहरूको भनाइ छ।
कार्यक्रममा कार्यपालिका सदस्य, गाउँसभा सदस्य, विषयगत शाखा प्रमुख, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यो पनि पढ्नुहोस्

रातो मच्छिन्द्रनाथको भोटो आज  देखाइने

रातो मच्छिन्द्रनाथको भोटो आज  देखाइने

१० घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

उपत्यकामा मध्यम वर्षा हुने सम्भावना

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

दक्षिण कोरियालाई पराजित मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उपत्यकामा मध्यम वर्षा हुने सम्भावना

चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरी खेल्याे

इजरायल र लेबनन युद्धविराम गर्न सहमत

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक