कीर्तिपुर । कीर्तिपुरकाे आराध्यदेव बाघ भैरव जात्राकाे शुभ अवसरमा भाद्र १ गते आःजु टी क्लबको स्थापना दिवसको बृहत्त रक्तदान कार्यक्रमको आयोजना गरिएकाे छ ।
साे रक्तदान कार्यक्रम कीर्तिपुर नगरपालिका १ वडा देय् पुखू परिसरमा भएको थियो भने उक्त रक्तदान कार्यक्रममा ७३ जना रक्तदाताहरुले उत्साहजनक रुपमा सहभागिता भई रक्तदान गरिएको थियो ।
रक्तदान कार्यक्रममा कीर्तिपुर नगर भेगमै सम्भवतः धेरै पटक रक्तदान गर्नुहुनेहरुमा ६७ औं पटक रक्तदान गर्नुहुने लक्ष्मीकुमार महर्जन, ६६ पटक रक्तदान गर्नुहुने ज्ञानुराजा महर्जन, ५१ पटक रक्तदान गर्नुहुने बेनकुमार महर्जन, ४२ पटक रक्तदान गर्नुहुने सुरेन्द्र मानन्धरले समेत रक्तदान गरेकाे थियो ।
यस्तै, उक्त रक्तदान कार्यक्रममा पहिलो पटक रक्तदान गर्नुहुने जेन–जी समूहका युवाहरुलाई फेरि पनि दोहो¥याई रक्तदान गर्न प्रोत्साहित गरिएको थियो ।
जेन–जी युवाहरुले उत्साहजनक रुपमा सहभागी भई रक्तदान गरिएको उक्त कार्यक्रम विहान ८ बजेदेखि शुरु भई दिउँसो २ बजे सम्पन्न भएको थियो ।
रक्तदान कार्यक्रमको मूख्य आयोजकको रुपमा आःजु टी क्लब रहेको छ भने आरडी फाउण्डेशन नेपाल, ब्लड डोनर्स एशोसिएसन त्रिवि लायन्स रक्तसंचार तथा अनुसन्धान केन्द्रको सहकार्यका सम्पन्न भएको छ ।
आयोजक संस्था आःजु टी क्लबले भाद्र १ गते बाघभैरव जात्राको अवसरमा आउँदो दिनदेखि प्रत्येक वर्ष उक्त दिन रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै जाने जानकारी गराउनु भयाे ।


