काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका बारेमा अर्थमन्त्रीले सूचना नदिँदा अनुमान गरेर गाडी आयात गर्ने व्यापारीहरु मर्कामा परेको जनाएका छन् ।
प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नमाथि जवाफ दिँदै करका बारेमा कुनै सूचना चुहावट नभएको जनाएका हुन् ।
‘करका बारेमा कसैले सूचना दिएको छैन । व्यापारीहरुले अनुमान गर्छन्, ट्याक्स प्लान पनि गर्छन् । त्यसैका आधारमा हप्तौंअघि एलसी खोल्छन् ।’ उनले भने ‘तर, भइदियो के भने कर बढेन, घट्यो ।’
कर बढ्ने अनुमानमा जोखिम मोल्ने व्यापारीहरु मर्कामा परेको उनले दाबी गरे । उनले भने ‘त्यो जोखिम मोल्ने व्यापारीहरु धेरै मर्कामा पर्नु भएको छ ।’


