आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘आर्थिक गतिविधि बढ्ने’

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
Reading Time: 1 min read
0
‘आर्थिक गतिविधि बढ्ने’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौै । सरकारले सुरु गरेका नीतिगत सुधारले चालु आर्थिक वर्ष २०८२/८३ मा आर्थिक गतिविधि बढ्ने नेपाल राष्ट्र बैङ्कले प्रक्षेपण गरेको छ । बैङ्कले सार्वजनिक गरेको चालु वर्षको अर्धवार्षिक प्रतिवेदनले नेपालको अर्थतन्त्र क्रमशः सुधारोन्मुख रहेको सङ्केत गरेको हो ।

सरकारको नीतिगत सुधार, प्रभावकारी बजेट व्यवस्थापन तथा नयाँ विकास कार्यक्रमको कार्यान्वयनले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने, उत्पादन, व्यापार तथा सेवा क्षेत्रका गतिविधिमा क्रमिक वृद्धि हुने र अर्थतन्त्र चलायमान भई आर्थिक गतिविधि बढ्ने अनुमान प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार आव २०८२/८३ को दोस्रो त्रैमाससम्म मुद्रास्फीति तोकिएको सीमाभित्र रहे पनि पश्चिम एसियालगायत विश्व भूराजनीतिमा देखिएको तनावले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले समग्र आपूर्ति शृङ्खलामा असर गरी मूल्यमाथि चाप पर्ने देखिएको छ ।

प्रतिवेदन अनुसार यस वर्ष कुल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान सबैभन्दा बढी ६१.८१ प्रतिशत, प्राथमिक क्षेत्रको २४.४६ प्रतिशत र द्वितीय क्षेत्रको योगदान १३.७३ प्रतिशत रहने अनुमान छ ।

घट्यो कृषि उत्पादन 

प्रतिवेदन अनुसार समीक्षा अवधिमा कृषि क्षेत्रतर्फ मिश्रित परिणाम देखिएको छ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा खाद्य तथा अन्य बालीको उत्पादन ६.७६ प्रतिशतले घटेको छ । दोस्रो त्रैमासमा खाद्यबालीले ढाकेको क्षेत्रफल घटेका कारण समग्र कृषि उत्पादनमा गिरावट आएको प्रतिवेदनले जनाएको छ ।

त्यसै गरी मसला उत्पादनमा ५.७० प्रतिशत र पशुजन्य उत्पादनतर्फ दुध उत्पादनमा २५.९७ प्रतिशतको ठुलो गिरावट आएको प्रतिवेदनमा उल्लेख छ तर फलफूल उत्पादन ६.५१ प्रतिशत, मासु उत्पादन ७.३७ प्रतिशत र अन्डा उत्पादन ६.७३ प्रतिशतले वृद्धि भएको तथ्याङ्क छ ।

उद्योगको आधाभन्दा कम क्षमता उपयोग 

समीक्षा अवधिमा मुलुकका उद्योगको क्षमता उपयोगको अवस्था भने कमजोर देखिएको छ । पहिलो छ महिनामा उद्योगको औसत क्षमता उपयोग ४२.११ प्रतिशत मात्रै रहेको छ । २०८२ पुस मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जाको अंश ३०.८२ प्रतिशत पुगेको छ ।

पर्यटक आगमनमा उत्साह

प्रतिवेदनका अनुसार सेवा क्षेत्रमा भने उत्साहजनक सुधार देखिएको छ । आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुससम्मको छ महिनामा छ लाख तीन हजार १५० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह वृद्धिदर गत वर्षको सोही अवधिको तुलनामा बढेको छ । २०८१ पुसको तुलनामा २०८२ पुस मसान्तमा बैङ्कको निक्षेप १५.३९ प्रतिशत र कर्जा प्रवाह ६.२४ प्रतिशतले वृद्धि भएको छ । कुल निक्षेप र कर्जामा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी क्रमशः ६५.५२ प्रतिशत र ६०.३३ प्रतिशत रहँदा कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम (निक्षेप १.२२ प्रतिशत र कर्जा १.११ प्रतिशत) रहेको छ ।

घट्यो घरजग्गा कारोबार 

समीक्षा अवधिमा घरजग्गा रजिस्ट्रेसन सङ्ख्या १०.४ प्रतिशत र भवन स्थायी नक्सापास सङ्ख्या ७.५ प्रतिशतले घटेको छ तर घरजग्गा रजिस्ट्रेसनबाट प्राप्त हुने राजस्व भने ६८.५ प्रतिशतको भारी वृद्धि भई १८ अर्ब ९९ करोड चार लाख रुपियाँ पुगेको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ ।

निर्यातमा सुधार 

आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा नेपालको निर्यात व्यापारमा सुधार देखिएको प्रतिवेदनमा उल्लेख छ । कुल वस्तु निर्यात ४३.७६ प्रतिशतले वृद्धि भई एक खर्ब ४२ अर्ब दुई करोड पुगेको छ । त्यस्तै कुल वस्तु आयात पनि १४.१८ प्रतिशतले बढेर नौ खर्ब ३९ अर्ब दुई करोड रुपियाँ कायम भएको छ ।

गोरखापत्र

यो पनि पढ्नुहोस्

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

२३ मिनेट अगाडि
स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

४१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक