आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

डिजिटल मोबिलिटी सेवा सञ्चालनसम्बन्धी मसौदा सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
0
डिजिटल मोबिलिटी सेवा सञ्चालनसम्बन्धी मसौदा सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालमा ‘राइड सेयरिङ’ सेवा सुरु भएको करिब १० वर्षपछि कानुन निर्माण थालनी हुँदा त्यसमा भएका कतिपय व्यवस्था व्यावहारिक नभएको सरोकारवालाले जनाएका छन् । राइड सेयरिङ व्यवसायलाई व्यवस्थित गर्ने उद्देश्यले सरकारले गत वैशाखमा सार्वजनिक गरेको ‘डिजिटल मोबिलिटी सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२ (मसौदा)’ सार्वजनिक गरेको छ । जसमा भएका कतिपय व्यवस्था व्यावहारिक बनाउनुपर्ने उनीहरूको धारणा छ ।

राइड सेयरिङ कम्पनी टुटल नेपालका संस्थापक शिक्षित भट्ट व्यवसाय सुरु भएको एक दशकपछि कानुन निर्माण हुनु सकारात्मक भए पनि त्यसमा व्यावहारिक पक्षलाई जोड दिनुपर्ने जनाउनुहुन्छ । मसौदामा चालकलाई पोसाक अनिवार्य गर्ने व्यवस्था राम्रो सुनिए पनि कार्यान्वयनमा कठिनाइ हुन सक्ने बताउनुहुन्छ । “पोसाक अनिवार्य गर्ने व्यवस्थाले पार्टटाइम काम गर्नेहरू नसमेटिने अवस्था आउन सक्छ,” उहाँले भन्नुभयो ।

याङ्गो राइड नेपालका कन्ट्री म्यानेजर सन्तोष पाण्डे राइड सेयरिङ व्यवसायले गिग अर्थतन्त्रको आकार ठुलो बनाएको र हजारौँ युवा यसमा आबद्ध भएकाले यसको मर्म अनुसार कानुन निर्माण हुनुपर्नेमा जोड दिनुहुन्छ । मसौदामा भएको अनिवार्य पोसाकलगायतका व्यवस्थाले यसमा आबद्ध ठुलो सङ्ख्याका युवा कामविहीन हुने अवस्था आउने उहाँको दाबी छ । “राइड सेयरिङमा अहिले ७० प्रतिशतभन्दा बढी चालक पार्टटाइमका रूपमा काम गरिरहेका छन् । पोसाक अनिवार्य गर्ने हो भने उनीहरू यसबाट विमुख हुने अवस्था आउँछ,” उहाँले भन्नुभयो ।

सरोकारवालाले सेवाप्रदायकले प्राप्त भाडादरको अधिकतम १० प्रतिशत मात्रै राख्न पाउने व्यवस्था पनि अव्यावहारिक भएको बताउँदै आएका छन् । मसौदामा यो ‘क्याप’ ले स्वदेशी र विदेशी दुवै लगानीकर्तालाई निरुत्साहित गर्ने उनीहरूको तर्क छ । डिजिटल प्लेटफर्म र स्टार्टअपलाई प्रारम्भिक अवस्थामा ठुलो लगानी आवश्यक हुन्छ, यस्तोमा कमिसनमा क्याप लगाइदिँदा लगानीमा प्रतिफल प्राप्त गर्ने समय लामो हुन सक्ने उनीहरूको दाबी छ ।

पठाओ नेपालका प्रमुख कार्यकारी अधिकृत यशु थकाली भन्नुहुन्छ, “मसौदामा भएका कतिपय व्यवस्थाले नियामकले व्यवसायमा नियन्त्रण गर्ने प्रयास देखिन्छ, जुन उदार बजार अर्थतन्त्रमा सुहाउँदो होइन तर राइडर र चालकको सुरक्षा, बिमा, डेटा सुरक्षालगायतका विषयमा भएका व्यवस्था भने उपयुक्त छन् ।”

थकाली विश्वका अन्य बजारमा पनि राइड सेयरिङ व्यवसायमा कमिसनमा भने कुनै क्याप नलगाइएको दाबी गर्नुहुन्छ । खुला बजार अर्थतन्त्रमा मूल्य र कमिसनको निर्धारण बजार प्रतिस्पर्धाले गर्नुपर्ने उहाँको बुझाइ छ । नियामकले व्यवसाय कसरी सञ्चालन गर्ने भन्ने निर्देशन दिन नहुने उहाँको तर्क छ ।

पठाओ नेपालका सिइओ थकाली सरकारले दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीका हकमा मसौदामा उल्लेख गरेको भाडादर पनि न्यून भएको बताउनुहुन्छ । पछिल्लो समय बढ्दो इन्धनको मूल्य, महँगीलगायतका कारण पनि सरकारले मसौदामा समावेश गरेको दर न्यून भएको उहाँको बुझाइ छ । उहाँले भन्नुभयो, “गण्डकी प्रदेश सरकारले यसअघि सुरुवाती भाडा ६० रुपियाँ र दुई किलोमिटरको भाडा ९७ रुपियाँ हुने गरी न्यूनतम १५७ रुपियाँ तिर्नुपर्ने व्यवस्था गरेको थियो । त्यसपछि प्रतिकिलोमिटर ४८.५० रुपियाँ भाडा तोकिएको थियो । त्यसैले अहिले त्यसभन्दा कम भाडादर उल्लेख गरिएको छ, जुन व्यावहारिक हुँदैन कि भन्ने लागेको छ ।”

ट्याक्सीमान्डुका सञ्चालक अर्जुन केसी भने अहिले कानुन आउनु नै ठुलो विषय भएको जनाउनुहुन्छ । ट्याक्सीमान्डुले हाल रणनीतिक पार्टनरका रूपमा अमेरिकी कम्पनी उबरलाई नेपाल भित्र्याएको छ । हालसम्म चारपाङ्ग्रे सवारीमा मात्र सीमित ट्याक्सीमान्डु उबरको प्रवेशपछि दुईपाङ्ग्रेमा पनि प्रवेश गरेको छ ।

यो पनि पढ्नुहोस्

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

२४ मिनेट अगाडि
स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

४२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक