सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमेरिकी र इरानी बीचको युद्ध अन्त्य

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
Reading Time: 1 min read
0
अमेरिकी र इरानी बीचको युद्ध अन्त्य
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अमेरिकी र इरानी अधिकारीहरूले आइतबार दुवै देशबीचको युद्ध अन्त्य गर्ने, इरानमाथिको अमेरिकी नाकाबन्दी हटाउने र स्ट्रेट अफ होर्मुज पुन: खोल्ने उद्देश्यसहितको शान्ति ढाँचामा सहमति भएको जनाएका छन् ।

यस सम्झौतामा हस्ताक्षर गर्ने औपचारिक समारोह आगामी जुन १९ तारिख शुक्रबार स्विट्जरल्यान्डमा आयोजना हुने बताइएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले यो जानकारी दिएका हुन् । उनले आफ्नो देशको मध्यस्थकर्ताको भूमिकामा अमेरिका र इरान शान्ति प्रक्रियामा सहमत भएको जानकारी दिएका हुन् ।

शरीफको भनाइ सार्वजनिक भएलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले पनि इरानसँग शान्ति सम्झौता टुंगोमा पुगेको जानकारी दिएका छन् ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले पनि अमेरिकासँग भएको सम्झौताको पुष्टि गरेको छ । उसले लेबनानसहित सबै मोर्चामा तत्काल युद्धविराम र इरानी बन्दरगाहहरूमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी अब अन्त्य हुने  जनाएको छ ।

वक्तव्यमा भनिएको छ, ‘भएका सहमतिका आधारमा लेबनानसहित सबै मोर्चामा जारी युद्ध र सैन्य कारबाही आज रातिदेखि तत्काल तथा स्थायी रूपमा अन्त्य हुनेछ । साथै, इरानविरुद्ध लगाइएको नौसैनिक नाकाबन्दी पनि तत्काल र पूर्ण रूपमा हटाइनेछ ।’

पाकिस्तानका प्रधानमन्त्री शरीफका अनुसार अमेरिका र इरान लेबनानसहित सबै मोर्चामा सैन्य गतिविधि तत्काल र स्थायी रूपमा अन्त्य गर्न सहमत भएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री शरीफले एक्स अकाउन्टमा लेखेका छन्, ‘गहन तथा निरन्तर वार्तापछि हामी संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानबीच शान्ति सम्झौता सम्पन्न भएको घोषणा गर्न पाउँदा खुसी छौं । दुवै पक्षले लेबनानसहित सबै मोर्चामा सैन्य गतिविधि तत्काल र स्थायी रूपमा अन्त्य गर्ने घोषणा गरेका छन् । यस सम्झौतामा हस्ताक्षर गर्ने औपचारिक समारोह आगामी जुन १९ शुक्रबार स्विट्जरल्यान्डमा आयोजना हुनेछ ।’

पाकिस्तानले द्वन्द्वको कूटनीतिक समाधान खोज्न प्रतिबद्धता जनाएकोमा अमेरिका र इरानलाई धन्यवाद व्यक्त गरेको छ । साथै, यस मध्यस्थता प्रयासमा सहयोग पुर्‍याई सम्झौता सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै कतार, साउदी अरब र टर्कीका नेतृत्वप्रति पनि आभार व्यक्त गरेको छ ।

पाकिस्तानी प्रधानमन्त्री शरीफले एक्स अकाउन्टमार्फत यो जानकारी दिएको केही समयपछि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँग शान्ति सम्झौता टुंगोमा पुगेको जानकारी दिएका छन् ।

‘इस्लामिक गणतन्त्र इरानसँगको सम्झौता अब सम्पन्न भएको छ,’ अमेरिकी राष्ट्रपति ट्रम्पले आइतबार वाशिङ्टन समयअनुसार साँझ करिब ५:३० बजे आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन् ।

अब सम्झौता सम्पन्न भइसकेपछि मध्यस्थकर्ताहरूले यसै साता विभिन्न चरणका बैठकहरू सहजीकरण गर्ने बताइएको छ । कार्यान्वयनअघि हुने यी छलफलहरूले प्राविधिक वार्ता तथा औपचारिक हस्ताक्षर समारोहका लागि आधार तयार गर्नेछन् ।

अमेरिका र इरानबीचको शान्ति सम्झौता भएपछि महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुजबाट पुन: निर्वाध तेल ढुवानी सुरु हुने र इन्धनको मूल्य घट्ने अपेक्षा गरिएको छ ।

गत फेब्रुअरी अन्तिम साता अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपश्चिम क्षेत्र तनावग्रस्त भएको थियो भने इन्धन ढुवानी प्रभावित भएपछि मूल्य पनि आकासिएको थियो ।

यो पनि पढ्नुहोस्

केपी मात्रै  समस्या हाेइन

केपी मात्रै समस्या हाेइन

४ मिनेट अगाडि
स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

१३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज विश्व रक्तदाता दिवस

संस्कृति बन्न सकेन रक्तदान

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

नेपाल सरकारलाई सहयोग गर्न अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक