बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

नेपालले भारतको जमिन मिचेको भने पछिको भारतको चडकन

धारणा न्यूज by धारणा न्यूज
१८ घण्टा अगाडि
Reading Time: 1 min read
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
-लोकनारायण सुबेदी
प्रचण्ड बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारका प्रधानमन्त्री बालेन्द्र साहद्वारा नेपालको संसदमा नेपाल–भारत सीमा बिवादका बिषयमा ब्यक्त गरेको कुराले कूटनीतिक असावधानी त प्रकट गरेकै छ तर त्यो भन्दा पनि बढी उनको संसदको त्यो पहिलो बक्तब्य ठूलो सन्देह र गम्भीर बिबादको परिचायक पनि बनेको छ । ‘मैले प्रधानमन्त्री भए पछि थाहा पाए, नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने जुन उदेकलाग्दो र अप्रत्याशित अभिब्यक्ति प्रधामन्त्रीको पदबाट संसदको रोष्ट्रममा उभ्भिएर उनले दिए त्यसले नेपाल भित्र र बाहिर पनि तीब्र बिरोध जन्माएको छ । बालेन्द्र सरकारले ट्रेड यूनियनहरुलाई नियमन गर्नुको साटो खारेज गर्ने, सुकुम्बासीलाई सेना सशस्त्र, प्रहरी र नगर प्रहरी समेतको ठूलो उपस्थितिमा  डोजर चलाएर उठिबास गराउने र संसमा नेपालले भारतको पनि जमिन मिचेको छ भन्ने कुराले बालेन सरकार नयाँ कुरा गर्ने नाममा जनतन्त्र, जनजीबिका र राष्ट्रियतासँग गासिएका गम्भीर समस्याको हल कसरी गर्न चाहन्छ भन्ने कुराको गम्भीर संकेत दिएको यतिबेला सर्बत्र बिभिन्न किसिमले बिश्लेषण भइरहेको छ ।
सर्ब स्वीकृत ऐतिहासिक तथ्यहरु र आधिकारीक दस्तावेजहरुको अध्ययन नगरी, नहेरी जानकार श्रोतहरुसँग परामर्श नगरी हचुवाका भरमा या खाश उदेश्यको मनशायले देशको शीर्ष पदमा रहेका कुनै पनि ब्यक्तिबाट यस्तो बिडम्बनापूर्ण बक्तब्य आउनुले नेपालको कूटनीतिक साख र बिश्वासमा समेत अपूर्ब आँच पुगेको त छ नै । त्योभन्दा बढी यसले नेपाली राष्ट्रिय स्वाभिमानमा पनि अत्यन्तै ठूलो ठेस लागेको छ । भलै कतिपय स्वामधन्य बिश्लेषकहरु र कूटनीतिका ज्ञाता मानिनेहरु समेतले यो वास्तबकितालाई लिपापोती गरेर बालेन अभिब्यक्तिलाई बचाउन कोशिश गरेका किन नहुन् । हुन पनि कहिल्यै साम्राज्यबादको प्रत्यक्ष उपनिवेशमा नपरेको भनेर पुरानो स्वाभिमानको गीत गाइराख्ने खाशगरी नेपालको सत्ता र यसका चाकडीबाजहरुले भारतीय एकाधिकार पूँजीवादी बिस्तारबादी सत्ताले नेपाललाई राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिकरुपले समेत हिजो अर्ध उपनिवेश र आज  नब उपनिबेश बनाउदै आएको र बृटिश साम्राज्यादको बिरुद्ध लडेर प्रत्यक्ष उपनिवेशबाट मुक्त भएको भारतीय सत्ताले त्यो क्रान्तिकारी साम्राज्यबाद बिरोधी असल परम्परा नेपाल लगायत छिमेकी देशहरुको सन्दर्भमा पूरै बिर्सिएर ब्यवहार गरिरहेको कुरा सबैका अगाडि छर्लङ्ग छ ।
निश्चयनै यस स्थितिले गर्दा पछिल्लो समय बालेन साहको आश्चर्यलाग्दो र शंकास्पद अभिब्यक्ति पनि थपिदा त्यसको घाटा नेपालले बेहोरिरहनुपरेको छ भने अबका द्विपक्षीय बार्ताहरुमा पनि यो नकारात्मकरुपमा प्रतिबिम्तित हुने स्थिति बिकसित भएको छ । अहिलेको नेपालको परराष्ट्र मन्त्रीको दिल्ली भ्रमणको बेला ‘पुराना (समस्याको ब्याग नबोक्ने भन्ने अभिब्यक्तिले पनि यस कुरालाई केही मात्रामा  उजागर गरेको छ । ‘के निहुँ पाउ र कनिका बुँकाउ’ भने दाउ लगाएर बसिरहेको भारतीय एकाधिकारबादी सत्ताले नेपाललाई चिमोट्ने ठूलो मसला बालेन अभिब्यक्तिबाट पाएको छ । त्यसैले उसले भन्न थालेको छ कि सबैभन्दा चिन्ताजनक पक्ष नै सीमा बिबादको समाधानका लागि तेश्रो पक्षलाई घिस्याउनु अब्यवहारिक सुझाव भनेर भारतीय सत्ता तर्किन थालेको छ । १८१६ मा भएको सुगौली सन्धिको हवाला दिएर बेलायतलाई दुइ देशका बीचको सीमा समस्यामा शामेल गर्ने माग अतार्किक त छँदैछ त्यसमाथि कूटनीतिक छलफलमा चीनलाई पनि पक्षधर बनाउने प्रयत्नले क्षेत्रीय भू–राजनीतिक प्रतिस्पद्र्धा बढाउने सन्देह पैदा गर्दछ भनेर भारतीय सत्तापक्ष नेपालको सीमा बिबाद कतै अन्तर्राष्ट्रियकरण गरिने हो कि भनेर त्यसलाई बार बन्देज गर्न बालेन अभिब्यक्ति र त्यसले पैदा गरेको तरंगदेखिनै तत्पर र सक्रिय हुन र देखिन थालेको छ ।
भारतले लिपुलेक, कालापानी र लिम्पियाधुरा पूर्णरुपले भारत र नेपाल बीचको दुइ पक्षीय समस्या मात्र पनि भन्ने पनि गर्दछ । त्यो समस्या हल गर्न हिच्किचाउँदछ र मानसरोबर जानका लागि त्यो स्वयंले  नेपालसँग बिबादित मानेको जमिनबाट एकपक्षीय किसिमले बाटो खोल्नका लागि भने चीनसँग नेपाललाई कुनै सोधपुछ नै नगरी सम्झौता गर्दछ । जमिन नेपालको सम्झौता गर्ने भारत र चीन आश्चर्यजनक कुरा छ कि छैन ? कि  हाम्रा कबिशिरोमणि लेखनाथ पौडेलले भनेजस्तै ‘बडाले जो ग¥यो काम हुन्छ त्यो सर्ब सम्मत, छैन शंकरको नङ्गा मगन्ते भेष निन्दित’ भनेको कुरा दुइ ठूला देशले चरितार्थ गरेका मात्र हुन् ? यसलाई दुइ पक्षीय मामिला भन्दै अर्कोतिर भारतीय सत्ता पक्ष ‘यस संबेदशील त्रिकोणीय जंक्शनमा चीनको उपस्थिति आमन्त्रित गर्नु या उसलाई महत्व दिने कोशिश गर्नु परोक्षरुपले नेपालले भारतको ऐहिासिक सहयोग र सुरक्षा चिन्ताहरुलाई कमतररुपमा आँक्ने प्रयास गर्नु हो’ भन्ने फत्तुर पनि थोपर्दैछ । भारतको आफ्नो सीमासँग जोडिएका मामिलामा कुनै पनि तेश्रो पक्षको हस्तक्षेप भारतले पूर्णरुपले खारेज गर्दछ भन्ने उसको जिकिर छ । सामरिक दृष्टिले संबेदनशील हिमालय क्षेत्रमा कथित भारत बिरोधी तत्वहरु र बिस्तारबादी शक्तिहरु(चीन ?) लाई परोक्ष बढावा दिनु स्वयं नेपालको दीर्घकालीन हितको पनि प्रतिकूल हुन सक्छ भन्ने भारतीय सत्तापक्ष चेतावनी पनि दिन्छ ।
भारतले नेपालको कालापानी क्षेत्रमा त सैन्य कब्जा नै गरेर सैनिक अखडा जमाएको दशकौं बितेको छ । तर  उसले हरहमेशा  नेपालको राष्ट्रिय सम्प्रभूता र भूअखण्डतालाई सम्मान गरेको र एउटा ठूल्दाजुले जस्तो र बिश्वसनीय सहयोगीको भूमिका खेलिरहेको पाखण्डपूर्ण झूटो दाबी गर्न पनि थाग्दैन । हो, उसले आधारभूत संचरनाको बिकास र कतिपय बिपत्तीका बेला नेपाललाई सहयोग नगरेको होइन, गरेको छ तर नेपाललाई जोखिममा पारेर आफ्नै प्रभाव क्षेत्रकोरुपमा नेपालका श्रोत साधन एकलौटीरुपमा हड्पेको या अक्करमा पारेर लिएको कुरा भने उसले सर्लक्कै छिपाउँदछ । नेपाले अरु देशसँग देशगत र बस्तुगत ब्यापार र सहयोग बिबिधिकरण गरोस् र त्यसको लागि सुसम्बन्ध कायम गरोस् भन्ने पटक्कै चाहँदैन । बरु उल्टै त्यसो गर्न खोजेमा भारतसँग तेश्रो द्ेशको भूराजनीतिक कार्डको मोहोराको रुपमा कूटनीतिको सञ्चालन गरेको या गर्न खोज्नु या गर्नुले दुइ देशका बीचमा परस्पर बिश्वासलाई कमजोर बनाउने मात्र होइन, दक्षिण एशिायको क्षेत्रीय स्थिरतालाई समेत खतरा पैदा हुन्छ भन्ने त्रास देखाएर नेपालाई आफ्नै एकलौटी परिधिभित्र अचेटेर राख्न चाहन्छ । उसले आफ्नो यस्तै कृत्य र ब्यबहारलाई नेपालको सम्प्रभूताको सम्मान मान्दछ र एउटा ठूलो आकारको भारत र सानो नेपाल बिचको सम्वन्ध केवल राजनीतिक सन्धिहरुसम्म मात्र सीमित छैन ‘रोटी–बेटी’को सामाजिक साँस्कृतिक गहिरो सम्वन्ध र आर्थिक तानाबानाले जेलिएको बृहत सम्वन्ध भएको औंल्याउने गर्दछ । यसरी नेपाल भारत निर्भर छ र रहिरहनु पर्दछ भन्ने औपनिवेशिक र नब औपनिवेशिक मान्यतालाई हमेशा घुमाईफिराई अघि सार्दछ । जबकि एक बर्ष अघिको मात्र बिदेशी सहयोगको नेपालको सूचि हेर्दा सबैभन्दा बढी सहयोग चिनबाट प्राप्त सहयोग नै नेपालको बढी रहेको खुलस्त हुन्छ । यद्यपि समस्या पर्दा त्यसैले अरु कसैलाई दुइ पक्षीय या त्रिपक्षीय टेबुलमा नेपालले बोलाउनु हुँदैन भन्ने अर्ति, उपदेश र दबाब दिने गर्दै आएको छ । त्यसको प्रभावमा परेर नेपालका एकथरी कथित बुद्धिजीवीहरु ‘मुनरो डक्ट्रिन’को हवाला दिदै भारतसँग सम्प्रभूतासम्पन्न राष्ट्रले जस्तो होइन अधिनस्थ राष्ट्रले जस्तो ब्यबहार गर्नुपर्ने आत्मसर्पणबादी बाटो अबलम्बन गर्न तयार रहेको पनि प्रस्तुति दिदै आएका छन् ।
यस्तो प्रबृत्ति बmुझेको र हुर्काउदै्र पनि आएको भारतीय सत्ता प्रतष्ठानले नेपालको बिदेश मन्त्रलयद्वारा दिइएको बालेन बक्तब्यको सफाई र नेपालका  राजदूत भइसकेका बिशेषज्ञ तथा कतिपय बिपक्षीहरुले जनाएको आपत्ति सम्वन्धमा पनि सीमा ब्यवस्थापन जस्तो जटील समस्याको समाधान सार्बजनिक मञ्चहरुमा ‘अनाबश्यक बयानबाजी’बाट हुँदैन कूटनीतिक माध्यमबाट आउनु भनेर फट्कारेको छ । सधैनै जसो अबिश्वास पैदा गर्ने र समस्या समाधानमा आलेटाले गर्ने भारतीय सत्ताले बढो चेपारे किसिमले आपसी बिश्वास र निरन्तरको दुइ पक्षीय सम्वादबाट नै सीमा सम्बन्धि निलम्बित रहँदै आएका समस्याहरु सुल्झाउन सकिने र आफुले सधै यसो भन्दै आएको दाबी गर्न पनि पछि परेको छैन र पछिल्लो समय पनि त्यसै कुरालाई दोहो¥याइरहेको छ । तर भारतीय सत्ताको प्रचार र यथार्थ ब्यहारमा लामे समयदेखि ठूलो खाडल रहँदै आएको छ ।

यो पनि पढ्नुहोस्

विश्वकपमा अन्तिम क्वाटरफाइनल खेलहरू हुँदै

इतिहासकै सबैभन्दा उन्नत विश्वकप बन्दै

८ घण्टा अगाडि
यूएईमा अन्तर्राष्ट्रिय रेफ्री नेत्रबहादुर घर्ती मगर  सम्मानित

यूएईमा अन्तर्राष्ट्रिय रेफ्री नेत्रबहादुर घर्ती मगर सम्मानित

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

ग्रेटर नेपालका अभियन्ता पक्राउ

मन्त्रिपरिषद् विस्तार जारी

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

अवैध लागूऔषध सहित पाँच जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक