काठमाडाैं । विश्वभर कोभिड महामारीमा रगत अभाव भएकाेलाई ध्यानमा राखेर सञ्चालन गरिएकाे श्वेता रक्तदान अभियानले अन्तर्राष्ट्रिय रक्तदाता दिवसकाे अवसरमा आइतबार शुभकामना आदान-प्रदान साथै सम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।
काठमाडौंको चाबहिलस्थित ओम अस्पताल नजिक, टोयोटा पार्कमा सम्पन्न कार्यक्रममा ९० पटक रक्तदान गर्नुभएका काठमाडौ २०, भिमसेनस्थानका शिवरत्न स्थापितका साथै ८८ वर्षीय प्रजातन्त्रका सेनानी तुलसी नारायण श्रेष्ठ, चाबहिलस्थित पशुपति मित्र मा.वि.का पूर्व प्रधानाध्यापक चन्द्रकान्त पण्डित र युवा समाजसेवी अनमोल श्रेष्ठलाई सम्मानित गरिएकाे थियाे ।
साे रक्तदान अभियानका अध्यक्ष श्वेता श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम वरिष्ठ पत्रकार कुमार रञ्जितको संयोजकत्वका सम्पन्न भएको थियाे । कार्यक्रममा रक्तदान कार्यक्रम समेत गरिएकाे थियाे ।
रोजगारका क्रममा मित्रराष्ट्र इजराइल पुगेर पनि रक्तदान र रक्तदाताको माया त्याग्न नसकेकी श्वेताले उतै पनि रक्तदानलाई निरन्तरता दिई नै रहिन्।
विश्व रक्तदाता दिवसका दिन नेपाली रक्तदाताको माया सम्झेर स्वदेश आइपुगेकओ श्वेताले यहाँ त्यस दिन शुभ-कामना आदान-प्रदान कार्यक्रम राखेकी हुन्।
नेपाल रहुञ्जेल रक्त सुन्दरी नामबाट चिनिएकी श्वेता अब अन्तर्राष्ट्रिय जगतमा पनि चिनिन् थालेकी छिन्।


