बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विश्वकपकाे रौनक र उत्साह उत्कर्षमा पुग्याे

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
0
विश्वकपकाे रौनक र उत्साह उत्कर्षमा पुग्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। विश्व खेलकुदकै सबैभन्दा ठूलो उत्सव फिफा विश्वकप फुटबल २०२६ सुरु हुन अब एक दिन मात्र बाँकी रहँदा नेपालमा यसको रौनक र उत्साह उत्कर्षमा पुगेको छ।

आगामी जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुन लागेको विश्वकपको २३औँ संस्करणका लागि नेपाली फुटबलप्रेमीहरू निकै उत्साहित देखिएका छन्।

उत्तर अमेरिकी महादेशमा प्रतियोगिता हुन लागे पनि नेपालका होटल, रेस्टुरेन्ट, इन्टरनेट सेवा प्रदायकहरूले ग्राहकका लागि विशेष योजनाहरू ल्याएका छन् भने बजारमा विभिन्न देशका जर्सी र खेलकुद सामग्रीको व्यापार ह्वात्तै बढेको छ।

काठमाडौं उपत्यकाका प्रमुख व्यापारिक केन्द्रहरू न्यूरोड, महाबौद्ध, असन र लगनखेल क्षेत्रका खेलकुद पसलहरूमा आफूले समर्थन गरेको टोलीको जर्सी खरिद गर्नेहरूको घुइँचो लागेको छ।

न्यूरोडस्थित हिमालयन अक्स स्पोर्ट्सका सञ्चालक महेन्द्र अधिकारीका अनुसार विगत एक हप्तादेखि जर्सी र खेल सामग्री किन्न आउनेहरूको चहलपहल निकै बढेको छ।

बजारमा अहिले सबैभन्दा बढी माग क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीका प्रशंसकहरूका कारण पोर्चुगल र अर्जेन्टिनाको जर्सीको छ। पोर्चुगलका कतिपय जर्सीहरू त स्टक नै सकिने अवस्थामा पुगेका छन् भने स्पेन र ब्राजिलको कालो अवे जर्सीलाई पनि ग्राहकले उत्तिकै मन पराएका छन्।

बजारमा बालबालिकादेखि वयस्कसम्मका लागि ७०० रुपैयाँदेखि २२०० रुपैयाँसम्मका विभिन्न गुणस्तरका जर्सीहरू उपलब्ध छन् र सामान किन्न पुरुष मात्र नभएर महिला ग्राहकहरू पनि उत्तिकै सङ्ख्यामा आउने गरेका छन्।

पसलमा जर्सी खरिद गर्दै भेटिएका अर्जेन्टिनाका समर्थक सरोज राईले यसपटक साथीभाइसँग मिलेर ठूलो पर्दामा वा मोबाइलमै भए पनि विश्वकपका खेलहरूको भरपुर मजा लिने योजना बनाएको सुनाए।

अर्का फुटबलप्रेमी अनिल प्रधानले यस्ता ठूला प्रतियोगिताले बालबालिकाहरूलाई खेलकुदप्रति आकर्षित गर्न र नयाँ कुरा सिक्न ठूलो प्रेरणा दिने बताउँदै कुनै दिन नेपाली टोली पनि विश्वकपको मञ्चमा पुगेको हेर्ने आफ्नो सपना रहेको व्यक्त गरे।

खेलप्रेमीहरूका लागि दशैँ वा कुम्भ मेलाजस्तै बनेको यस माहोलमा फुटबल नियमित नहेर्नेहरू पनि केवल रमाइलोका लागि जर्सी किन्न बजार धाइरहेका छन्। नेपालमा फुटबलबाहेक क्रिकेटको क्रेज पनि उत्तिकै ठूलो रहेकाले राष्ट्रिय क्रिकेट टोलीको जर्सी त विदेश जाने नेपालीहरूले सधैँ लैजाने गरेको व्यवसायीहरू बताउँछन्।

यसपटकको विश्वकप फुटबल इतिहासकै सबैभन्दा ठूलो र फरक हुने भएको छ। यसअघिका संस्करणहरूमा ३२ टोली मात्र सहभागी हुने गरेकोमा यस पटक ४८ राष्ट्रले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन्, जसलाई १२ वटा समूहमा विभाजन गरिएको छ।

टोलीको सङ्ख्या बढेसँगै नकआउट चरणमा ‘राउन्ड अफ ३२’ को नयाँ चरण थपिएको छ, जसका कारण ३९ दिनसम्म चल्ने यस प्रतियोगितामा कुल १०४ रोमाञ्चक खेलहरू हुनेछन्।

फिफाले यसपटक पुरस्कार राशिमा पनि उल्लेखनीय वृद्धि गर्दै कुल ६५ करोड ५० लाख अमेरिकी डलर पुर्‍याएको छ, जसअन्तर्गत विश्वकपको मुख्य उपाधि जित्ने टोलीले इतिहासकै सर्वाधिक ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब नेपाली रुपैयाँभन्दा बढी) पुरस्कार हात पार्नेछ।

यो पनि पढ्नुहोस्

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

२ घण्टा अगाडि
थाइल्यान्डले नेपाललाई १३१ रनको लक्ष्य दियो

थाइल्यान्डले नेपाललाई १३१ रनको लक्ष्य दियो

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

उच्च शिक्षामा विद्यार्थी ड्रपआउटका बढ्दो चुनौती

ग्रेटर नेपालका अभियन्ता पक्राउ

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक