बुध, असार ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘दर्शनशास्त्रको इतिहास’ परिचर्चाः नेपाली परिवेश अनुसार मार्क्सवाद रक्षा र विकास आवश्यक

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
Reading Time: 1 min read
0
‘दर्शनशास्त्रको इतिहास’ परिचर्चाः नेपाली परिवेश अनुसार मार्क्सवाद रक्षा र विकास आवश्यक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कम्युनिस्टले मार्कसवादी आदर्श छाड्दै जाँदा सत्ता र शक्तिमा ‘लोकप्रियतावदी’ हावि भएको वक्ताहरुले जिकिर गरेका छन् । बुधबार संवाद डबलीमा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता समेत रहेका लेखक हेमन्तप्रकाश ओली ‘सुदर्शन’को ‘दर्शनशास्त्रको इतिहास’ पुस्तक परिचर्चा कार्यक्रममा टिप्पणीकारले देशका सबै कम्युनिस्टले गम्भीर समिक्षा गर्नुपर्ने बताएका हुन् ।

उक्त पुस्तकमाथि चर्चा गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव सिपी गजुरेलले ‘गौरब’ले पार्टी स्कुलिङका लागि महत्वपूर्ण सामग्री थपिएको बताए । नेपालमा तितरबितर रहेका सबै कम्युनिस्ट एक हुनुपर्नेमा जोड दिदै गुजुरेलले भने, ‘हाम्रो ठूलो त्यागबाट भएको परिवर्तनको रक्षा र विकासका लागि सबै एक हुन आह्वान गर्दछु ।’

नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले लेखकको पुस्तकमाथि टिप्पणी गर्दै दर्शनशास्त्र अध्ययन गर्ने बानी कम भएको बेला ‘दर्शनशास्त्रको इतिहास’ले कम्युनिस्टका लागि महत्वपूर्ण पुस्तक भएको जिकिर गरे । ज्ञवालीले नेपाली कम्युनिस्ट आफ्नो आदर्शबाट विमुख हुँदा विचार तथा सिद्धान्त विहिन सत्ता र शक्तिमा पुगेको भनाई राखे ।

नेकपा(बहुमत)का महासचिव धमेन्द्र बास्तोला ‘कञ्चन’ले दर्शनशास्त्रलाई आफ्नै तरिकारले बुझ्ने र व्याख्या गर्ने प्रचलन बढ्दै गएको सन्दर्भमा शुदर्शनको पुस्तकले सहजिकरण गरेको बताए । उनले मार्कसवाद पुरानो भयो भन्ने बहस चलिरहेको सन्दर्भमा कहिल्यै पनि पुरानो नहुने धारणा राखे । बास्तोलाले सबै कम्युनिस्ट एक भएर अगाडि बढ्नुपर्ने धारणा राखे ।

प्रगतिशील लोकतान्त्री पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेपाली कम्युनिस्टले बिचार र आदर्शलाई त्याग्दै जाँदा ७० प्रतिशतबाट २० प्रतिशतमा झरेको बताए । आफू माओवादीमा रहँदै गर्दा धेरै पहिलेबाट परिवर्तनको अभियान चलाउँदा धेरै प्रहार खेप्नु परेको बताउँदैे शर्माले भने, ‘हामी समयानुसार बदलिनुपर्छ, हामी कम्युनिस्ट मूल्यबाट च्युत हुँदैछौं भन्दा तँनै जा भन्ने व्यवहार गरियो ।’ शर्माले थप्दै भने, ‘अब हामी सबै कम्युनिस्ट–बामपन्थी सके एकता गरौं नभए मोर्चा बनाएर पपुलिजम विरुद्ध मोर्चा बनाउँ’ शर्माले थपे ।

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुती’ले मार्कसवाद कहिल्यै पनि पुरानो नहुने बरु नेपाली परिवेश अनुसार यसको मौलिक प्रयोग गरिनुपर्ने धारणा राखे ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता परि थापाले दर्शनशास्त्र पढेकाले मूल्य मान्यता त्याग्ने र विचार सिद्धान्त नभएकाहरु सत्तामा पुग्ने अवस्थाले देश कुहीरोभित्रको काग जस्तै भएको जिकिर गरे । थापाले दर्शनशास्त्रलाई व्यवहारमा लागु गर्न थप प्रयत्न गर्नुपर्ने धारणा राखे ।

नेकपा मशालका नेता समिर सिंहले पुस्तकमा आलोचनात्मक सोच प्रयाप्त रहेको बताउँदै, दर्शनशास्त्रको इतिहास लेख्ने विषय निकै चुनौतिपूर्ण रहेका र उक्त पुस्तकमा पनि धेरै विषय थपघट गर्नुपर्ने सुझा ।

दर्शनशास्त्री गोपिरमण उपाध्यायले दर्शनशास्त्रको इतिहासबारे खोजि गरिरहेका व्यक्तिका लागि उपयुक्त पुस्तक प्रकाशन गरिएको बताउदैँ दर्शनशास्त्रलाई पुस्तकमा मात्रै नभएर व्यवहारमा पनि लागू गर्नुपर्नेमा जोड दिए ।

समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पूर्णबहादुर सिंह ‘समरजंग’ले अहिलेका लोकप्रियतावादी सामाजिक परिवेशमा दर्शनशास्त्रलाई व्यवहारमा लागु गर्ने विषय चुनौतिपूर्ण रहेको बताए ।

पुस्तकका लेखक सुदर्शनले आफूले लामो प्रयासपछि दोस्रो संस्करण प्रकाशन गरेको र टिप्पणीकारले दिएका सुझावलाई आगामी संस्करणमा समेट्ने बताए ।

अखिल (क्रान्तिकारी)का अध्यक्ष महेश श्रेष्ठले पछिल्लो समयमा नवयुवाहरु सामाजिक सञ्जालको प्रभावका कारण अपुरो ज्ञानले भ्रमित भइरहेको बताउँदै भने,“दर्शनशास्त्रको इतिहास पुस्तकले माक्र्सवादी दृष्टिकोण निर्माण्मा महत्वपूर्ण भूमिका खेल्ने हुँदा त्यसको अध्ययन गर्न आह्वान गर्दछु ।”

संगठनका महासचिव नविन खड्काले बदलिदो परिवेशमा नेपाली कम्युनिस्टहरु परिवर्तन हुँननसक्दा कम्युनिस्ट आन्दोलनप्रति वितृष्णा जागेको दाबी गरे ।

क्रान्तिकारी युवा संघका संयोज दोर्जे शेर्पाले समयअनुसार मर्कसवादलार्ई परिमार्जित गर्दै लग्दा नयाँ युवाहरु कम्युनिस्ट धारतिर आकर्षित हुने बताए ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकी नेतृ अम्बिका चन्दले निकै लामो प्रयास पछि सुदर्शनको पुस्तक प्रकाशित भएको र सोले क्रान्तिकारीहरुलाई नयाँ मार्गदर्शन गर्ने विश्वास रहेको बताईन् ।

यो पनि पढ्नुहोस्

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

२ घण्टा अगाडि
विश्वकपकाे पहिलाे खेलमा जोर्डन पराजित

विश्वकपकाे पहिलाे खेलमा जोर्डन पराजित

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेप्से परिसूचक घट्याे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विश्वकपमा फ्रान्सकाे विजयी सुरुआत

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

इरानले खेल समाप्त हुनेबित्तिकै अमेरिका छाड्नुपर्ने

कुपोषणमुक्त र स्वस्थ्य समाज निर्माणमा सबैको भूमिका हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक