आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भारत–नेपाल साझेदारी एआई सहकार्य हुने

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
Reading Time: 1 min read
0
भारत–नेपाल साझेदारी एआई सहकार्य हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं֬ ।  नेपालस्थित भारतीय दूतावास र नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई) ले संयुक्त रूपमा ‘उदीयमान प्रविधिमा भारत–नेपाल साझेदारी : कृत्रिम बुद्धिमत्ता (एआई) सहकार्यका द्विपक्षीय अवसरहरूको खोजी’ विषयक सेमिनार आयोजना गरेका छन्।

कार्यक्रममा व्यवसाय, सरकार, शैक्षिक क्षेत्र तथा स्टार्टअप समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले नेपाल र भारतबीच कृत्रिम बुद्धिमत्ता क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावनाबारे छलफल गरेका थिए।

सेमिनारमा भारतको चर्चित एआई कम्पनी सर्भम एआईका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा. प्रत्युष कुमारले मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए। सर्भम एआई भारत सरकारको इन्डिया एआई मिसनअन्तर्गत स्वदेशी आधारभूत एआई मोडेल विकासका लागि छनोट भएका १२ संस्थामध्ये एक हो।

साे  संस्थाले २४६ करोड ७२ लाख भारतीय रुपैयाँ बराबरको वित्तीय तथा कम्प्युटिङ सहयोग प्राप्त गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै एनआईसीसीआईका अध्यक्ष सुनिल केसीले नेपाल र भारतबीच प्रविधिमा आधारित आर्थिक सहकार्यलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याए।

उनले भारतीय एआई क्षेत्रलाई नेपालमा आफ्नो उपस्थिति विस्तार गर्न तथा सार्वजनिक र निजी क्षेत्रसँग साझेदारी गर्न आग्रह गरे।

नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव (वाणिज्य) सुमन शेखरले नेपाल–भारतबीचको बलियो आर्थिक तथा व्यापारिक सम्बन्धबारे चर्चा गर्दै डिजिटल क्षमता अभिवृद्धि, स्टार्टअप प्रवर्द्धन र उदीयमान प्रविधिमा ज्ञान आदानप्रदानका साझा चासोहरू रहेको बताए।

उनले इन्डिया–नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्क (आईएन–स्पान) कार्यक्रमको दोस्रो समूह १ जुन २०२६ देखि सुरु भएको जानकारी गराए ।

यस अन्तर्गत नेपालका २५ वटा स्टार्टअपहरूले चेन्नईस्थित आईआईटी मद्रास प्रवर्तक टेक्नोलोजिज फाउन्डेसनमा आठ साताको पूर्ण छात्रवृत्तिसहितको प्रशिक्षण तथा नवप्रवर्तन कार्यक्रममा सहभागिता जनाइरहेका छन्।

पहिलो समूहका नौ स्टार्टअपले आईआईटी मद्रास इन्क्युबेसन सेल र आईआईटी मद्रास प्रवर्तक फाउन्डेसनबाट इन्क्युबेसनको अवसर प्राप्त गरेका थिए।

मुख्य वक्ता डा. कुमारले आफ्नो प्रस्तुतिमा ठूलो भाषा मोडेल (लार्ज ल्याङ्ग्वेज मोडेल) सहित एआईको तीव्र विकास र प्रारम्भिक चरणमा रहेका मुलुकहरूका लागि यसका प्रभावबारे चर्चा गरे।

उनले नयाँ दिल्लीमा सम्पन्न एआई इम्प्याक्ट समिट का अनुभव साझा गर्दै इन्डिया एआई मिसनका सात आधारस्तम्भहरू कम्प्युट, डाटासेट, नवप्रवर्तन, अनुप्रयोग विकास, भविष्यका सीप, स्टार्टअप वित्तपोषण तथा सुरक्षित र विश्वासयोग्य एआईबारे जानकारी गराए।

उनले दुर्गम तथा सेवा पहुँचबाट वञ्चित समुदायसम्म पुग्न भाषणलाई पाठमा रूपान्तरण गर्ने प्रविधिको उपयोगिता, डाटा सार्वभौमिकताको महत्त्व तथा स्वदेशी जनशक्ति विकासको आवश्यकतामाथि जोड दिए।

यसका साथै नेपालका स्टार्टअप र शैक्षिक संस्थाहरूले यस क्षेत्रमा अगाडि बढ्न सक्ने उपायहरू प्रस्तुत गर्दै संयुक्त अनुसन्धान र तालिम कार्यक्रममार्फत भारत–नेपाल सहकार्यलाई मूर्त रूप दिन सकिने बताए।

कार्यक्रममा उदीयमान प्रविधिमा भारत–नेपाल सहकार्य थप गहिरिँदै गएको विषय पनि उजागर गरिएको थियो।

हालै भारत सरकारको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको डिजिटल इन्डिया भाषिनी डिभिजन (डीआईबीडी) र काठमाडौं विश्वविद्यालयको डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एन्ड आर्टिफिसियल इन्टेलिजेन्स केन्द्र (डीपीआई–एआई) बीच भाषा एआई, बहुभाषिक डिजिटल सार्वजनिक पूर्वाधार तथा समावेशी डिजिटल प्रणालीको विकासका लागि सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

साे समझदारीपत्र भारतका विदेशमन्त्री डा. एस. जयशंकर र नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा गत साता नयाँ दिल्लीमा आदानप्रदान गरिएको थियो। भारतका डिजिटल इन्डिया भाषिनी डिभिजनका प्रमुख कार्यकारी अधिकृत अमिताभ नाग र काठमाडौं विश्वविद्यालयका एसोसिएट डिन प्राध्यापक बालकृष्ण बालले समझदारीपत्र आदानप्रदान गरेका थिए।

यसैबीच, १६ देखि २१ फेब्रुअरी २०२६ सम्म नयाँ दिल्लीस्थित भारत मण्डपममा सम्पन्न इन्डिया एआई इम्प्याक्ट समिट–२०२६ मा विश्वका १०० भन्दा बढी देशका प्रतिनिधिमण्डल सहभागी भएका थिए। सम्मेलनले जिम्मेवार तथा समावेशी एआई शासनसम्बन्धी विभिन्न स्वैच्छिक मापदण्ड र प्रतिबद्धता अघि बढाउनुका साथै ९२ देश तथा अन्तर्राष्ट्रिय संस्थाले समर्थन गरेको साझा घोषणापत्र जारी गरेको थियो।

साे सम्मेलनका क्रममा एआई क्षेत्रमा २०० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी प्रतिबद्धता सार्वजनिक भएको थियो भने भारतको सार्वभौम कम्प्युट क्षमता विस्तार गर्दै विद्यमान ३८ हजार जीपीयूमा थप २० हजार जीपीयू थपिएको जानकारी पनि दिइएको थियो।

यो पनि पढ्नुहोस्

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

१ घण्टा अगाडि
स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक