काठमाडौं । बर्डफ्लु देखिएपछि जावलाखेलस्थित सदर चिडियाखाना बन्द भएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले शुक्रबार सूचना जारी गर्दै अर्को सूचना प्रकाशन नभएसम्मका लागि सदर चिडियाखाना बन्द गरिएको जनाएको हो।
‘सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुहरुमा बर्डफ्लु संक्रमण देखिएकोले आमसर्वसाधारण दर्शकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै आज मिति २०८३ साल आषाढ ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द गरिएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछौँ,’ सूचनामा भनिएको छ।
पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा बर्डफ्लु देखिएको छ।


